भर्खरै :

पार्टी प्रकाशन, साहित्य र पत्रिका

समाजवादी क्रान्ति कम्युनिस्ट पार्टीको उद्देश्य हो । समाजवादी क्रान्तिको लागि कम्युनिस्ट पार्टीले आन्तरिक र बाह्य परिस्थिति तयार गर्छ । सङ्गठन विस्तार गर्छ, जनतालाई सचेत र सङ्गठित पार्छ । जनतालाई सचेत र सङ्गठित पार्न कम्युनिस्ट पार्टीले कार्यकर्ता परिचालनको साथै विभिन्न पत्रपत्रिका सञ्चालन गर्छ, साहित्य प्रकाशन गर्छ, किताब पसल खोलेको हुन्छ, पुस्तकालय, वाचनालय सञ्चालन गरेको हुन्छ । विभिन्न प्रकाशन गृहहरू परिचालन गरेको हुन्छ । पत्रिका र साहित्य प्रकाशन गरेर पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याएको हुन्छ । पत्रिका र साहित्य प्रकाशन पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउने माध्यम हो या हतियार हो । कति दलले ती पत्रिका र साहित्यिक ग्रन्थहरू पार्टीका मुखपत्रको रूपमा प्रकाशित गरिरहेका हुन्छ त कति पार्टीकै विचार प्रत्यक्ष या अप्रत्यक्षरूपमा जनतामाझ पु¥याउन प्रकाशित गरिरहेको हुन्छ ।
कुनै दलको पार्टी साहित्य र पत्रिका प्रकाशन हुँदैन भने त्यो दल पछि पर्छ या त्यो दलको सिद्धान्त र विचारको प्रचार पछि पर्छ । कम्युनिस्ट पार्टीले पनि पार्टी साहित्य सिद्धान्त अगाडि सारेको हुन्छ । पार्टी साहित्य र पत्रिका व्यक्ति विशेष वा कुनै समुदाय या गुटको लाभको साधन हुनुहुँदैन । पार्टीको साहित्य र पत्रिका प्रकाशनसित आबद्ध व्यक्ति, लेखक, कथाकार, कवि, समालोचक, पत्रकार, वाचनालय, पुस्तकालय सञ्चालकहरू पार्टीप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्छ । पार्टीप्रति आस्था र विश्वास राख्ने पत्रिका र साहित्य प्रकाशनहरूको व्यक्तिगत स्वार्थ हुँदैन, हुनुहुँदैन । जसरी कम्युनिस्ट पार्टीहरू बहुमत जनताप्रति समर्पित हुन्छन्, जिम्मेवारीबोध हुन्छन् त्यसरी नै पार्टी साहित्य, पार्टी प्रकाशन र पत्रपत्रिकाहरू देश र जनताप्रति जिम्मेवारीबोध हुनुपर्छ । ती साहित्य र पत्रिकाले हजारौँ, लाखौँ जनतालाई सुसूचित पारिरहेका हुन्छन् ।

पार्टी कार्यकर्ताले झैँ पत्रिका र पार्टी प्रकाशनले सङ्गठन गर्ने काममा बढी सहयोग पु¥याइरहेको हुन्छ । पत्रिका र पार्टी प्रकाशन हजारौँ, लाखौँको जनताको हातमा पुग्छ । राजनीतिक कार्यकर्ताहरू हरेक दिन जनताको घर आँगनमा पुग्छन् भन्ने होइन । पत्रिका, पार्टीको साहित्य या प्रकाशन जनताको बस्ती बस्तीमा पु¥याउन सकिन्छ । पार्टी सभा र सङ्गठनमा नपुगेका कार्यकर्ताहरू पत्रिका र साहित्य या पार्टी प्रकाशनहरू हेरेर पार्टीको दृष्टिकोण थाहा पाउँछन् । यसकारण, हरेकजसो दलले पत्रिका र साहित्य तथा पार्टी प्र्रकाशनहरू प्रकाशित गरिरहेको हुन्छ ।

जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् भनेझैँ जहाँ पार्टीका सङ्गठनकर्ताहरू पुग्दैनन् त्यहाँ पत्रिका र साहित्य पुग्छन् । पार्टीको पत्रिका र साहित्यले प्रत्यक्ष या अप्रत्यक्षरूपमा सङ्गठनको काम गरिरहेका हुन्छन् । यसको आधारमा पार्टी पत्रिका र साहित्य पनि सङ्गठनकर्ता हुन् र समाज परिवर्तनका सामग्री हुन् । पार्टीमा लागेका नेता तथा कार्यकर्ता सिद्धान्तनिष्ठ हुन्छन्, सिद्धान्तनिष्ठ भएर जनतामाझ लागिरहेका हुन्छन् । सञ्चारकर्मीहरूलाई पत्रिका र साहित्य नपढी उनीहरूको दिनचर्या बितेको जस्तो अनुभूति हुँदैन । उनीहरूको बढी ध्यान पत्रिका हेर्ने र साहित्य या कृति पढ्नेमा गएको हुन्छ । पत्रिका नपढी र साहित्य अध्ययन नगरी उनीहरूको मनै बस्दैन ।
नेपाल मजदुर किसान पार्टीले नयाँ पुस्ताको लागि ध्यान दिएर, सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउने ध्येयले पार्टी प्रकाशन र पत्रिकामा जोड दिइरहेको छ । पार्टीको पत्रिका र साहित्य प्रकाशनको उद्देश्य नाफा या पैसा कमाउनु होइन, सिद्धान्त, विचार र सूचना प्रवाह गर्नु हो । पत्रिका र पार्टी प्रकाशन हेरेर या अध्ययन गरेर राजनीतिक, सैद्धान्तिक र वैचारिकरूपले सुसूचित बनाउने पार्टीको उद्देश्य हुन्छ । पार्टी कार्यकर्ताले झैँ पत्रिका र पार्टी प्रकाशनले सङ्गठन गर्ने काममा बढी सहयोग पु¥याइरहेको हुन्छ । पत्रिका र पार्टी प्रकाशन हजारौँ, लाखौँको जनताको हातमा पुग्छ । राजनीतिक कार्यकर्ताहरू हरेक दिन जनताको घर आँगनमा पुग्छन् भन्ने होइन । पत्रिका, पार्टीको साहित्य या प्रकाशन जनताको बस्ती बस्तीमा पु¥याउन सकिन्छ । पार्टी सभा र सङ्गठनमा नपुगेका कार्यकर्ताहरू पत्रिका र साहित्य या पार्टी प्रकाशनहरू हेरेर पार्टीको दृष्टिकोण थाहा पाउँछन् । यसकारण, हरेकजसो दलले पत्रिका र साहित्य तथा पार्टी प्र्रकाशनहरू प्रकाशित गरिरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *