भर्खरै :

मुख्यमन्त्री पौडेल र सांसद गोसाई भेट

हेटौडा, २० असार । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईबीच आइतबार भेटघाट भयो । मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री पौडेलले गणतन्त्र आए पनि चेतनाको स्तर विकास हुन नसकेको स्वीकार्दै विकासको परिभाषा नै गलत ढङ्गमा गरिएको बताउनुभयो । उहाँले सडक निर्माण तथा कालोपत्र भनेको विकासको एउटा पाटोमात्र भएको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि तथा उत्पादनमा वृद्धि आवश्यक भएकोतर्फ आपूm सकारात्मक रहेको प्रस्ट पार्नुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको चौथो बजेटमा अभैm कमीकमजोरी रहेको र ससाना आयोजना समेट्न बाध्य भएको प्रस्ट पार्नुभयो । उहाँले संसदीय व्यवस्थाका कमीकमजोरीहरू उदाङ्गो बन्दै गइरहेको र विरोधका लागि विरोधको गलत परम्पराका कारण जनताले अपेक्षा गरेअनुरूप विकासका कार्य हुन नसकेको धारणा राख्नुभयो ।
प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रदेश सभामा पनि नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आइरहेको स्मरण गराउनुभयो । नेमकिपाले प्रदेश सरकारलाई रचनात्मक सुझाव दिँदै जनताको पक्षमा सङ्घर्ष गर्दै आइरहेको र त्यसमा सदा अडिग रहने दोहो¥याउनुभयो । उहाँले प्रदेश सरकारले सार्वजनिक शिक्षाको विकासमा मूर्त कार्य गर्न ढिलो भइसकेको बताउँदै सर्वसाधारणका छोराछोरी कोभिडपछि शिक्षाबाट वञ्चित भइरहेको प्रस्ट पार्नुभयो । प्रदेशअन्तर्गत र स्थानीय पालिकाद्वारा सञ्चालित अस्पतालहरूको भौतिक तथा जनशक्तिको उपलब्धताबारे प्रदेश सरकारको यथोचित ध्यान जानुपर्ने धारणा उहाँले राख्नुभयो ।
शिक्षा तथा स्वास्थ्य विषयमा उठेका विषयप्रति आपूm सकारात्मक भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
शनिबार स्थगित भएको बाग्मती प्रदेश सभाको बैठक आइतबार पनि हुनसकेन । माओवादी र काङ्ग्रेसले गरेको अवरोध नहटेपछि दिउँसो तीन बजे बोलाइएको बैठक सोमबार एक बजे बस्ने गरी स्थगित गरिएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *