भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीबारे केही कुरा

चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्यो । चिकपाको नेतृत्वमा चिनियाँ क्रान्ति सफल भएको ७२ वर्ष पुग्यो । अध्यक्ष माओ त्सेतुङको नेतृत्वमा सम्पन्न चिनियाँ क्रान्तिदेखि आजसम्मको चीनलाई दिशा प्रदान गर्ने चिकपाको इतिहासबारे यतिबेला चर्चा परिचर्चा हुँदै छ । चिकपाको कम्युनिस्ट नीति र कार्यकर्ताको अनुशासित व्यवहार या आचरणका कारण आज चीनले सफलताको शिखर चढ्दै छ । तेस्रो विश्व अर्थात् विकासोन्मुख मुलुकका निमित्त चीन असल मित्र बनेर उभिएको छ । विश्वमा सहयोग, सहकार्य र साझा भविष्यको सन्देश प्रवाह गर्दै छ । ७२ वर्ष हिँडेको समाजवादलाई अझ सुन्दर र सशक्त बनाउन चिकपा सङ्घर्ष गर्दै छ । आज चिकपामा दशौँ करोड पार्टी सदस्य छन् । विश्व कम्युनिस्ट आन्दोलनलाई जोगाउन तिनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै छन् ।
माओकालीन चिकपादेखि आजसम्म आइपुग्दा के चिकपाले लिएको सिद्धान्त बदलियो ? नयाँ पुस्तालाई चिकपा स्थापनाका आधार र उद्देश्यबारे थाहा छ कि छैन ? आज चिकपा के गर्दै छ ? कतातिर जाँदै छ ? नयाँ चीन अध्यक्ष माओको सपनालाई जिवन्त राख्न सफल छ या छैन ? यी र यस्ता थुप्रैै प्रश्न नयाँ पुस्तासामु तेर्सिएका छन् । नयाँ पुस्ता तयारीको सवाल बेजोडले उठिरहेको छ ।
एउटा पुस्तक ‘चिनियाँ कम्युनिस्ट पार्टीबारे तपाईँलाई के थाहा छ ?’ अर्थात् ‘What do you know about Community party of China’ ले केही प्रश्नहरूको जवाफ दिन्छ । चिकपाको इतिहास, चीनको इतिहासको केही खण्डहरूसँग जोडेर नयाँ चीनमा चिकपाको भूमिकाबारे व्याख्या गरिएको छ । नयाँ चीनका एक प्रतिनिधि ली जुन्रु ९ष् िव्गलचग० ले तयार पारेको यो पुस्तकमा अध्यक्ष माओपछिको पुस्तादेखिको चीनबारे चर्चा छ ।
समाजवादी चीनलाई सिध्याउन साम्राज्यवादी शक्ति आजमात्र होइन धेरै अघिदेखि उद्दत थिए । चीनको विषयमा गलत प्रचारबाजी गर्नु, चीनविरोधी भावना फैलाउनु पश्चिमा सञ्चारमाध्यमको उद्देश्य नै बन्यो । चीनमाथिको पक्षपाति दृष्टिकोण, सङ्कुचित धारणा र पुर्वाग्रही सोच हिजोझैँ आज पनि व्याप्त छ । आज पनि संरा अमेरिकामा काम गरिरहेका चिनियाँ जनता, पढिरहेका चिनियाँ विद्यार्थीमाथि दुव्र्यवहार भएका घटना बाहिरिन्छन् । एउटा एसियाली देश अर्थात् आफूलाई विकासशील देश बताउने चीनको उदयपछि चीनमाथिको भ्रम केही चिरिएकोमा शङ्का छैन । यद्यपि, संरा अमेरिकी साम्राज्यवादी देश संरा अमेरिकाले अनेकन प्रपञ्च गरिरहेको पनि छर्लङ्गै छ ।
चीनमाथि बेग्लै धारणा राख्नुको एउटा महत्वपूर्ण कारण विचारधारात्मक भिन्नता हो । चिकपाविरुद्ध पुँजीवादी विश्वले प्रश्न उठाउनुको कारण चिकपाको सैद्धान्तिक आधारशिला हो । चिकपा अध्यक्ष माओको दर्शन र माक्र्सवादको बलियो सैद्धान्तिक आधारमा खडा छ । ज्ञान क्यानभासको चित्र जस्तै हो । रातो पोतियो भने ज्ञान रातै हुन्छ, सेतो पोतिए सेतो । चिकपाको ज्ञानको स्रोत माक्र्स र माओ त्सेतुङ नै हुन् । माक्र्सवादलाई चीनको मौलिकता र वस्तुस्थितिसँग जोडेर प्रतिपादित माओ त्सेतुङ विचारधारा नै चिकपाको सैद्धान्तिक आधार हो, ज्ञानको रङ्ग हो ।
चिकपा जनताको प्रिय पार्टी
जनताले चिकपालाई ‘मास पार्टी’ भन्छन् । पार्टीको विचार, सिद्धान्त पूर्णतः जनताको आवश्यता र जनताको सुखसँग जोडिएको छ । चिकपाले कुनै काम गर्नु अघि जनतालाई सचेत बनाउने गरेको छ । चिकपाले जनतालाई नै शक्तिशाली बनायो । पार्टी बैरीसँग कहिल्यै झुकेको छैन । पार्टीको अडान कमजोर बनाउने कार्य जनताबाट भएको छैन । चिकपा जनतामा समर्पित भएकै कारण जनताको प्यारो पार्टी बनेर सेवा गर्दै छ । पार्टीभित्र देशकै बुद्धिजीवीहरू छन् यद्यपि पार्टीभित्र काम गर्न सजिलो छैन । सदस्यहरूका लागि विभिन्न प्रावधान छन्, अनुशासनका नियम छन्, सबैभन्दा महत्वपूर्ण कुरा पार्टी सदस्यलाई जनताले पत्याएको हुनुपर्दछ ।
पार्टी अध्यक्ष माओलाई जनताले नै राष्ट्रिय नायक ‘ल्बतष्यलब िज्भचय’ बनाए । अध्यक्ष माओ नहुनुभएको भए सन् १८४० पछि चिनियाँ जनताले सामना गर्नुपरेको दुर्घटना र अपमानको एउटा बिर्सनै नसकिने युगको अन्त्य सम्भव थिएन भन्छन् जनता । एक समय विश्वकै समृद्ध मुलुक चीनले व्यहोर्नुपरेको नोक्सानीलाई महान् चिन्तक अध्यक्ष माओले पुनः फर्काउन गर्नुभएको क्रान्तिको जयगान गाउँछन् जनता । आज पनि विश्वविद्यालय, पार्टी स्कुल, कारखाना, पार्कहरूका भित्तामा माओका भनाइ टाँगिएको छ – “जनताको सेवा गर”, “सत्यको खोजी गर” । चिनियाँ बालबालिका यही विचार आत्मसात् गरी हुर्कन्छन् । देशभक्तहरू त्यहीबाट जन्मन्छन् ।
चिकपा देशभक्तहरूको सङ्गठन हो । चिनियाँ विशेषता सहितको समाजवाद निर्माण गर्ने, चीनको गौरव फर्काउने, शान्तिपूर्ण विकास गर्ने, चीनको महान् पुनर्जागरण गर्ने उद्देश्य बोकेका देशभक्तहरूको पार्टी हो चिकपा । माक्र्सवादको वैज्ञानिक सिद्धान्तबाट दीक्षित माक्र्सवादी देशभक्तहरूको समूह हो – चिकपा ।
त्यसकारण, चीनले अर्थात् चिकपाले कहिल्यै आक्रमणकारी नीति लिएन, अन्य देशमाथि हस्तक्षेप र अतिक्रमणका व्यवहार देखाएन । देशको स्वतन्त्रताको लडाइँताका होस् या चीनलाई आधुनिकीकरणको युगमा लाने समयमा होस् चीनले सधँै नै घरेलु अर्थात् राष्ट्रिय विषयलाई प्रधान स्थान दियो । चिकपाका कार्यकर्ताहरू फेरि युद्ध चाहँदैनन् । विश्वमा शान्ति र सुव्यवस्थाको निम्ति आफूले गर्नसक्ने सहयोगका निम्ति तयार छन् । चीनको गरिबी निवारण, पछौटेपन हटाउने र नयाँ आधुनिक समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, भ्रातृत्व, सौहार्दता र सुसंस्कृत समाजसहितको समाजवादी देश बनाउन चिकपाले नेतृत्व गरिरहेको छ । त्यसकारण, चिकपा जनताको प्रिय पार्टी हो ।
चिनियाँ विशेषता सहितको समाजवाद
चिनियाँ विशेषता सहितको समाजवाद के हो ? के यो माक्र्सवादको चिनियाँकरण हो ? यसको जवाफ ली जुन्रु दिन्छन् । चिनियाँ विशेषता सहितको समाजवाद वैज्ञानिक समाजवादका आधारभूत विशेषताहरूसँग चीनको वर्तमान एवम् वास्तविक अवस्था र विशेषताहरूको अन्तरघुलन हो । चीनको स्वतन्त्रतापछि प्राप्त नयाँ प्रजातन्त्र समाजवाद थिएन । त्यो पुँजीपतिहरूको प्रजातन्त्र थियो । त्यसपछि पुन अध्यक्ष माओले चिनियाँ माटो सुहाउँदो समाजवादको व्याख्या गर्नुभयो र समाजवादको स्थापना गर्नुभयो । चीनको समाजवाद सोभियत सङ्घको जस्तोे समाजवाद पनि होइन । चीनको समाजवाद चिनियाँ विशेषता सहितको वैैज्ञानिक समाजवाद हो । विशेषताहरू के छन् ? चिनियाँ समाजवादमा सामूहिक स्वामित्व अर्थात् सार्वजनिक क्षेत्रको विकास नै आधार हो । चिनियाँ बजार संयन्त्र समाजवादी बजार अर्थतन्त्रमा आधारित छ । अर्थतन्त्रमा श्रम, पुँजी, प्रविधि र व्यवस्थापनको बाँडफाँट या वर्गीकरणले उत्पादन बढाउनु र उत्पादनमा लगत न्यूनीकरण गर्नु अर्को विशेषता हो । व्यवस्थाको नेतृत्वमा काम गरिखाने वर्ग, मजदुर, किसान, बुद्धिजीवीहरू रहन्छन् तर देशको निर्माणका दौरान निजी विज्ञान प्रविधि इन्टरप्राइजेज्, व्यवस्थापक र प्राविधिज्ञहरूले पनि काम गर्छन् । देशमा समाजवादी राजनीतिक सभ्यता विकासको निम्ति चिकपा नेतृत्व गर्दै छ ।
समाजवादी देशमा पनि बजार अर्थतन्त्रको प्रयोग हुनसक्दछ भन्ने उदाहरण चीन हो । सबैखाले उत्पादनका स्रोतमा राज्यको नियन्त्रण, सबैखाले शोषण र बहुधु्रवीयकरणको अन्त्यपछि बजार अर्थतन्त्र समाजवादमा पनि अभ्यास गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत छ । सन् १९७८ देखि चिकपाले चीनलाई आर्थिक आधुनिकीकरणतर्फ लाने कार्यक्रम घोषणा ग¥यो । सुधार र खुलापन (Reform and opening-up) लाई पनि चिनियाँ विशेषतासहितको समाजवादलाई बलियो बनाउने एउटा कार्यक्रमको रूपमा अगाडि बढाइयो ।
दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घको आभाले युरोप, एसिया र ल्याटिन अमेरिका गरी करिब १५ देशमा समाजवाद स्थापना भयो । सन् १९४९ मा चिनियाँ क्रान्तिको सफलतापछि सुरुमा सोभियत सङ्घलाई नै पछ्यायोे । रुसमा अवलम्बन गरिएका आर्थिक कार्यक्रमहरू चीनको माटो सुहाउँदो भएन । रुसमा जस्तै ठूल्ठूला कलकारखाना बनाउनुभन्दा, चीनलाई ससाना कारखाना र कृषक मैत्री विकेन्द्रीकृत कार्यक्रम चाहिएको थियो । लामो अध्ययनपछि अध्यक्ष माओले चीनमा चिनियाँ माटो सुहाउँदो समाजवादी अर्थनीतिको खाँचो उजागर गर्नुभयो । त्यतिमात्र होइन रुसमा निकिता ख्रुस्चेभको संशोधनवादी विचारले समाजवाद पतनउन्मुख भएको पनि औँल्याउनुभयो ।
माक्र्सवाद जडसुत्र होइन विज्ञान हो । माक्र्सवाद दिर्घकालीन क्रान्तिको मार्गदर्शक हो । माक्र्सवादलाई आप्mनो देशको वास्तविकतासँग जोडेर विश्लेषण गर्न सकिन्छ । चीनले त्यही गरेको हो । समाजवाद निर्माणका मौलिक उपाय अवलम्बन गर्न सकिन्छ तर सिद्धान्त भुल्नु हुँदैन । चिकपाले त्यही ग¥यो । चिनियाँ विशेषता सहितको समाजवादलाई बाहिरी विश्वले पुँजीवाद भनेर पनि व्याख्या गर्छन, त्यो भ्रम मात्रै हो ।
योजनाबद्ध अर्थतन्त्रलाई समाजवादी बजार अर्थतन्त्रले विस्थापन गर्दै निजी –व्यक्तिगत अर्थतन्त्र पनि हुर्काउनु, सर्वजनिक स्वामित्वमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुले त्यो प्रश्न उठेको हुनुपर्छ । तर, सत्य के हो भने राजनैतिक बन्दोवस्त समाजवादी छ र अर्थतन्त्र आत्मनिर्भर छ भने आर्थिक प्रणालीमा नियन्त्रण सम्भव छ । निजी होस् या सार्वजनिक सरकारको निगरानी एवम् नियन्त्रणले चीनको अर्थतन्त्र पृथक बन्यो, आज विश्वले उत्कृष्ट भन्दै छ । चीनमा पुँजी भित्र्याउने र बाहिरी विश्वसँग प्रविधि एवम् शिक्षा प्राप्त गर्ने चीनको उद्देश्यमा सफल चीन सिद्धान्तमा कहिँकतै चुकेन । चीनको आर्थिक गौरव फर्काउन बाहिरी विश्वसँगको अन्तरक्रिया जरुरी थियो त्यसकारण विश्व व्यापार सङ्गठनमा जोडिने ऐतिहासिक निर्णय चीनले लियो । पुँजीवादी देशहरूले बनाएका नीतिहरूलाई चीनले स्वीका¥यो ।Win-Win (हित–हित) नीतिलाई चीनले नै मात्र कार्यान्वयन गरेको देखियो पछिल्लो परिघटनाको पर्यवेक्षण गर्दा । त्यो सँगै चीनले सर्वहारा वर्गीय अन्तर्राष्ट्रवादको झन्डा गाड्यो । आफूसँगै विकासोन्मुख देशहरूलाई उठाउने नीति लियो ।
चिकपाको कार्यशैली
दशौँ करोड चिकपा सदस्यबीच सानदार एकता कसरी सम्भव भयो भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । प्रजातान्त्रिक केन्द्रियता, सदस्य छनोटमा शैक्षिक र सैद्धान्तिक अध्ययनको योग्यता मापन, साङ्गठनिक भावनाको उच्चतम ज्ञान एवम् इतिहासको ज्ञानको आधारमा सदस्य चुनिन्छ । नेताहरूको सम्मान, पार्टी अनुशासन, नयाँ युगसँग जानकार रहनु सदस्यमा हुनुपर्ने न्यूनतम गुण हुन् । पार्टीको वैज्ञानिक र प्रजातान्त्रिक निर्णय निर्माण प्रक्रिया गज्जबको छ । चीनमा चिकपा एक्लैको राइँदाइँ चल्छ भन्नेहरू पनि छन् तर चीनले परामर्शमा आधारित प्रजातन्त्रको अभ्यास गरिरहेको छ । चीनमा चिकपा बाहेक ८ अन्य पार्टी छन् । ती पार्टीको परामर्श चिनियाँ सरकारले सङ्कलन गर्छ । ९० प्रतिशत हानवंशको बाहुल्य रहेको चीनमा १० प्रतिशतका ५६ जाति अल्पसङ्ख्यकलाई उपेक्षा गरेको छैन । करिब सिमानाहरूमा बसोबास गर्ने अल्पसङ्ख्यकहरू कुनै विभेदविना अर्थतन्त्र, राजनीतिमा पहुँच राख्छन् ।
चिकपाले कसरी कार्यकर्ता छनोट गर्छ ? पहिला–पहिला कार्यकर्ता सर्वोच्च नेताहरूले नै छनोट गर्ने प्रावधान थियो अहिले व्यक्तिको स्थान, परीक्षा, साङ्गठनिक भूमिका र प्रस्तुतीकरणको आधारमा प्रारम्भिक तहबाटै सिफारिस भएर आएका व्यक्तिहरूलाई परीक्षाफलका आधारमा शीर्ष नेताहरूको मूल्याङ्कनमा छनोट गरिन्छ । चिकपाभित्र प्रवेश गर्नु नै आज अधिकांश नयाँ पुस्ताको उद्देश्य हुनेगरेको छ । एउटा विश्वविद्यालयमा प्रवेश पाउनुभन्दा निकै कठिन परीक्षामा उत्तीर्ण हुनुपर्ने प्रावधान गज्जबको छ । कार्यकर्ता आवश्यक भन्दै सूचना प्रवाह हुनेबित्तिकै उम्मेदवारीको लामो लिस्ट आउँछ । उम्मेदवारको गाउँ या सहरका प्रारम्भिक समिति या गाउँवासीहरूले भोट दिएर छनोट गरी पठाइएको हुन्छ । माथिल्लो तहमा पनि प्रतिस्पर्धा चल्छ । यसरी प्रजातान्त्रिक ढङ्गले योग्य कार्यकर्ताको छनोट पार्टीले जनताको बीचबाटै गर्छ । त्यसकारण, पार्टीको आधार बलियो भएको हो भन्न सकिन्छ ।
चीनको राज्य प्रणाली
चिनियाँ झन्डाको आप्mनै कथा छ । राष्ट्रिय झन्डामा अङ्कित ५ ताराको अर्थ बेग्लै छ । झन्डाको बायाँ ठूलो ताराले चिनियाँ कम्युनिस्ट पार्टीलाई जनाउँछ । त्यो ठूलो ताराको अघिल्तिरका ४ साना ताराहरूले चिनियाँ जनतालाई प्रतिविम्बित गर्दछ । ताराहरूले क्रमशः कामदार वर्ग, किसान, सहरी साना पुँजीपति, राष्ट्रिय पुँजीपतीलाई इङ्गित गर्दछ । चिनियाँ कम्युनिस्ट पार्टीले कामदार वर्गसँगै राष्ट्रिय पुँजीपतिहरूलाई पनि समाजवाद निर्माणमा अग्रसर बनाउने नीति लियो जो सोभियत सङ्घभन्दा एकदमै फरक छ । चिकपाले गर्ने जनता शब्दको व्याख्या पृथक छ । राष्ट्रिय पुँजीपतिहरूले मजदुर–किसानलाई दबाउने समाज चीनमा छैन । कम्युनिस्ट बाहेकका पनि सरकारसँग सहकार्य र सहमतिका निम्ति जुट्छन् । त्यसकारण, शोषक र शासित वर्गबीच बेमेल चीनमा छैन ।
चीन फासीवादविरुद्ध आज पनि लड्दै छ । त्यसकारण, चिनियाँ माटोभित्र हानवंशको बडाराष्ट्र अहङ्कारवाद हुन्छ भन्ने कल्पना गर्नुपनि मुर्खता हो । करिब ५६ वटा अल्पसङ्ख्यक जातिसँग नेतृत्व, विचारधारा, संस्कृति र समृद्धि साटासाट गरी चिनियाँ जनता विश्वमै उत्कृष्ट जीवनयापनको दिशाउन्मुख छन् । चीनमा फरक राष्ट्रियताहरूबीच असामन्जस्यता छैन ।
चिनियाँ विशेषताहरूले विकासको दौडमा पर्यावरणीय ¥हासको सम्भावनालाई मध्यनजर गर्छ । प्रविधि सिक्न चुकाउनुपरेको मूल्य फर्काई प्रविधिको केन्द्र बनाउन मेहेनत गर्नुपनि चिनियाँ विशेषता नै हो । जसरी सबै सवारी साधनको आ–आप्mनो विशेषता हुन्छ त्यसरी नै चीनले उत्पादन गर्ने सवारी सधानको बेग्लै विशेषता हुनेछ । चीन चीनले नै उत्पादन गर्ने उच्च–स्पिडको ट्रेन हो । जसमा शक्तिशाली लोकोमोटिभ (Locomotive) जडान गरिएको छ । असाध्यै लामो दुरीको यात्राका निम्ति चीन प्र्रतिबद्ध पनि छ । अध्ययन र खोज अनुसन्धानमा अब्बल चीन बनाउने उद्देश्य नै चीनको विशेषता हो । त्यसकारण, कार्यकर्ता मात्र होइन नयाँ पुस्तालाई राजनीतिकरूपले पनि सचेत बनाउन पार्टी स्कुलहरूको स्थापना र विकासलाई असाध्यै महत्वका साथ अगाडि बढाइएको छ । दक्ष, प्रविधिमैत्री र युग सुहाउँदो नयाँ जनशक्ति निर्माण चीनको विशेषता हो ।
चीनको अर्थतन्त्र लेसिस–फियर अर्थतन्त्र (Laissez-Faire economy)  होइन जुन बिल्कुल पुँजीवादी अर्थतन्त्रको उदाहरण हो । चीनले बृहत् नियन्त्रणको (macro control) अर्थनीतिलाई अवलम्बन गरेको छ । यही अर्थनीतिको आधारशीलाका कारण बजार खुला गरिए पनि पुँजीवादको दुर्गुण भित्रिएन । सन् १९९८ को एसियाली वित्तीय मन्दी र अन्तर्राष्ट्रिय वित्तीय मन्दीको समयमा चीनको बृहत् नियन्त्रणको अर्थनीतिका कारण अर्थतन्त्र ¥हास भएन । अर्थतन्त्रमा यो नीति चिनियाँ विशेषता हो भन्दा फरक पर्दैन ।
आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा भएका सुधारकै कारण चीनमा राज्यनियन्त्रित ठूल्ठूला कलकारखाना छन्, शिक्षा विश्वसँग प्रतिस्पर्धा गर्ने खालकै छ, ग्रामीण क्षेत्रका चिनियाँहरू समृद्धितर्फ उन्मुख छन् । कृषिमा अधुनिकीकरण, स्वास्थ्यक्षेत्रमा प्राप्त गरेको अद्भूत सफलता र सांस्कृतिक प्रणाली या सभ्यता जोगाउन गरिएका सम्पूर्ण प्रयासहरूले नयाँ चीनको दृष्टान्त पस्कन्छ ।
चीनको शान्तिपूर्ण विकासले शान्त उदय सम्भव भएको हो भन्न सकिन्छ । चीनको शान्तिपूर्ण विकासलाई कसरी बुभ्mने ? अन्य देश या कमजोर देशहरूमा लुटपात नगरिकन आप्mनो खुट्टामा उभिएर गर्ने विकासको कुरा गर्छ चीन । चीनको शान्त आर्थिक उदयले पुनः एकपटक पूर्वी एसियाली देशहरू आफूलाई सुरक्षित देख्दै छन् । सहकार्य, सहअस्तित्वमा आधारित चिनियाँ विशेषता सहितको विकासले एसियाली देशमात्र होइन ल्याटिन अमेरिकी र अफ्रिकी देशहरू लाभान्वित छन् । संरा अमेरिकालाई चीनको उदीयमान प्रभाव मन नपर्नुमा कुनै आश्चर्य छैन । आज संरा अमेरिका – चीन सम्बन्ध नयाँ चरणमा छ । आधुनिक विश्वमा विश्वव्यापी शासनको नयाँ धार बनेर चीन अगाडि बढ्दै छ । त्यसको नेतृत्व चिकपाले गर्दै छ ।
फेरिपनि चीनमाथि पूर्वाग्रह र अपमानको दृष्टिले हेर्ने समुदाय नभएको होइन । पश्चिमा विश्वले चीनविरोधी भावना फैलाउन छोडेको छैन । सोभियत सङ्घको पतनले पूर्वी युरोपका थुप्रै समाजवादी देशहरू पनि पुँजीवादमा पतन भएको इतिहास छ । सोभियत सङ्घ ७२ वर्षको उमेरमा ढल्यो । चीनमा समाजवादको उमेर पनि ७२ वर्ष पुग्यो र चीन भने ७२ वर्षमा अझ अनुभवी र परिपक्व पाइला चाल्दै छ, विजयोन्मुख छ । चीनसामु साम्राज्यवादी देशहरू कुनैकुनै रूपमा पराजित छन् । चीनको विजयले नै मात्र विश्वमा समाजवादको रातो झन्डा फहरिरहनेछ । चिनियाँ विशेषता सहितको समाजवादले विश्व साम्राज्यवाद र नवउदारवादी अर्थनीतिविरुद्ध लड्दै छ । विश्व शोषणको व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दै छ । चीनको नेतृत्व गर्ने चिनियाँ कम्युनिस्ट पार्टी र विचारमा प्रतिबद्ध ९ करोडभन्दा बढी पार्टी सदस्य एवम् कार्यकर्ता विश्व कम्युनिस्ट आन्दोलनकै निम्ति ऊर्जा बन्न सफल छन् ।
चिकपा स्थापना (सन् १९२१) देखि निरन्तर १०० वर्ष हिँडिसक्यो । आजको चीन चिकपाकै सफलता हो । त्यो सफलता कसरी मिल्यो ? र, चिकपाका सम्पूर्ण पक्षहरूलाई उजागर गर्न नसकेपनि यो पुस्तकले केही सोधिने प्रश्नहरूको जवाफ दिएको छ । चिकपा र चीन बुझ्न जोकोहीका निम्ति पुस्तक अध्ययन फलदायी नै हुनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *