भर्खरै :

काँग्रेसले मन्त्रीमण्डल विस्तार रोक्यो- पम्फा भुषाल

भक्तपुर, २२ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सरकारमै रहेको नेपाली काँग्रेसभित्रको आन्तरिक विवादका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले नेकपा माओवादी मन्त्रीमण्डल विस्तारका लागि तयार रहेको भन्दै यस्तो बताउनुभएको हो ।
काँग्रेसभित्रकै आन्तरिक विवादका कारण प्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा नरहेको उहाँको भनाई छ ।
उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनै पनि खालका अधिकारहरु कटौती हुन नसक्ने बताउनु भएको छ । उहाँले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिहरुबीच एकिकरणको प्रयास पनि पाटीभित्र भैरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *