सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, १७ असार । नेपाल मजदुर किसान पार्टीले मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा बिहीबार अनलाइन प्रवचन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा जेठ १२ गते चिकपा र नेपालका ६ वटा राजनीतिक दलबीच अनलाइन बैठक भएको र कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीलाई प्राप्त १ लाख थान एन ९५ मास्क र ८ थान हाइड्रोजन अक्सिजन मेसिन कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा बसेर लड्नुहुने स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराउने पार्टी केन्द्रीय सचिवालयको निर्णयानुसार नेपालको पूर्व मोरङदेखि पश्चिम कैलाली र कर्णालीका विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा हस्तान्तरण गरेको बताउनुभयो ।
अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगलाई नेमकिपाले जनताको हितमा लगाएको अनुकरणीय, उदाहरणीय कदम भएको भनी बताएको उल्लेख गर्नुभयो ।
“चिकपाले जेठ १३ गते माक्र्सवादी राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय गोष्ठी पनि आयोजना ग¥यो । गोष्ठीमा प्रस्तुत चिकपाका महासचिव सी चिनफिङको सन्देशमा माक्र्सवाद संसारलाई बुझ्ने बलियो हतियार र चिकपाको मार्गनिर्देशक सिद्धान्त भएको उल्लेख छ ।” उहाँले बताउनुभयो ।
सचिव सुवालले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष सङ्घर्षका वर्षहरू भएको र यो अवधिमा जापानविरोधी लडाइँ, सामन्तवादविरोधी आन्दोलन, साम्राज्यवादविरोधी लडाइँ, पुँजीवादविरोधी आन्दोलन भएको चर्चा गर्दै थाइवान, तिब्बत, सिनचियाङ हङकङमा पश्चिमा साम्राज्यवादको उपद्रव र हस्तक्षेपविरोधी आन्दोलन, चीनमा मानवअधिकार र प्रजातन्त्र नभएको दुष्प्रचारको विरोधमा आन्दोलन, चीनविरुद्ध व्यापार युद्धको प्रतिवादलगायत आन्दोलन भएको उल्लेख गर्नुभयो ।
“व्यापार युद्धमा चीनले अमेरिकालाई जस्तालाई तस्तैको प्रतिवाद ग¥यो । परिणाम अमेरिकाले चोट भोग्नुप¥यो । चीनसँग अमेरिकाको द्वन्द्व भए चीनको प्रतिरोध अमेरिकाले सामना गर्नुपर्नेछ । चीनलाई नेतृत्व गर्न चिकपालाई कसैले रोक्न सक्दैन ।” उहाँले बताउनुभयो ।
उहाँले कोभिड–१९ बारे सुरुमा अमेरिकाको हवाई टापु र क्यालिफोर्नियामा देखापरेको उल्लेख गर्दै चीनको उहानमा सैन्य खेलकुदमा भाग लिन गएका अमेरिकी सेनाहरूले सारेको समाचारबारे चर्चा गर्नुभयो ।
अहिले चीन ३०० थरी वस्तु संसारमा सबैभन्दा बढी उत्पादन गर्ने र संसारको ५० प्रतिशत वस्तु उत्पादन गर्ने देश पनि चीन नै भएको एवम् र विज्ञान एवम् प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास गरेको उल्लेख गर्नुभयो ।
चीनले बर्सेनि अमेरिकाको भन्दा ७० लाख बढी २ करोड ८० लाख कार उत्पादन गर्ने गरेको उल्लेख गर्दै चिकपाले विचारप्रति निष्ठावान योद्धाहरू एउटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, चीनको मुक्तियुद्ध (सन् १९४६–४९) मा याङ्जी नदी तर्न विशिष्ट योगदान गरेका, चीनको दक्षिण सार्वभौमिक अधिकार स्थापित गर्न चीन सागरमा नान्सा टापु बनाउन सहभागी नागरिक लडाकु, सन १९५०–५३ को कोरिया युद्धका युद्धवीर, सन् २०२० को जुनमा गलवान टापुमा वीरगति प्राप्त सेनालाई सर्वोच्च पदक ‘जुलाई १ पदक’ प्रदान गरिएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
कार्यक्रमका अर्का अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले चिनियाँ कम्युनिस्ट पार्टी माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मानेर जस्तोसुकै कठिन अवस्थामा पनि विचलित नभई अगाडि बढेको उल्लेख गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा स्थापित राजनीतिक प्रणालीले चीनलाई आजको उचाइमा पु¥याएको बताउनुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको सङ्घर्षको इतिहास गौरवपूर्ण रहेको चर्चा गर्दै चीनको प्रगतिलाई असफल तुल्याउन साम्राज्यवादीहरूले व्यापार युद्ध छेडेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्राध्यापक समाजका सुनिल दुवाल र सुजन माकले आ–आफ्नो विचार राख्नुभएको थियो ।
चीनको थेआनमेन चोकमा आज बिहान आयोजित चिकपाको १०० वर्षको विशेष समारोहमा ‘चिनियाँ कम्युनिस्ट पार्टी नभए नयाँ चीन नहुने’, ‘समाजवादका हामी नयाँ उत्तराधिकारी’ लगायत बोलको गीत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
Leave a Reply