भर्खरै :

लेनिका जीवनका पानाहरू– २१ / लेनिनको हत्या प्रयास (३० अगष्ट, १९१८)

जब लेनिन क्रेमलिनमा ल्याइए, तब उहाँले ड्रात्र गिलको सुझावअनुसार स्टेचरमा भित्र जान अस्वीकार गर्नुभयो र गम्भीर घाइते हुँदाहुँदै पनि दोस्रो तलासम्म पैदल जाने आग्रह गर्नुभयो । घाइते लेनिन क्रेमलिन फर्किएको घटनालाई मरिया इल्यीनिच्नाले यसप्रकार बयान गरेकी छन् : “घण्टा बित्यो, दुई घण्टा बिते । म झ्यालछेउ उभिएर चिन्तित हुँदै त्यस कार फर्किने प्रतिक्षा गरिरहेकी थिएँ, जसलाई मैले टाढैबाट ठम्याउन सक्थेँ । अन्ततः त्यो असाधारण रफ्तारमा आइरहेको देखेँ । तर, कुरा के थियो ? ड्रात्र उफ्रिएर बाहिर निस्के र पछाडिको ढोका खोले । यस्तो पहिले कहिल्यै भएको थिएन । केही अन्जान व्यक्तिहरूले लेनिनलाई बाहिर निस्कन मद्दत गरिरहेका थिए । उहाँले ओभरकोट वा कोट केही पनि पहिरिनुभएको थिएन । उहाँ साथीहरूको सहाराले हिँडिरहनुभएको थियो । उहाँमाथि चढ्न लाग्दै गर्दा म फटाफट सिँढी ओर्लेर तल पुगँे । इल्यीच बिल्कुल पहेँलो हुनुभएको थियो । तर, उहाँ दुवैतर्फबाट साथीहरूको सहायताले आफै हिँडिरहनुभएको थियो । हाम्रो पछाडि ड्रात्र गिल थिए । मैले के भयो भनेर सोधेँ, तर दाइले आश्वासन दिदै हातमा मात्र केही घाइते भएको भनी जवाफ दिनुभयो । म ढोका खोल्न र उहाँको ओछ्यान मिलाउन अगाडि दौडिएँ, जहाँ केही मिनेटपछि उहाँलाई सुताइयो ।”
डाक्टर भिनोकुरोभ, बेलीच्किना, भेइसब्रोद, ओबुख र मिंंत्स लेनिनको वरपर जम्मा भए, जसका साथमा पछि डाक्टर रोजानोभ र मामोनोभ पनि मिसिए । उनीहरू प्रत्यक्षतः चिन्तित थिए । रक्तश्राव फोक्सोसम्म फैलिने डर थियो र यस्तो हालतमा तुरुन्त मृत्यु हुनसक्थ्यो । हामी चिन्ता र दुःखको असहनीय यातनामा कोठामा चुपचाप निष्प्रयोजन यताउता गरिरहेका थियौँ । लेनिन जुन कोठामा सुत्नुभएको थियो, त्यसबाहेक त्यहाँ तीनओटा कोठा थिएः भान्सा कोठा, नदेज्दा कोन्स्तान्तिनोभ्नाको सानो अध्यक्ष–कक्ष र मरिया इल्यीनिच्नाको कोठा । नदेज्दा कोन्स्तान्तिनोभ्ना बाहिर जानुभएको थियो । एकजना साथीले अरूलाई चेतावनी दिए कि उहाँलाई यस आघातलाई सहने बनाउन पहिले तयार गर्नुपर्छ । जनकमिसार परिषद्का एकजना सदस्य उहाँलाई लिन गए र छिट्टै लिएर फर्किए । सधैँ जस्तै सङ्कटको घडीमा पनि क्रुप्सकाया शान्त हुनुहुन्थ्यो । उहाँले खतरा कति ठुलो छ भनी सोध्नुभयो ।
लेनिन जोड–जोडले कराइरहनुभएको थियो । उहाँको कोठाको ढोका खुला थियो । कुनै प्रकारको आवाज नहोस् भन्ने भरपुर कोसिस गर्दै हामी भित्र गएर हे¥र्यौँ । असह्य पीडामा पनि लेनिनले सधैँ जस्तै आफ्नो साथीहरूको चिन्तालाई ख्यालमा राखी भन्नुभयोः “कुनै कुरा छैन, मात्र मेरो पाखुरामा पीडा भएको छ ।”
असहनीय व्यथापूर्ण समय बितिरहेको थिएन । लाग्थ्यो समय रोकिएको छ । अन्ततः हामीलाई खतरा टरेको छ भनी बताइयो । हाम्रो मनमा आशा तरङ्गित हुनलाग्यो तर डाक्टरहरूले अबका तीन चार दिनभित्र समस्या उत्पन्न हुनसक्ने र ती दिनहरू बिनासमस्या बितेपछि मात्र कसैले विश्वासपूर्वक उहाँले स्वास्थ्यलाभ गरेको कुरा गर्नसक्छ भनी बताए । सबै साथीहरू एक–एक गरी गए । नजिकका साथीहरूमात्र रातीमा रेखदेख गर्न रोकिए । कोही लेनिनकै घरमा र कोही जनकमिसार परिषद्का कोठामा । लेनिनको घाउबाट नराम्ररी रगत निस्किरहेको थियो । हामीसँग पट्टीको कमी थियो, किनकि त्यस समयसम्म क्रेमलिनमा कुनै प्राथमिक सहायता–केन्द्र थिएन । यसकारण भ्लादीमिर इल्यीचकी एउटी सेक्रेटरीले रातभरि रक्ताम्य पट्टीहरू धोइरहिन् ।
बिस्तारै–बिस्तारै भ्लादीमिर इल्यीच स्वस्थ हुन थाल्नुभयो । डाक्टरहरूलाई घाइते हात अर्को हातभन्दा छोटो हुन्छ कि भन्ने डर थियो । यसकारण हातलाई ठीक दिशामा फैलाउने हेतुले त्यसमा घिर्नी बाँधियो र अर्कोतर्फ कुनै वजन बाँधियो । त्यो कष्टप्रद र अरूचिकर दुवै थियो र भ्लादीमिर इल्यीचले यो भनेर त्यस उपचारमा आपत्ति जनाउनुभयो कि यो बिल्कुल आवश्यक छैन कि उहाँका दुवै हातहरू समानरूपले लामा हुन् र उहाँले एउटा हात अर्कोभन्दा लामो भएमा खुसीसाथ सम्झौता गर्नुहुनेछ । तर, डाक्टरहरूले उचित उपचार जारी राख्न आग्रह गरे ।
स्वस्थ भएपछि पनि धेरै लामो समयसम्म उहाँको हातले ठीकसँग काम गर्दैनथ्यो । उहाँलाई व्यायामहरू गर्न बताइएको थियो । उहाँले हर उपयुक्त अवसरको उपयोग गरी आफ्नो चारित्रिक दृढ निश्चयताका साथ ती व्यायामहरू गर्नुहुन्थ्यो ।
जनकमिसार परिषद्को बैठकहरूमा प्रायः लेनिन आफ्नो घाइते हातलाई पछाडि लगेर उभिनुहुन्थ्यो (बस्दा बस्दा थाकेर उहाँ कहिलेकाहीँ बैठकमा उभिन मन पराउनुहुन्थ्यो) । त्यसरी नाडी तथा औँलाहरूको व्यायाम गरिरहनुहुन्थ्यो । अन्त्यमा उहाँले आफ्नो घायल हातको उपयोग पूर्ण सन्तोषजनक ढङ्गले गर्न थाल्नुभयो ।
३० अगष्टको साँझ अखिल रूसी केन्द्रीय कार्यकारिणी समितिले “सबै मजदुर, किसान र सैनिकका प्रतिनिधिका सोभियतहरू, सबै फौजहरू, सबै, सबै, सबै !” को नाममा अपिल जारी ग¥यो । “केही घण्टा पहिले साथी लेनिनको हत्याको नीचतापूर्ण कोसिस गरिएको थियो” मजदुर वर्गले आफ्नो शक्तिलाई अझै सङ्गठित गरेर क्रान्तिका सबै दुश्मनहरूको विरूद्ध निर्मम सार्वजनिक आतङ्क फैलाएर आफ्ना नेताहरूको हत्या र हत्या प्रयत्नहरूको जवाफ दिनेछन् ।”
त्यसै रात यो अपिल रेडियोद्वारा प्रसारित गरियो । अखिल रूसी केन्द्रीय कार्यकारिणी समितिको एक विज्ञप्तिद्वारा २ सेप्टेम्बरमा सोभियत जनतन्त्रलाई सशस्त्र शिविर घोषित गरियो ।
लेनिनलाई उहाँको बिरामीको दौरानमा मजदुर र किसानहरूका असङ्ख्य तार र पत्रहरू आए । तिनमा बदमास हत्याराहरूप्रति क्रोध र घृणा प्रकट गरिएका थिए । आफ्ना नेताको शीघ्र स्वास्थ्य लाभको कामना साथै कतिपय माग गरिएको थियो ।
छाला कारखाना मजदुर–सङ्घका सदस्यहरूले लेखेका थिए, “हजुर पक्कै जिउनुहुन्छ, यस्तो छ सर्वहाराको इच्छा !” कामदार जनताबाट आएका हजारौँ तार र पत्रहरूका निष्कर्ष प्रस्तुत गर्दै ‘प्राभ्दा’ ले लेखेको थियो :
“लेनिन आफ्नो बिमारीविरूद्ध लडिरहनुभएको छ । उहाँले त्यसमाथि विजय प्राप्त गर्नुहुनेछ ! सर्वहारा वर्ग यही चाहन्छ, यही इच्छा गर्छ र यसरी उसले भाग्यलाई आदेश दिन्छ ।”
कामदार जनताले लडाइँका मोर्चा तथा घरेलु मोर्चामा वीरतापूर्ण कार्य सम्पन्न गरी लेनिनप्रतिको आफ्नो प्रेम जनाउँथे ।
तुला गुबेर्नियामा नोभोसिल्य जिल्लाका पांकोभो गाउँका किसानहरूले लेनिनलाई लेखेः “हामीलाई आनन्दित गर्न र साम्राज्यवादीहरूलाई निमिट्यान्न पार्नका लागि निको हुनुहोस् । हामीले सामाजिक क्रान्ति सम्पन्न गर्ने तपाईँका कार्यभारहरूलाई बुझ्छौँ । क्रान्तिलाई भोकै मर्न नदिने उद्देश्यबाट हामीले कुलकहरूबाट स्टेसनलाई रोटी दिलाएका छौँ र भोलि हामीले ४ हजार पूड जौ पठाउनेछौँ ।”
बिरामी र घाउको कारण असह्य पीडा भए पनि भ्लादीमिर इल्यीचको सारा ध्यान राजनीतिक कार्य तथा देशको स्थितिमा थियो ।
जब उहाँ ६ सेप्टेम्बरमा घाइतेपछि पहिलोचोटि लेख्न सक्ने हुनुभयो, तब उहाँले ओरेल गुबेर्नियाका येलेत्स जिल्लामा अन्नको असन्तोषप्रद लगानीबारे कृषिका जनकमिसार सेरेदालाई कामिरहेको हातद्वारा पेन्सिलले एउटा नोट लेख्नुभयोः “साथी सेरेदा ! तपाईँ भेट्न नआएकोमा दुःख लाग्यो । हजुरले ‘अति–उत्साही डाक्टरहरू’को कुरामा ध्यान दिन हुन्थेन ।
“एलेत्स जिल्लामा राम्रो नतिजा किन आइरहेको छ्रैन ? यसबाट म धेरै चिन्तित छु, राम्रो नतिजा नआएको कुरा त साँचो हो । १९ गाउँहरूबाट, जहाँ गरिब किसानहरूका समितिहरू छन्, एउटा पनि निश्चित उत्तर आएको छैन ।”
“काम एकदम राम्रोसँग चलिरहेको छ भन्ने रिपोर्ट मैले सम्पर्क राख्ने कतैबाट पनि पाएको छैन ।” लेनिनले अगाडि हरेक गाउँमा मसँग (लेनिनसँग) एक–एक जना संवाददाता नियुक्त गर्न निवेदन गरेका थिए ।
लिफाफामा उहाँले स्वयम् आफ्नो हातले लेख्नुभएको थियो : “साथी सेरेदा (कृषि जनकमिसार) (लेनिनद्वारा प्रेषित)”
१७ सेप्टेम्बरमा एलेत्स जिल्लाका सबै गरिब किसानका समितिहरूबाट लेनिनलाई तार आयो । तर, तिनीहरूमा सन्तोषजनक सूचना नभएपछि उहाँले जवाफमा निम्नलिखित गस्ती तार पठाउनुभयो :
“हजुरले आफूलाई साधारण, अस्पष्ट वक्तव्यहरूमा सीमित राख्न सक्नुहुन्न । त्यसले प्रायजसो कामको पूर्ण असफलतामाथि पर्दा हाल्छ । ठीक–ठीक साप्ताहिक आँकडाहरू आवश्यक छ । यस्ता तथ्यहरूबिना सबै कुरा शब्दजाल हुन् । ठीक–ठीक जवाफ पठाउनुहोस् ।”
स्वास्थ्य–लाभ गर्दै गर्दा लेनिनले लडाइँका मोर्चाहरूबाट आउने खबरमा जोशका साथ ध्यान दिनुहुन्थ्यो र लालसेनाका सफलताहरूलाई गहिरो खुसीका साथ उल्लेख गर्नुहुन्थ्यो । त्यस बखतका उहाँका पत्र र तारहरू सोभियत सत्ताको अजयतामा अडिग विश्वास तथा लालफौजको बहादुरीको प्रशंसाबाट ओत–प्रोत छन् । लेनिनले कजानको मुक्तिको सम्बन्धमा ११ सेप्टेम्बरमा लेख्नुभएको थियो : “मैले लालफौजको सानदार जीतलाई उत्साहपूर्वक स्वागत गर्दछु । ”
लालफौजले १२ सेप्टेम्बरमा सिम्बीस्र्क प्रतिक्रान्तिकारीलाई लखेटी स्वतन्त्र बनायो । फौजका योद्धाहरूले निम्नलिखित तार पठाए :“प्रिय भ्लादीमिर इल्यीच ! तपाईँको जन्मनगरमाथिको कब्जा –यो हो तपाईँको एउटा घाउको जवाफ र दोस्रो घाउको जवाफ हुनेछ समारा !”
उत्तरमा लेनिनले लेख्नुभयो– “मेरा जन्मनगर सिम्बीस्र्कमाथिको कब्जा मेरा घाउहरूको लागि सर्वोत्तम उपचार, सर्वोत्तम पट्टी हो । मैले जीवन र शक्तिको असाधारण ज्वार महसुस गरिरहेको छु । मैले लालसेनाका सैनिकहरूलाई उनीहरूको विजयमा बधाई दिन चाहन्छु । सम्पूर्ण कामदार जनताको तर्फबाट उनीहरूको योगदानको लागि धन्यवाद दिन चाहन्छु ।”
लेनिनको जिजीविषा प्रचण्ड थियो । जनताको इच्छामा समर्पित उहाँको जिजीविषाले उहाँको सबल शारीरिक गठनसँग मिलेर बिमारीमाथि विजय प्राप्त ग¥यो । उहाँले छिट्टै स्वास्थ्य लाभ गर्न थाल्नुभयो र जति सक्दो चाडो काममा फर्किनुभयो ।
त्सरीत्सिनको मोर्चाको स्थितिको सम्बन्धमा लेनिनले १५ सेप्टेम्बरमा स्वेर्दलोभ र स्टालिनसँग विचार विमर्श गर्नुभयो । १६ सेप्टेम्बरमा लेनिनले रूसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को केन्द्रीय समितिको बैठकमा भाग लिनुभयो । १७ सेप्टेम्बरमा जनकमिसार परिषद्को अधिवेशनको अध्यक्षता गर्नुभयो र सर्वहारा वर्गीय सांस्कृतिक तथा शैक्षिक सङ्गठनहरूका सम्मेलनका अध्यक्ष मण्डललाई एउटा पत्र लेख्नुभयो । त्यसमा उहाँले यो कुरामा जोड दिनुभयो कि हाम्रा सम्पूर्ण सफलताहरू मजदुरहरूद्वारा आफ्नो सोभियतहरूका माध्यमबाट राज्य–प्रबन्धमाथि गरेको कब्जाको कारणले प्राप्त भएको हो । तर, अझै पनि उनीहरू “राज्य–प्रबन्धको लागि मजदुरहरूलाई अगाडि बढाउने काममा कम सङ्कोचशील छन् ।
“यसको लागि प्रयास गर्नुहोस् साथीहरू !”
अन्तिम डाक्टरी बुलेटिन १८ सेप्टेम्बरमा जारी गरिएको थियो । त्यसमा लेनिन स्वस्थ भएको र उहाँलाई काममा फर्किने अनुमति दिएको भनी लेखिएको थियो । लेनिनले बुलेटिनमा लेख्नुभएको थियो :“यस बुलेटिन र आफू स्वस्थ भएको कुरालाई ध्यानमा राख्दै डाक्टरहरूलाई अब टेलिफोन गरेर अरू प्रश्नहरूद्वारा हैरान नगरियोस् भनी एउटा निजी र अत्यन्त हार्दिक निवेदन गर्न चाहन्छु ।” लेनिनको निवेदनसहित १९ सेप्टेम्बर १९१८ को ‘प्राभ्दा’ मा बुलेटिन प्रकाशित गरियो ।
त्यसै दिन पेत्रोग्रादका ४ सय मजदुरहरूलाई जसले लालफौजका कमान्डरहरूको पहिलो कार्स पास गरेका थिए, बधाई दिदै लेनिनले भन्नुभएको थियो :“रूस र संसारको समाजवादी क्रान्तिको सफलता यस कुरामा निर्भर गर्दछ कि मजदुर कस्तो जोशका साथ राज्य–प्रबन्धमा प्रवेश गर्छन् र कसरी पुँजीपतिहरूको शेखी झार्न लडिरहेका कामदार र पीडितहरूको फौजका कमान सम्हाल्छन् ।
यी दस्तावेजहरूले लेनिनले आफ्नो बिमारीको अवधिमा क्षणभरको लागि पनि कामदार जनतासँग आफ्नो सम्पर्क टुट्न दिनुभएको थिएन भन्ने प्रस्ट हुन्छ ।
तर, त्यो गम्भीर बिमारीपछि उहाँको स्वास्थ्य पूर्णरूपमा ठीक भएन । सेप्टेम्बरको अन्त्यमा उहाँलाई डाक्टरहरूको सल्लाहमा मस्को नजिकैको गाउँमा आराम गर्न जानुप¥यो ।
भ्लादीमिर इल्यीच २४ सेप्टेम्बरमा आफ्ना डाक्टरसँगै गोर्कीका लागि हिँड्नुभयो । डाक्टर भेइसब्रोद एकजना कम्युनिस्ट प्रोफेसर हुनुहुन्थ्यो । उहाँ त्यहाँको उत्तरी खण्डमा तीन हप्ता बस्नुभयो । केही समयका लागि आफ्ना दैनिक कामको तनावबाट मुक्त भएर लेनिनले आफूलाई सैद्धान्तिक कार्यमा लगाउनुभयो । उहाँले आफ्नो अमर कृति ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ लेख्नुभयो । यसले माक्र्सवाद–लेनिनवादको मूल्यवान निधि (कोष) मा वृद्धि ग¥यो ।
प्रस्तुति– आररम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *