भर्खरै :

जिल्ला बचत सङ्घको भवनको उद्घाटन

भक्तपुर, १९ असार । ९९ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को नवनिर्मित भवनको उद्घाटन शनिबार भयो ।
कार्यक्रममा बाग्मती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार विक्रम पाण्डेले सङ्घले आफ्नै भवन निर्माण गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, Fभवन निर्माणले सङ्घको दीगो विकासको लागि टेवा पुग्नेछ । सहकारी सङ्घ–संस्था स्वनियममा सञ्चालन हुने भएकोले सङ्घले आबद्ध सदस्यलाई अनुगमनमा जोड दिनुपर्छ ।”
अर्का अतिथि कैलाशभक्त प्रधानाङ्गले भवन निर्माण गरी सङ्घले आफ्नो क्षमता प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै नगरस्तरीय सङ्घहरू गठनप्रति चिन्ता व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष एवम् कार्यक्रमका सभापति कृष्णगोविन्द लाखाजुले भवनले दीगो सहकारी विकासका लागि सङ्घ भन्ने परिकल्पनालाई टेवा पु¥याउनेछ भन्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सङ्घले जिल्लाका सक्रिय समुदायमा आधारित सहकारी संस्था सबैलाई आबद्ध गर्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका संस्थापक अध्यक्ष राजेन्द्र दुमरूले स्थापनाकालदेखि नै सङ्घको स्पष्ट उद्देश्य भएको र आत्मनिर्भरतालाई जोड दिएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि बल्ल, सञ्चालक काजीबहादुर पञ्च र सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *