भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, १९ असार (सिन्ह्वा) । कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरूलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरसविरुद्धको एउटामात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।
सो अध्ययनले एक डोजमात्र खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरूलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो । भारतीय सरकारको निकट रहेको एक थिङ्क ट्याङ्क संस्था एनआइटिआइले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले आज नयाँ दिल्लीमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ कि कोरोनाविरुद्धको खोपले कोरोना लाग्न नदिनभन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारीरूपमा काम गर्ने देखिएको छ । उहाँले सो अध्ययन पञ्जावको प्रहरीमा गरिएको जानकारी दिनुभएको थियो । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरूमा सो अनुसन्धान गरिएको थियो ।
त्यस्तै त्यहाँका प्रहरी जसले एक डोजमात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरूमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।
Leave a Reply