भर्खरै :

चिकपालाई शुभकामना !

चिनियाँ कम्युनिस्ट पार्टीले जुलाइ १ अर्थात् बिहीबार आफ्नो १०० औंँ स्थापना दिवस मनाउँदै छ । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । त्यत्तिबेला चीन अर्ध–सामन्तवाद र अर्ध–उपनिवेशवादको चपेटामा पिल्सिएको थियो । सन् १९११ मा छिङ वंशको अवसानपछि डा. सन यात सेन नेतृत्वको चिनियाँ राष्ट्रिय पार्टी (कोमिन्ताङ) ले चीनमा लागु गर्न खोजेको पश्चिमा शैलीको राजनीतिक व्यवस्था सफल हुनसकेन । राष्ट्रपति बनेको केही वर्षमै डा. सनले पदबाट राजीनामा दिन बाध्य भए । चीनको राज्यसत्ता युद्ध सरदार युआन सिखाईको हातमा पुग्यो । साम्राज्यवादी शक्तिको आड प्राप्त तत्कालीन सरकारले चीनलाई उपनिवेशवादी शक्तिको प्रभावबाट मुक्त गर्नसकेन । बरू, उपनिवेशवादी शक्तिसामु चीनले लगातार आत्मसमर्पण गर्दै गयो । सामन्तवाद र उपनिवेशवादको पेलाइमा चिनियाँ जनतालाई श्वास फेर्न पनि कठिन भइसकेको थियो ।
सन् १९१७ को रूसी अक्टोबर समाजवादी क्रान्तिताका जारशाहीविरूद्ध वोल्शेविक पार्टीले पड्काएको तोपको आवाजले युगौँदेखि उत्पीडनका कारण कुप्रो परेका चिनियाँ जनताले टाउको उठाउन थालेका थिए । सन् १८४० मा भएको अफिम युद्धदेखि चिनियाँ जनताले लगातार विदेशी उपनिवेशवादी शक्तिसामु झुक्नुपर्ने बाध्यता झेल्दै आएको थियो । तर, रूसमा उदाएको रातो घामले चीनमा पनि आशाको किरण फैलाएको थियो । सन् १९१९ को मे ४ मा भएको विद्यार्थी आन्दोलन त्यही आशाको अभिव्यक्ति थियो । चीनका क्रान्तिकारी बुद्धिजीवी र युवा–विद्यार्थीले संसारमा फैलिरहेको नयाँ विचारधारा अङ्गीकार गर्न खोज्दै थिए । त्यही बेला प्रथम विश्व युद्धले ध्वस्त बनाएको युरोपका विभिन्न सहरमा सस्तो ज्यामीको काम गर्न र सँगै पढ्न युरोप गएका चिनियाँ युवाहरूले त्यो नयाँ विचारधाराबारे अझ गम्भीर अध्ययन गर्ने मौका पाए । आफ्नो देशको निम्ति उपयुक्त राजनीतिक बाटो खोज्दै गरेका चिनियाँ युवाहरूले सोभियत सङ्घमा हुर्कंदै गरेको नयाँ विचारधारा–माक्र्सवाद–लेनिनवादको अध्ययनपछि त्यही नै चीनको निम्ति सही बाटो हुने निष्कर्ष निकाले ।

पुरानो समाजका अवशेष, नयाँ समाजबारे अन्योल, जनताको सांस्कृतिक स्तर, प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र राजनीतिक परिस्थिति आदि कैयौँ प्रतिकूलता छिचोल्दै आज चीन संसारकै दोस्रो ठुलो आर्थिक शक्ति बनेको छ । चिनियाँ कम्युनिस्ट पार्टी संसारकै सबभन्दा ठुलो समाजवादी पार्टी बनेको छ । सोभियत सङ्घको विघटनपछि चीनमा पनि समाजवादको अवसान हुने धेरैले आकलन थियो । तर, जनताकेन्द्रित, गतिशील र समयको पदचाप बुझेको पार्टी नेतृत्वको कारण चिकपाले चीनलाई आज सफल समाजवादी देशको रूपमा हाँकिरहेको छ । चीन आज १०० औँ स्थापना दिवस मनाउँदै छ । आज पनि त्यो दल उत्तिकै गतिशीलताका साथ अघि बढिरहेको छ । आगामी सन् २०४९ सम्ममा संसारको आधुनिक समाजवादी देश बन्ने लक्ष्यका साथ अघि लम्किरहेको छ ।

चिकपाले स्थापनाकालमा सोभियत सङ्घको अन्धानुकरण गर्न खोज्दा असफलता झेल्न बाध्य भयो । क्रान्ति कुनै गणितीय सूत्र होइन, विज्ञान हो । सोभियत सङ्घको भिन्न परिस्थितिमा सफल भएको क्रान्ति चीनमा जस्ताको तस्तै सफल हुनसक्दैनथ्यो । एकपछि अर्को हारपछि चीनका कम्युनिस्टहरूले आत्मसमीक्षा गरे र चीनको वस्तुगत परिस्थितिमा उपयुक्त क्रान्तिको बाटो निर्माण गरे । माओ त्सेतुङले त्यो प्रक्रियाको नेतृत्व गर्नुभयो । सही कार्यनीति, परिपक्व रणनीति र तत्कालीन अन्तर्राष्ट्रिय परिस्थितिको कारण सन् १९४५ मा जापानी उपनिवेशवाद चीनमा परास्त भयो । तर, प्रतिक्रियावादी च्याङ काई शेक नेतृत्वको सत्ताले फेरि पनि कम्युनिस्टमाथि दमन र जनतामाथि अत्याचार गर्न रोकेन । कम्युनिस्टहरूको सङ्घर्ष प्रतिक्रियावादी सत्ताविरूद्ध केन्द्रित भयो । अन्ततः सन् १९४९ को अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापना भयो । यद्यपि, क्रान्तिको अभिभारा अझै पूरा भइसकेको थिएन । पुरानो समाजका अवशेष, नयाँ समाजबारे अन्योल, जनताको सांस्कृतिक स्तर, प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र राजनीतिक परिस्थिति आदि कैयौँ प्रतिकूलता छिचोल्दै आज चीन संसारकै दोस्रो ठुलो आर्थिक शक्ति बनेको छ । चिनियाँ कम्युनिस्ट पार्टी संसारकै सबभन्दा ठुलो समाजवादी पार्टी बनेको छ । सोभियत सङ्घको विघटनपछि चीनमा पनि समाजवादको अवसान हुने धेरैले आकलन थियो । तर, जनताकेन्द्रित, गतिशील र समयको पदचाप बुझेको पार्टी नेतृत्वको कारण चिकपाले चीनलाई आज सफल समाजवादी देशको रूपमा हाँकिरहेको छ । चीन आज १०० औँ स्थापना दिवस मनाउँदै छ । आज पनि त्यो दल उत्तिकै गतिशीलताका साथ अघि बढिरहेको छ । आगामी सन् २०४९ सम्ममा संसारको आधुनिक समाजवादी देश बन्ने लक्ष्यका साथ अघि लम्किरहेको छ । चिकपा आज संसारका राजनीतिक दलहरूको निम्ति सफल उदाहरण बनेको छ । चिकपाको १०० औँ स्थापना दिवसको अवसरमा चीनका जनता र कम्युनिस्टहरूप्रति हार्दिक शुभकामना ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *