भर्खरै :

जनतामा केन्द्रित पार्टी

चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) ले आफ्नो १०० औँ स्थापना दिवस मनाउँदै गर्दा संसारकै सबभन्दा ठुलो सत्तारुढ माक्र्सवादी दलले गौरवपूर्ण १०० वर्षमा के कति काम ग¥यो, संसारकै सबभन्दा ठुलो समाजवादी देशमा बितेका ७० वर्षमा चिकपाले कस्तो शासन चलायो र ९ करोड १० लाख सदस्य बनाउन चिकपा कसरी सफल भयो भनी अन्तर्राष्ट्रिय समुदाय नजिकबाट नियालिरहेको छ । उनीहरू चिकपा किन र कसरी काम गर्छ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गर्दै छन् ।
जनताको सेवामा सदैव प्रतिबद्ध, सबै खालका नयाँ परिस्थितिमा जनताको विश्वास र जनतालाई नै केन्द्रमा राख्नु नै चिकपाको सफलताका मूल कारण हुन् । एक सय वर्ष पुरानो पार्टीको जीवन्तताको स्रोत पनि यिनै हुन् । धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले यो कुरा बुझ्दै छन् ।
चिनियाँ जनताको खुसी खोज्ने चिकपाको प्रयासलाई विदेशी राजनीतिक पार्टी र व्यक्तित्वहरूले कदर गरेका छन् । चीनकै सबै क्षेत्रका जनताले पनि यसको प्रशंसा गरेका छन् । जनताको हितलाई सबभन्दा उच्च प्राथमिकतामा राखे कुनै पनि राजनीतिक पार्टीले जस्तोसुकै सफलता हासिल गर्नसक्ने कुरा चिकपाको यात्राबाट प्रमाणित भएको उनीहरूको विश्वास छ । चिनियाँ जनताको लागि बोल्ने र काम गर्ने, उनीहरूका आधारभूत हितको रक्षा गर्ने र जनतालाई बिझाएका समस्याको व्यवहारिकरूपमा समाधान गर्ने चिकपालाई चिनियाँ जनताले मनैदेखि स्वीकारेका छन् र समर्थन गरेका छन् । त्यसकारण राष्ट्रिय विकासमा ठुलो फड्को मार्न चिनियाँ जनतालाई एकताबद्ध बनाउन र नेतृत्व गर्न चिकपा सफल भएको हो ।
कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ मा सर्वहारा क्रान्ति अत्याधिक बहुमतको हितमा अत्याधिक बहुमतको सचेत र स्वतन्त्र क्रान्ति हो भनी लेख्नुभएको छ । यो वाक्यले कुनै राजनीतिक दल वा शासनको लागि जनताको महत्व कति हुन्छ भनी व्याख्या गरेको छ ।
चिकपा स्थापनाकालबाट नै सर्वहारा वर्गको पार्टी हो । यसको जन्म नै जनताको लागि, जनताको समृद्धिको लागि भएको थियो । चिकपा सधैँ जनताकै बीचमा बस्यो र जनताको हित रक्षाको लागि लड्यो । जनताको हित नै पार्टी विकासको आधारभूत लक्ष्य हो । चिकपा केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिकपाको आफ्नै कुनै अलग स्वार्थ नभएको र कुनै पनि परिस्थितिमा जनताको हितलाई पहिलो प्राथमिकतामा राख्नु नै चिकपाको स्वार्थ भएको बताउनुभएको थियो ।
बीसौँ शताब्दीको सुरुमा अमेरिकी पत्रकार ज्याक बेल्डेनले चिकपाप्रति जनताको पूर्ण समर्थन भएकोले चिकपा सफल हुने भविष्यवाणी गरेका थिए । सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापना यता चिकपाले आफ्नो अन्तिम लक्ष्यको रूपमा जनताको हितकै लागि लड्दै आएको छ र जनतामा सफलता, खुसीयाली र सुरक्षाको लागि लगातार काम गर्दै आएको छ । बेलायती कम्युनिस्ट पार्टीका महासचिव रोबर्ट ग्रिफिथले चिकपा सधैँ जनताको नजिक बस्ने पार्टी भएको बताएका छन् ।
कुनै पनि नीति वा सुधारका कार्यक्रम लागु गर्नुअघि चिकपाले जनताको आवाज सुन्छ र जनताकै बीचबाट विचार निर्माण गर्छ । बेलायती सामाजिक विज्ञान प्रतिष्ठानका अध्येता मार्टिन एल्ब्रोले चीनको विकास गर्न चीनको जनतालाई चिकपाले नेतृत्व गर्नसक्नुको एउटा रहस्य भनेको त्यो पार्टीले सधैँ जनताको भित्री मनदेखि सेवा गर्दै आएको छ । गरिबी उन्मूलनमा प्राप्त सफलताका साथै महामारी नियन्त्रणमा हासिल गरेको रणनीतिक सफलताको जग भनेको चिकपाको जनताकेन्द्रित विकासको सिद्धान्त हो । सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयका प्रतिष्ठित प्राध्यापक किशोर महबुबानी चिकपाको नेतृत्वमा १ अर्ब ४० करोड चिनियाँ जनताले चिनियाँ सभ्यतालाई नयाँ उचाइमा पु¥याउन सफल भएकोमा विश्वास गर्छन् ।
चिकपा र चिनियाँ जनताबीचको बढ्दो सम्बन्धले चीनमा सबै खालका चुनौती र जोखिममाथि जीत हासिल गर्नसक्ने आत्मविश्वास बढेको छ । चीनको पुनःजागरणको लागि यो नै अथाह ऊर्जाको स्रोत हो ।
चिकपाले जनताको भलोलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ । उसको आधारभूत प्रयोजन नै जनताको मनैदेखि सेवा गर्नु हो । आफ्नै ऐतिहासिक पृष्ठभूमिको कारण चिकपा जनतामा भरपर्नेछ । त्यसो गर्दा चिकपाले मानव सभ्यताको प्रगतिमा अझै बढी योगदान गर्नसक्छ ।
स्रोत : पिपुल्स डेली
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *