नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
(चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं स्थापना दिवसको अवसरमा बिहीबार चीनको राजधानी पेइचिङस्थित तेन आनमेन चोकमा आयोजित भव्य समारोहमा चिकपा केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको पूर्ण पाठको नेपाली अनुवाद प्रस्तुत छः)
कमरेड र साथीहरू,
आज जुलाई १ चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्र दुवैको लागि इतिहासमा एउटा महान् र सानदार दिन हो । आज हामी देशभरका सबै पार्टी सदस्य एवम् सबै जातिका चिनियाँ जनतासहित पार्टीको शतवार्षिकी मनाउन, एक सय वर्षभन्दा लामो सङ्घर्षको गौरवपूर्ण यात्रालाई फर्केर हेर्न र चिनियाँ राष्ट्रिय पुनःजागरणको उज्यालो भविष्यतर्फ हेर्न यहाँ भेला भएका छौँ ।
प्रारम्भमा चिकपा केन्द्रीय समितिको तर्फबाट म सबै पार्टी सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।
यो विशेष अवसरमा पार्टी र जनताको तर्फबाट सिङ्गो पार्टी र सम्पूर्ण राष्ट्रको अथक प्रयासको फलस्वरूप हामी मध्यम ढङ्गले समृद्ध समाज बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गर्न सफल भएको घोषणा गर्न पाउनु मेरो गौरव हो । त्यसको अर्थ हामी चीनमा निरपेक्ष गरिबीको समस्यालाई ऐतिहासिक समाधान दिन सफल भएका छौँ र अब हामी चीनलाई सबै कोणबाट महान् आधुनिक समाजवादी देश बनाउने दोस्रो शताब्दी लक्ष्यतर्फ आत्मविश्वासका साथ अघि बढ्नेछौँ । चिनियाँ राष्ट्र, चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीको लागि यो महान् र गौरवपूर्ण उपलब्धि हो !
कमरेड र साथीहरू,
चिनियाँ राष्ट्र एउटा महान् राष्ट्र हो । पाँच हजार वर्षभन्दा लामो इतिहास बोकेको चीनले मानव सभ्यताको प्रगतिमा अमिट योगदान गरेको छ । तथापि, सन् १८४० को अफिम युद्धपछि चीन क्रमशः अर्ध – उपनिवेश, अर्ध – सामन्ती समाज बन्दै गयो र त्यसअघिको कालखण्डमा भन्दा अझ ठुला चुनौती सामना गर्नुप¥यो । चीनले ठुलो अपमान सामना गर्नुप¥यो, चिनियाँ जनता गहिरो पीडाको शिकार बने, चिनियाँ सभ्यता अँध्यारो कालरात्रिमा डुब्दै गयो । त्यही बेलादेखि चिनियाँ जनता र चिनियाँ राष्ट्रको लागि राष्ट्रिय पुनःजागरण सबभन्दा ठुलो सपना बन्यो ।
राष्ट्रलाई त्यो सङ्कटबाट जोगाउन चिनियाँ जनताले साहसिक लडाइँहरू लडे । विवेकवान देशभक्तहरूले राष्ट्रलाई जोगाउने क्रममा एकपछि अर्को गर्दै ताइपिङ स्वर्गीय शासन आन्दोलन, सन् १८९८ को सुधार आन्दोलन, यिहेत्वान आन्दोलन र सन् १९११ को क्रान्ति भए । राष्ट्रको अस्तित्व जोगाउन धेरै थरी योजना उपयोग गरियो तर ती सबै योजना असफल भए । राष्ट्रलाई जोगाउने आन्दोलनको नेतृत्व गर्न र क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्न चीनलाई नयाँ विचारको तड्कारो आवश्यकता भइसकेको थियो ।
सन् १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्तिको तोपको गर्जनसँगै चीनमा माक्र्सवादी – लेनिनवादी विचार प्रतिध्वनित भयो । त्यसपछि सन् १९२१ मा चिनियाँ जनता र चिनियाँ राष्ट्रमा ठुलो जागरण उठिरहेको र चिनियाँ श्रमिक आन्दोलनसँग माक्र्सवाद–लेनिनवाद नजिकबाट एकाकार भइरहेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको जन्म भयो । चीनमा कम्युनिस्ट पार्टी स्थापना हुनु एउटा युगान्तकारी घटना थियो, जसले आधुनिक समयमा चीनको इतिहासको दिशा नै उल्लेखनीयरूपमा परिवर्तन ग¥यो, चिनियाँ जनता र राष्ट्रको भविष्यमा रूपान्तरण ल्यायो र संसारको विकासको नक्सा नै बदलियो ।
स्थापना भएको दिनदेखि नै पार्टीले चिनियाँ जनताको खुसीको खोजी थाल्यो र चिनियाँ राष्ट्रको पुनःस्थापनालाई आफ्नो चाहना र लक्ष्य बनाएर अघि बढ्यो । बितेका एक सय वर्षमा पार्टी बनाउन र चिनियाँ जनताको नेतृत्व गर्न भएका सबै सङ्घर्ष, बलिदान र रचना एउटा मूल भावनासँग अन्योन्यास्रित रूपमा गाँसिएको छ । त्यो भावना चिनियाँ राष्ट्रको महान् पुनःजागरण हासिल गर्नु हो ।
राष्ट्रिय पुनःजागरण हासिल गर्न पार्टीले चिनियाँलाई सङ्गठित गरी अदम्य प्रतिबद्धताका साथ रक्तपातपूर्ण लडाइँहरू लड्यो । फलतः नयाँ प्रजातान्त्रिक क्रान्तिको महान् सफलता हासिल भयो ।
उत्तरी अभियान, कृषि क्रान्तिकारी युद्ध, जापानी हमलाविरुद्ध प्रतिरोध लडाइँ र मुक्ति युद्धमार्फत हामीले सशस्त्र क्रान्तिबाट सशस्त्र प्रतिक्रान्तिविरुद्ध लड्यौँ, साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पुँजीवादका तीन पहाड छिचोल्यौँ र जनवादी गणतन्त्र चीनको स्थापना ग¥यौँ । जनवादी गणतन्त्र चीनले चिनियाँ जनतालाई आफ्नो देशको मालिक बनायो । यसप्रकार हामीले हाम्रो राष्ट्रको स्वाधीनता प्राप्त ग¥यौँ र हाम्रा जनतालाई मुक्त पा¥यौँ ।
नयाँ जनवादी क्रान्तिको विजयले चिनियाँ इतिहासको अर्ध औपनिवेशिक, अर्ध सामन्तवादी समाजको अध्याय समाप्त भयो । पुरानो चीनमा अस्तित्वमा रहेको पूर्णतः विखण्डनको अवस्थको अन्त्य भयो । विदेशी शक्तिले हाम्रो देशमाथि थोपरेका सबै असमान सन्धि खारेज भयो र चीनमा साम्राज्यवादी शक्तिले उपभोग गरिरहेका सबै सुविधा समाप्त पारियो । त्यसले राष्ट्रिय पुनःजागरण हासिल गर्न आधारभूत सामाजिक अवस्था बनायो ।
पेचिलो सङ्घर्षमार्फत पार्टी र चिनियाँ जनताले संसारलाई चिनियाँ जनता उठिसकेको र चिनियाँ राष्ट्रलाई अपमान गर्ने र दुरूपयोग गर्ने समय सदाको लागि समाप्त भएको देखायो ।
राष्ट्रिय पुनःजागरण हासिल गर्न पार्टीले आत्मनिर्भरताको भावनाका साथ बलियो चीन बनाउन, समाजवादी क्रान्ति र निर्माणमा महान् सफलता हासिल गर्न चीनका जनतालाई सङ्गठित र नेतृत्व ग¥यो ।
समाजवादी क्रान्ति अघि बढाएर हामीले हजारौँ वर्षदेखि चीनमा जरा गाडेर बसेको शोषणमूलक र दमनकारी सामन्ती समाजलाई उन्मूलन गरेर हाम्रो आधारभूत प्रणालीको रूपमा समाजवाद स्थापना ग¥यौँ । समाजवादी निर्माणको क्रममा हामीले साम्राज्यवादी र प्रभुत्ववादी शक्तिले लाद्ने प्रयास गरेका अराजकता, निषेध र सशस्त्र उपद्रवलाई पराजित ग¥यौँ र चिनियाँ राष्ट्रको इतिहासमा विस्तृत र उल्लेखनीय सामाजिक परिवर्तन ल्याउन सफल भयौँ । चीनलाई सबभन्दा बढी जनसङ्ख्या भएको पूर्वको एउटा गरिब र पिछडिएको देशबाट राष्ट्रिय पुनःजागरण हासिल गर्न आवश्यक आधारभूत राजनीतिक अवस्था र संस्थागत जग भएको समाजवादी देशमा रूपान्तरण गर्न सफल भएको छ ।
पेचिलो सङ्घर्षमार्फत पार्टी र चिनियाँ जनताले संसारलाई चीन पुरानो विश्व भत्काउनमात्र सक्षम छैन, बरू नयाँ विश्व बनाउन पनि सिपालु छ भन्ने कुरा देखाएको छ । समाजवादले मात्र चीनको रक्षा गर्नसक्छ र चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीनको विकास गर्नसक्छ भन्ने कुरा चिनियाँ जनताले देखाएका छन् ।
राष्ट्रिय पुनःजागरणको लक्ष्य हासिल गर्न पार्टीले चिनियाँ जनतालाई स्वतन्त्र चिन्तन गर्दैै सुधार, खुलापन र समाजवादी आधुनिकीकरणमा सङ्गठित र नेतृत्व ग¥यो ।
हामीले समाजवादको प्रारम्भिक चरणको लागि आधारभूत पार्टी नीति बनायौँ । सुधार र खुलापन दृढतापूर्वक अघि बढायौँ, हरेक दिशाबाट आएका जोखिम र चुनौती सामना ग¥यौँ र चिनियाँ विशेषतासहितको समाजवादको स्थापना, प्रवद्र्धन, रक्षा र विकास ग¥यौँ । फलतः जनवादी गणतन्त्र चीनको स्थापनायता पार्टीको इतिहासमा दीर्घकालीन प्रभाव पार्ने प्रमुख फड्को मार्न सफल भयौँ । यसले चीनलाई अत्यन्त केन्द्रिकृत योजनाबद्ध अर्थतन्त्रबाट जीवन्ततासहितको समाजवादी बजार अर्थतन्त्रमा रूपान्तरण गर्न सक्षम बनायो । मूलतः एक्लिएको एउटा देश चीनलाई संसारसामु खुला देशमा बदल्न त्यसले सक्षम बनायो । साथै उत्पादन शक्तिमा तुलनात्मकरूपले पछि परेको देशलाई संसारकै दोस्रो ठूलो अर्थतन्त्रमा ऐतिहासिक फड्को मार्नसक्ने बनायो । मुस्किलले पेट भर्न पुग्ने जनताको जीवनस्तरलाई मध्यमरूपमा समृद्धिको तहमा उकास्न र अन्ततः सबै हिसाबमा मध्यम ढङ्गको समृद्धि हासिल गर्न सक्षम बनायो । यी उपलब्धिले नयाँ ऊर्जाशील संस्थागत सुनिश्चितताका साथै तीव्र विकासको वस्तुगत अवस्था बनाएर राष्ट्रिय पुनःजागरणतर्फ अघि बढ्न ऊर्जा दिएको छ ।
पेचिलो सङ्घर्षमार्फत पार्टी र चिनियाँ जनताले सुधार र खुलापन प्रवद्र्धन गरेर समयको पदचापअनुुसार ठूलो फड्को मार्न चीन सक्षम भएको विश्वलाई देखायो । आज चीन जहाँ छ, त्यहाँ पुग्न सुधार र खुलापन अन्त्यन्त महत्वपूर्ण निर्णय रह्यो ।
राष्ट्रिय पुनःजागरणको लक्ष्य हासिल गर्न पार्टीले आत्मविश्वास, आत्मनिर्भरता र खोजमार्फत ठूलो सङ्घर्ष, बृहत् परियोजना, महान लक्ष्य र विशाल सपना अघि बढाउन चिनियाँ जनतालाई सङ्गठित र नेतृत्व ग¥यो । फलतः नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनाको ठूलो सफलता हासिल भयो ।
पार्टीको अठारौँ महाधिवेशनसँगै चिनियाँ विशेषतासहितको समाजवाद नयाँ युगमा प्रवेश ग¥यो । यो नयाँ युगमा हामीले पार्टीको समग्र नेतृत्वलाई प्रवद्र्धन र सशक्त बनायौँ । पाँच वृत्त एकीकृत योजना र चार विस्तृत रणनीतिको समन्वयकारी कार्यान्वयन ग¥यौँ, चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको प्रवद्र्धन र सुधार ग¥यौँ, चीनको प्रणालीलाई आधुनिकीकरण गर्दै शासन क्षमता विस्तार ग¥यौँ, पार्टीमा नियमबद्ध प्रशासन अभ्यासको प्रतिबद्धताको पालना ग¥यौँ र अन्तरपार्टी नियमको चुस्त प्रणालीको विकास ग¥यौँ । हामीले जोखिम र चुनौतीका लामो सिलसिलालाई पराजित ग¥यौँ, पहिलो शताब्दी लक्ष्य हासिल ग¥यौँ र दोस्रो शताब्दी लक्ष्य हासिल गर्न रणनीतिक कदमहरू चाल्यौँ । पार्टी र देशको लक्ष्यमा हासिल भएका ऐतिहासिक उपलब्धि र परिवर्तनले राष्ट्रिय पुनःजागरणको लक्ष्यलाई प्रवद्र्धन ग¥यो । त्यसको निम्ति आवश्यक बलियो संस्था, सशक्त भौतिक आधार र बृहत् पहलकदमीको लागि प्रोत्साहनको स्रोत बन्यो ।
पेचिलो सङ्घर्षमार्फत पार्टी र चिनियाँ जनताले संसारलाई धुलो टकटकाउँदै उठेर चिनियाँ राष्ट्रले समृद्धितर्फको बृहत् रूपान्तरणमा हासिल गरेका उपलब्धि देखाउन सफल भयो । चीनको राष्ट्रिय पुनःजागरण अब ऐतिहासिकरूपमा अपराजयी बनेको छ ।
बितेका एक सय वर्षमा पार्टीले चिनियाँ जनतालाई चिनियाँ राष्ट्रको हजारौँ वर्ष लामो इतिहासमा सबभन्दा सानदार खण्ड लेख्न सक्ने बनायो । अध्यक्ष माओले लेख्नुभएको छ, “हाम्रो मन सहिदको बलिदानले यति बलियो हुन्छ, हामीमा नयाँ आकाशको लागि सूर्य र चन्द्र पनि बनाउने आँट आउँछ ।” चिनियाँ जनताले यही भावनाका साथ चिनियाँ इतिहासमा त्यो सानदार खण्ड लेखेका छन् । हामीले अँगीकार गरेको महान् पथ, हामीले बोकेको महान् लक्ष्य, हामीले बितेको शताब्दीमा हासिल गरेका महान् उपलब्धि चिनियाँ राष्ट्र र मानव सभ्यताको विकासको इतिहासमा सधैँ अङ्कित रहनेछ ।
कमरेड र मित्रहरू,
एक सय वर्षअघि चीनमा साम्यवादी विचारधाराका संस्थापकहरूले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरे र पार्टी स्थापनाको वैचारिक जग बसाए । त्यो वैचारिक जगलाई यी सिद्धान्तमा समावेश गर्न सकिन्छः सत्य र आदर्शको प्रवद्र्धन, हाम्रा मूल भावना र स्थापनाका लक्ष्यहरूमा इमानदारी, बलिदानको भय नराखी बहादुरीका साथ लड्नु, पार्टी र जनताप्रति इमानदार रहनु । यी भावना नै पार्टीको शक्तिको स्रोत हुन् ।
बितेका सय वर्षमा पार्टीले यी स्थापनाकालका भावनालाई अघि बढायो । लामो समयसम्म जाने यो सङ्घर्षमार्फत चिनियाँ कम्युनिस्टहरूको लागि प्रोत्साहनका सिद्धान्तहरूको विकास ग¥यो र आफ्नो मौलिक राजनीतिक चरित्रलाई अझ परिपक्व बनायो । इतिहासको पाङ्ग्रा अघि बढ्दै गर्दा पार्टीले यो भावना पुस्तौँपुस्ता पुस्तान्तरण हुँदै गयो । हामीले हाम्रो गौरवपूर्ण परम्परालाई प्रवद्र्धन गर्न र हाम्रो क्रान्तिकारी विरासतलाई जोगाउने कामलाई निरन्तरता दिनेछौँ । त्यसो गर्न सके पार्टीका स्थापनाकालका भावनालाई जीवन्त राख्न सक्छौँ र अघि बढाउन सक्छौँ ।
कमरेड र मित्रहरू,
बितेको एक सय वर्षमा हासिल भएका सबै उपलब्धिको निम्ति हामी चिनियाँ कम्युनिस्ट, चिनियाँ जनता र चिनियाँ राष्ट्रप्रति अनुग्रहित छौँ । कमरेड माओ त्सेतुङ, तेङ स्याओपिङ, चियाङ चमिन र हु चिन्ताओलाई प्रमुख प्रतिनिधिको रूपमा मान्दै चिनियाँ कम्युनिस्टहरूले चिनियाँ राष्ट्रको पुनःजागरणको लागि बृहत् एवम् ऐतिहासिक योगदान गर्नुभएको छ । हामी उहाँहरूप्रति उच्च आदर व्यक्त गर्दछौँ ।
आजको यो अवसरमा हामी कमरेड माओ त्सेतुङ, चाओ एनलाई, ली साओचि, चु तेह, तेङ स्याओपिङ, चेन यीलगायत अन्य पहिलो पुस्ताका क्रान्तिकारीहरूको सम्झना गरौँ जसले चीनको क्रान्ति, निर्माण र सुधारमा ठूलो योगदान गर्नुभयो, चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, संवद्र्धन र विकासमा काम गर्नुभयो । जनगणतन्त्र स्थापना, रक्षा र विकासको लागि आफ्नो जीवन बहादुरीका साथ बलिदान गर्ने क्रान्तिकारी सहिदहरूप्रति आजको अवसरमा सम्मान व्यक्त गरौँ । सुधार, खुलापन र समाजवादी आधुनिकीकरणमा आफ्नो जीवन समर्पण गर्ने सबैजनाको स्मरण गरौँ । आधुनिक समयमा मानिसको मुक्ति र राष्ट्रिय स्वाधीनताको निम्ति दिलोज्यान दिएर लड्ने सबै महिला र पुरूषको आज यस अवसरमा स्मरण गरौँ । हाम्रो मातृभूमि र हाम्रो राष्ट्रको लागि उनीहरूले गरेका महान् योगदान इतिहासका पानामा अमर रहनेछ । उनीहरूका उच्च भावना चिनियाँ जनताको हृदयमा सदैव बास गर्नेछ ।
यी मानिसहरू महान नायकहरू हुन् जसले इतिहासको रचना गरे । चिकपा केन्द्रीय समितिको तर्फबाट म देशभरका मजदुर, किसान र बुद्धिजीवीहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । अन्य राजनीतिक पार्टी, कुनै पनि पार्टीमा आबद्धता नभएका व्यक्तित्वहरू, जनसङ्गठन र समाजका सबै क्षेत्रका देशभक्त व्यक्तिहरू, जनमुक्ति सेना, जन सशस्त्र प्रहरी बल, सार्वजनिक सुरक्षा प्रहरी र वारूण तथा उद्धार सेवाका सबै सदस्यहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । सबै समाजवादी श्रमिक जनता र संयुक्त मोर्चाका सदस्यहरूलाई पनि सम्मान प्रकट गर्दछु । हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्र र ताइवानका साथै विदेशमा रहेका चिनियाँहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यस्तै चिनियाँ जनताप्रति मैत्रीभाव राख्ने र क्रान्ति, विकास र सुधारमा चीनको उपलब्धिलाई बुझ्ने र समर्थन गर्ने सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
कमरेड र मित्रहरू,
हाम्रो पार्टीको स्थापनाकालका लक्ष्यहरूको व्याख्या गर्न जति सहज छ, ती लक्ष्यहरूमा अडिग भएर बस्नु त्यत्ति नै कठिन कार्य हो । इतिहासको अध्ययनबाट कुनै पनि शक्ति कसरी उदाउँछ र पतन हुन्छ भन्नेबारे हामी बुझ्न सक्छौँ । इतिहासको ऐनामार्फत हामी आफू आज कहाँ छौँ भन्ने कुरा थाहा पाउन सक्छौँ र हाम्रो भविष्य कस्तो छ बुझ्न सक्छौँ । पार्टीको एक सय वर्षको इतिहासलाई फर्केर हेर्दा हामीले विगतमा हामी कसरी सफल भयौँ र यो सफलता भविष्यमा पनि कसरी प्राप्त गर्नसक्छौँ भन्ने कुरा बुझ्न सक्छौँ । त्यसले हामीलाई दृढतापूर्वक काम गर्न र हाम्रा स्थापनाकालीन लक्ष्यप्रति इमानदार रहन अनि हाम्रो नयाँ यात्राको उत्तम भविष्य सुनिश्चित गर्न मद्दत गर्छ ।
उज्ज्वल भविष्य रचना गर्न इतिहासबाट सिक्नको लागि हामीले सचेत प्रयास गर्नुपर्छ । त्यसको निम्ति हामीले निम्न कुरा मनमा राख्न जरूरी छ :
हामीले पार्टीमा दृढ नेतृत्व बनाउनुपर्छ । चीनको सफलताको मूल आधार पार्टी हो । चिनियाँ राष्ट्रको १८० वर्षभन्दा लामो आधुनिक इतिहासमा पार्टीको १०० वर्षको इतिहास र जनगणतन्त्र चीनको ७० वर्षभन्दा लामो इतिहासले चिनियाँ कम्युनिस्ट पार्टीबिना नयाँ चीन र राष्ट्रिय पुनःजागरण सम्भव नभएको प्रशस्त प्रमाण दिएको छ । इतिहास र जनताले पार्टीलाई चुनेका हुन् । पार्टीको नेतृत्व चिनियाँ विशेषतासहितको समाजवादको पारिभाषिक विशेषता हो र यसले यो प्रणालीलाई ठूलो शक्ति प्रदान गरेको छ । पार्टी नेतृत्व पार्टी र देशको आधार र जीवन हो । पार्टी नेतृत्व त्यो मूल तत्व हो जसमा सबै चिनियाँ जनताको हित र भलो निर्भर छ ।
आगामी यात्रामा हामीले पार्टीको समग्र नेतृत्वलाई सर्वोपरि राखेर नेतृत्वको प्रवद्र्धनलाई चालु राख्नुपर्छ । राजनीतिक एकता कायम गर्न, बृहत् ढङ्गले चिन्तन गर्न, मूल नेतृत्वलाई पछ्याउन र पार्टी केन्द्रीय नेतृत्वसँग सम्बन्ध कायम राख्नुपर्ने आवश्यकताप्रति हामी गहनरूपमा सजग हुन जरूरी छ । हामी चिनियाँ विशेषतासहितको समाजवादको पथ, सिद्धान्त, प्रणाली र संस्कृतिप्रति विश्वस्त हुनुपर्छ । पार्टी केन्द्रीय समिति र समग्र पार्टीमा महासचिवको मूल स्थानप्रति प्रतिबद्ध रहनुपर्छ । पार्टी केन्द्रीय समितिको अधिकार र त्यसको केन्द्रिकृत एवम् एकीकृत नेतृत्वप्रति हामी प्रतिबद्ध रहनुपर्छ । देशको मूलभूत हितलाई ध्यानमा राखी हामीले चुस्त, प्रजातान्त्रिक र कानुनमा आधारित शासन चलाउन पार्टीको क्षमता विस्तार गर्नुपर्छ । अनि पार्टीले समग्र नेतृत्व प्रदान गर्न तथा सबै क्षेत्रमा समन्वयको लागि आफ्नै सम्पूर्ण शक्ति लगाउने सुनिश्चित गर्नुपर्छ ।
नेपाली अनुवाद :सुशिला
Leave a Reply