भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
मनाङ, १९ असार । नार्पाभूमि गाउँपालिकास्थित मस्र्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिँदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ ।
असार महिनाको सुरूआतदेखि परेको अविरल वर्षाको कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, Fअसार महिनाको सुरूआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो, जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवागमन हुँदैन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले मस्र्याङ्दीको बाढीले नार्पा जोड्ने एकमात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ ।”
बाढीपहिरोका कारण नार्पाभूमिका चार पुलमध्ये तीन बाढीले बगाइसकेको छ । नार्पा जोड्ने मुख्य पुल पनि अहिले भासिएर हिँड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरूले जनाएका छन् । यहाँका सबै बाटोघाटो र पुलहरू बगाएपछि अहिले खाद्यान्न ढुवानी गर्न रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मर फुन्चो लामाले उक्त स्थानमा खाद्यान्न ढुवानी गर्दा दुर्घटनाको सम्भावना रहेकोले आवागमनमा रोक लगाइएको जानकारी दिनुभयो । यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन् । जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पु¥याएको जनाइएको छ । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ । रासस
Leave a Reply