नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
फेरि आयो अमेरिका ¤ अमेरिकी वाणिज्य मन्त्रालयले जून २३ तारिख तथाकथित मानवअधिकारलाई उल्लङ्घन गरेको निहुँमा सिन्च्याङका ५ वटा निकायलाई निकाय प्रतिबन्ध सूचिमा राखेको छ र सिन्च्याङको बदनाम गर्न तथा प्रतिबन्ध लगाउन तीव्रता देखाएको छ । बेलायती फाइन्यान्स टाइम्सले २४ तारिख एक लेख प्रकाशित गरी यो नै बाइडेन सरकारले सिन्च्याङको विषय लिएर चीनमाथि दबाब लगाउन खोजेको पछिल्लो प्रयास भएको उल्लेख पनि गरेको छ ।
अमेरिकी सरकारले सार्वजनिकरूपमा नै चीनलाई रणनीतिक शत्रुको रूपमा राखिसकेको छ । त्यसैले अमेरिकाले कुनै पनि नैतिक उपाय लिएर कुनै पनि तहबाट चीनमाथि प्रहार गर्नेछ । सिनच्याङ नै दक्षिण एसिया, मध्य एसिया, मध्य पूर्व, रूस र युरोप पुग्ने चीनको ढोका हो । अमेरिकी राजनीतिज्ञले सिन्च्याङको रणनीतिक स्थानमा निकै ध्यान दिएका छन् र त्यसलाई एसिया हबको रूप ठानेका छन् । लामो समययता अमेरिका सिन्च्याङको आर्थिक तथा राजनीतिक स्थिरतालाई गोप्यरूपमा बिगार्न चाहिरहेको छ । त्यसैले तथाकथित सिन्च्याङ मानवअधिकार र तिब्बत, हङकङ, थाइवान, दक्षिणी चीन सागरलगायत विषय अमेरिकाले चीनलाई प्रहार गर्ने राजनीतिक माध्यम हुन् ।
सन् २०१७ मा अमेरिकी काङ्ग्रेसले ‘प्रतिबन्ध ऐनको माध्यमद्वारा अमेरिकी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा’ कानुन पारित गरेको थियो । तीमध्ये २३१ बुँदाले प्रजग कोरियाले उत्पादन वा निर्माण गरेको वस्तु जबरजस्ती श्रममार्फत भएको भन्ने कुरा निश्चित गरेको थियो । त्यसैले सन् १९३० कर कानुनको बुँदा ३०७ का अनुसार अमेरिकामा आयात निषेध हुनुपर्छ ।
तर चीनमाथि यी उपायहरू लगाउन सकिँदैन । अमेरिकाले चिनियाँ वस्तुलाई पूर्णरूपमा निषेध गर्न सकेन । त्यसैले सिन्च्याङबाट प्रयास गरिरहेको छ । सन् २०२० को सेप्टेम्बर अमेरिकी सरकारले जबरजस्ती श्रमको निहुँमा सिन्च्याङका केही कपास, लुगालगायत वस्तुको आयात गर्न निषेध गर्न घोषणा गरेको थियो । त्यसपछिको नोभेम्बर ३० तारिख अमेरिकाले सिन्च्याङ उत्पादन तथा निर्माण सैन्य समूह र सम्बद्ध उद्योगले उत्पादन गरेका सबै कपासको आयात निषेध गर्ने घोषणा गरेको थियो । गत जनवरीमा अमेरिकाले सिन्च्याङका सबै कपास, गोलभेँडा तथा सम्बद्ध सबै उत्पादित वस्तुको आयात गर्न निषेध गर्ने घोषणा गरेको थियो । साथै अमेरिकाले जरिवाना र जवाफदेहीलगायतका उपायमार्फत अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीलाई सिन्च्याङबाट हटाउन दबाब दिएको छ ।
अमेरिकाको साँचिकैको लक्ष्यबारे विश्वले स्पष्टरूपमा थाहा पाएको छ । हाल इटाली राजनीति, समाज र अर्थतन्त्र प्रतिष्ठान, इटाली अन्तर्राष्ट्रिय कूटनीतिक प्रतिष्ठान र इटाली युरेसियन भूमध्य अनुसन्धान केन्द्रले मिलेर ‘सिन्च्याङः जटिलता बुझाइ, शान्तिको रचना’ शीर्षक अनुसन्धान प्रतिवेदनको सार्वजनिक गरेको छ । प्रतिवेदन तयार पार्नुभएको इटाली अन्तर्राष्ट्रिय सम्बन्ध विद्वान फाबियो मासिमो पालान्दीले भन्नुभयो कि सिन्च्याङमा युगुर जातिलगायत अल्पसङ्ख्यक जातिसँग पर्याप्त धार्मिक विश्वास स्वतन्त्रता छ । कुनै पनि तथाकथित जबरजस्ती श्रम र जातीय नरसंहारको स्थिति देखेको छैन ।
युगुर जातिको उखान छ कि ब्वाँसो कराए पनि ऊँट हिँडिरहन्छ । सिन्च्याङका विभिन्न जातिका जनताले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा एकताबद्ध, मेलमिलाप, सुखमय जीवन, रोजगार पाएका छन् । जुन सिन्च्याङमाथि अमेरिकालगायत पश्चिमाले गरेको बदनाममाथिको सबैभन्दा बलियो जवाफी प्रहार हो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभए झैँ सिनच्याङको विकासको तथ्यबाट सिनच्याङमाथि केही मुलुकले बनाएको झूट स्वयं विफल हुनेछ ।
सीआरआई
Leave a Reply