सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले लेख्नुभएको ‘सय वर्ष पछि भक्तपुर’ पुस्तकको दोस्रो संस्करण असार २३ गते एक कार्यक्रमबीच भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजमा सार्वजनिक हुँदैछ । कार्यक्रममा लेखक बिजुक्छेंको पुस्तकमाथि टिप्पणी गर्न शताब्दीपुरुष सत्यमोहन जोशी, प्राध्यापक माणिकलाल श्रेष्ठ, वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार तेजेश्वरबाबु ग्वंग, वरिष्ठ संस्कृतिविद् प्राध्यापक प्रेम खत्री, साहित्यकार रामप्रसाद ज्ञवाली, सम्पदाकर्मी रवीन्द्र पुरीलगायतको सहभागिता रहने पुस्तकको प्रकाशक एवं कार्यक्रमको आयोजक नेपाल क्रान्तिकारी साँस्कृतिक संघले जनाएको छ । झण्डै दुई दशक पश्चात प्रकाशित हुने नयाँ संस्करणको सन्दर्भमा लेखक बिजुक्छेंसँग अनलाइन मजदुर र मजदुर दैनिकले लिएको अन्तर्वार्ताको सार–संक्षेप प्रस्तुत छ–सम्पादक)
प्रथम संस्करण प्रकाशन भएको झण्डै दुई दशकपश्चात ‘सय वर्ष पछिको भक्तपुर’ को दोस्रो संस्करण सार्वजनिक हुँदैछ । दुई दशक पछि फर्केर हेर्दा तपाईले परिकल्पना गर्नुभएको समाजको हामी नजिक जाँदैछौं वा अझ टाढिदैंछौं ?
दुई दशकपश्चात ‘पछि फर्केर हेर्दा’ आफ्नो देश र नगरको कला र संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने चासो जनतामा बढ्दै गएको देख्छु । युग अगाडि बढ्दै जाँदा पर्यटन सेवाको विकासले नेपाल र नेपाली जनताका प्राचीन धरोहरहरू र सम्पदाहरूप्रति विदेशीहरूको जानकारी र ज्ञानको पिपासा बढ्दै गएको छ । यस अर्थमा हाम्रो परिकल्पनाको प्रकाशमा चमक थपिंदै गएको अनुमान हुन्छ । बढ्दै गएको पर्यटकहरूको संख्या, त्यस पेशामा संलग्न नेपालीहरूको संख्या र फैलिंदै गएको त्यस क्षेत्रको प्रगतिले त्यस परिकल्पनालाई पुष्टि गर्छ ।

झण्डै बीस वर्ष अघि कुन पृष्ठभूमि र लक्ष्यका साथ यो पुस्तक लेख्नुभएको थियो ?
संस्कृतिविद् जगदीश शमशेर राणाको ‘नाचगानको राजधानी–भक्तपुर’ मैले नख्खु जेलमा प्राप्त गरेको थिएँ र त्यसबारे एक टिप्पणी २०४७ साउनमा प्रकाशित भयो । मेरो विद्यार्थीकालमा अग्रजहरूको छलफल, देश–विदेशमा देखिएका विज्ञान र प्रविधिको विकास र संसारको राजनैतिक परिवर्तनहरूले ‘पचास वर्ष पहिले’ को नेपालको सम्झनालाई कथाको रुपमा अभिव्यक्त भएको थियो ।
विश्वमा बढ्दै गएको स्वतन्त्रता र मुक्ति आन्दोलन, प्रजातान्त्रिक र समाजवादी आन्दोलनको प्रकाशबाट नेपाल पनि अछुटो रहन सक्दैन भन्ने आशा, उत्साह र विश्वास स्वयम् वैज्ञानिक यथार्थता हो । त्यही भावनालाई पत्रात्मक छलफल अगाडि बढेको हो –‘पचास वर्ष पछिको नेपाल ।’
प्रजातन्त्रको पुनःस्थापनापछि बढ्दै गएको छिमेकी भारतीय एकाधिकारको थिचोमिचोले देशको स्वतन्त्रता र सार्वभौमिकतामा आएको ग्रहणले ‘पचास वर्षपछिको नेपाल’ को छलफल, चिन्ता र चासो अगाडि आयो ।
अन्तर्राष्ट्रियतावाद र आशावादी भावनाबाट ‘सय वर्षपछिको भक्तपुर’ लेखियो । पाठकहरु र जनताको चिन्ता र चिन्तनलाई देशको सुन्दर भविष्यतिर आकर्षित गर्ने उद्देश्यले ‘सय वर्षपछिको भक्तपुर’ लेखिएको थियो ।
प्रथम संस्करण प्रकाशनपछिको समयावधिमा नेपालको राजनीतिले कोल्टे फेरिसकेको अवस्था छ । देशमा गणतन्त्र स्थापना भयो ।
प्राकृतिक रुपमा पनि नेपाल र भक्तपुरले विनाशकारी भूकम्पको सामना गर्नुप¥यो । यी सबै घटनाक्रमले सय वर्ष पछिको भक्तपुर निर्माणलाई सहयोगी भूमिका खेल्यो वा नकारात्मक प्रभाव पा¥यो ?
देशको ‘गणतन्त्र’ मा शासक दलहरुका नयाँ–नयाँ राजा र महाराजाहरु देखिए । विनासकारी भूकम्पले धेरै ऐतिहासिक र सांस्कृतिक सम्पदा तथा धेरै जनधनको क्षति भयो । पुनःनिर्माणबारे सरकारहरुको यथोचित अगुवाई नहुँदा दुई वर्ष झण्डै जनताले अनावश्यक दुःख भोग्दैछन् । अब स्थानीय निकायको निर्वाचन पछि जनताले सय वर्षपछिको भक्तपुरलाई मेल हुने गरी आफ्नो कला संस्कृतिलाई जरुरै ध्यान दिने विश्वास छ । पुरानो नगरको पर्खाल बाहिरको निर्माणमा आधुनिकता पनि झल्किने छ ।
बुद्धले एक स्वस्थ र बौद्ध वा बौद्धिक समाजको कल्पना गरे, थोमस मोरले एक ‘कल्पना लोक’ (Utopia-1516) को कल्पना गरे तथा प्लेटोले ‘गणतन्त्र’ (Republic-1576) को कल्पना गरे । समाजवादी र साम्यवादी चिन्तक र नेताहरूले उत्पादनका सबै साधन र सेवा सामाजिकीकरण भएको, आर्थिक समानता र शोषणरहित समाजको कल्पना गरे, गाउँ र सहरको बीचको भेद नभएको, मजदुुर र किसान, शारीरिक र बौद्धिक श्रमको भेद हट्ने, राज्यविहीन, वर्गविहीन र सम्पूर्ण समाज नै बद्धिजीवीकरण भएको नयाँ संसारको कल्पना गरेका थिए ।
नयाँ संस्करणमा थप नयाँ के छ ?
नयाँ संस्करणमा ‘दोस्रो संस्करणबारे’ प्रकाशकको भनाई, नेपाल र भक्तपुरको दुईटा नक्सा, भक्तपुरका जनताका सांस्कृतिक जीवनका केही नयाँ तस्वीहरू थपिएको छ – सानातिना त्रुटि सच्याइएको छ ।
प्रथम संस्करण प्रकाशन सम्बन्धमा कस्ता–कस्ता सकारात्मक र नकारात्मक प्रतिक्रिया पाउनुभयो ?
प्रथम संस्करणको प्रकाशनमा धेरै सकारात्मक टिप्पणीहरू देखिए भने केहीले नेपाल र भक्तपुरको कला र संस्कृतिबारेका लेख हुन् र अन्य केही साहित्यिक रचनाहरुको संकलन भयो भन्ने टिप्पणी सुनियो । केहीले यसमा नेवार संस्कृतिको ‘कुमारी’ र नवदुर्गाजस्ता सांस्कृतिक विषयमा पनि कलम चलाउनुपर्ने सुझावहरु दिएका थिए ।

राजनीतिमा लागेको व्यक्तित्वले यो परिकल्पनाको आवश्यकता किन महसुस गर्नुभयो ?
हरेक राजनैतिक दल स्वयम् एक आदर्श समाजको निर्माणले अनुप्राणित हुने गर्छ । यस अर्थमा दार्शनिक, चिन्तक, नेता र कार्यकर्ताले पनि नयाँ समाजको परिकल्पना गर्ने गर्छन् । युगअनुसार समाजको सकारात्मक पक्षलाई अझ परिमार्जन र नकारात्मक पक्षलाई एक–एक गरेर बिदा गर्नु समाजका चिन्तकहरूकै काम हो । बुद्धले एक स्वस्थ र बौद्ध वा बौद्धिक समाजको कल्पना गरे, थोमस मोरले एक ‘कल्पना लोक’ (Utopia-1516) को कल्पना गरे तथा प्लेटोले ‘गणतन्त्र’ (Republic-1576) को कल्पना गरे । समाजवादी र साम्यवादी चिन्तक र नेताहरूले उत्पादनका सबै साधन र सेवा सामाजिकीकरण भएको, आर्थिक समानता र शोषणरहित समाजको कल्पना गरे, गाउँ र सहरको बीचको भेद नभएको, मजदुुर र किसान, शारीरिक र बौद्धिक श्रमको भेद हट्ने, राज्यविहीन, वर्गविहीन र सम्पूर्ण समाज नै बद्धिजीवीकरण भएको नयाँ संसारको कल्पना गरेका थिए । नयाँ समाजकै निर्माण गर्न राजनैतिक कार्यकर्ताहरु अथक रुपले संघर्षरत छन् । सुन्दर भविष्यको कल्पना र चिन्तन नगर्ने नेता र कार्यकर्ताहरु अन्ततः गलत बाटोमा भौतारिनेछन् ।
सय वर्ष पछिको भक्तपुरमा परिकल्पना गरिएको समाज स्थापना सत्ताको सहयोग बिना सम्भव नहोला । तर नेपाल मजदुर किसान पार्टी सरकारमा पनि नजाने । अनि कसरी ती परिकल्पना कार्यान्वयन सम्भव होला ?
आदर्श समाजको खाका विनाको राजनैतिक शक्ति र सत्ता नेपालका ‘माओवादी केन्द्र’ जस्तै असफल हुन्छ । यसकारण त्यो आदर्श समाजलाई कार्यान्वयन गर्न व्यापक जनतालाई शिक्षित र संगठित गर्नु आवश्यक छ । एक्लैले होइन व्यापक जनताको निरन्तरताको परिकल्पना, अथक प्रयत्न र निरन्तरको संघर्षले मात्र त्यो आदर्श समाजको निर्माण हुन्छ ।
अन्त्यमा केही थप कुरा छन् कि ?
विज्ञान र प्रविधिको विकासले मानव समाजमा अनेकौं परिकल्पनाहरू व्यवहारमा देख्दैछौं । प्रजग कोरियामा, क्युवा, चीन र अन्य समाजवादी देशहरूमा पनि फरक–फरक देशको विशेषताअनुसारको समाजवादलाई व्यवहारमा लागू गर्दैछन् । हो, समाजवाद र साम्यवादी समाजका पनि धेरै चरणहरू हुन्छन् ।
Leave a Reply