भर्खरै :

जात–भात र नेपाली काङ्ग्रेसको नेतृत्व !

काठमाडौँ उपत्यकामा तीनै जिल्लाको सीडीओको बैठकले लकडाउनलाई फिर्ता लिएको घोषणा ग¥यो । पसलहरू खुले, चिया पसल, भट्टी वा रक्सी र बियरका पसलहरूमा ग्राहकहरू खचाखच भरिए । सवारी साधनमा जोर बिजोर लागु गरियो, काठमाडौँको मुख्य – मुख्य सडक, बजार र मोटर पार्कहरूमा पुनः मान्छे भरिन थाले ।
युवाहरू बढी चिया खाने एक अर्ध–गल्ली बजारको रेष्टुुराँमा चर्काचर्कीको विवाद सुनियो – “जहाँ पाइला – पाइलामा जातीय विभेद छ ।” नयाँ पत्रिका १६ असार २०७८ ।
“अहो साथी ¤ काठमाडौँमा त पाइला – पाइलामा होइन एक एक इञ्च भूमिमा नेवार र नेपाली भाषीहरू अर्थात् नेवारी भाषा र खस भाषाको भेद छ ।” अर्काे युवाले थप्यो ।
तेस्रो युवाले व्याख्या माग्यो, ‘होइन, के दलितहरूको भाषा नेपाली वा खस भाषा होइन ? त्यसैले नेपाली भाषी सबै एउटै जातका हुन्, फरक मालिक, मध्यम वर्ग, कामदार र दासको रूपमा मात्रै भेद हो । हरेक खस भाषा बोल्ने नेपाली शासकहरूकै क्षेत्रभित्र पर्छ ।
चौथो युवकले आपत्ति प्रकट ग¥यो – “अहो, कस्तो कुरा ¤ जो सरकारी जागिर वा नोकरीमा सबै पहाडी वा खस हुन्, देशको माथिल्ला कर्मचारीहरूका ९५ प्रतिशत खस भाषी नै हाकिम छन् । सरकारी कार्यालयको हाकिम भनेपछि त्यो डाक्टर होऊन् वा अन्य कुनै जागिर खाएका होऊन् अर्थात् सरकारको आदेश पालन गर्छन्– ‘जा गिर’ ¤ देशका शासक दलका नेताहरू धेरैजसो ‘खसभाषी’ हुन् । तिनीहरू सबै राजा अरू सबै ‘गणतन्त्रका प्रजा हुन् ।”
अर्काे टेबुलमा एक युवा उठेर ठुलठुलो स्वरले ‘नयाँ पत्रिका’ वाचन गर्न थाल्यो – “‘विरासत’ को समीकरण निधि, कोइराला र सिंहबीच ‘लञ्च मिटिङ’ को शृङ्खला ¤”
गेरु वस्त्रधारी एक पत्रकारले मसिनो स्वरमा भन्यो, “युवा भाइहरू ¤ यो कुनै नौलो कुरा होइन, नेपाली काङ्ग्रेसका नेताहरू सबै भारतीय स्वतन्त्रता आन्दोलनका गान्धी र नेहरूबाट प्रभावित नेताहरू थिए र केही भारतीय समाजवादी डा. लोहिया र जयप्रकाश नारायणहरूबाट प्रभावित छन् । डा. लोहिया जर्मन प्रजातान्त्रिक समाजवादी विचारहरूबाट प्रभावित हुन् – कार्लमाक्र्सबाट होइन ।”
नेतृत्वको नयाँ पुस्ता तयार गर्न एउटा अर्काे पुस्ता लाग्ने हुँदा पुरानै पुस्ताका छोरा नातिलाई अगाडि ल्याउँदा भारतको दक्षिणपन्थी स्वार्थको रक्षा गर्ने निश्चित सम्झेर वंश राजनीतिले नेपाल आफ्नो हातबाट नफुत्कने अनुमान गर्छ ।
तर, पश्चिमी देश संरा अमेरिकाको नेतृत्वमा बेलायत र अन्य युरोपेली देशहरू भारतको ‘विरासत’ होइन पश्चिमी ‘विरासत’ अर्थात् पश्चिमी वंश परम्परा कायम गर्ने पुस्ता खोज्दै छन् – जसको नेतृत्व शेरबहादुर देउवा र कोइराला वंशविरोधी काङ्ग्रेसको नयाँ पुस्ताले गर्नेछ ।
नेपाली काङ्ग्रेसबारे यस्तो वैदेशिक प्रभाव हुँदाहुँदै माधव नेपाल – खनाल समूह तथा प्रचण्ड समूहले एक सशक्त पुँजीवादी प्रजातान्त्रिक दलको निर्माणमा नेका ं माधव नेपाल–खनाल ं प्रचण्डको एक ‘विशाल’ राजनैतिक दलको निर्माण भएमा भारत र पश्चिमी प्रवल प्रजातान्त्रिक शक्तिको तर्फबाट ठुलो भाइचाराको सम्बन्धको सम्भवले स्थायित्व प्राप्तिलाई अस्वीकार गर्न नसकिने अड्कल गर्ने विश्लेषकहरू पनि नभएका होइनन् ।
अमेरिकाको दुईदलीय पुँजीवादी व्यवस्था र बेलायतको वेस्ट मिनिस्टर व्यवस्था (प्रमुख प्रतिपक्ष दलले सत्ता उल्टाउने धर्म) समेत असफल भइरहेको बेला जनवादी गणतन्त्र चीनको प्रमुख दल सँगसँगै सहायक दलहरू सत्तामा आ–आफ्नो हैसियतअनुसार सहभागी हुने सहयोगी र लोककल्याणकारी शैलीमार्फत देश र जनताको सेवा गर्ने राजनैतिक बन्दोबस्तबारे गम्भीर अध्ययन गर्नेतर्फ ध्यान गएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *