हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
गएको बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिक समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले भन्नुभएको थियो, “भविष्य युवाहरूको हो र हाम्रो आशा पनि युवाहरूमै छ ।” उहाँको यस्तो अभिव्यक्तिपछि चीनका युवाहरूमा देशभक्ति भावना र चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध हुने चाहना अझ बढेको छ ।
चीनभरिका युवाहरू आज चिच्याइरहेका छन् र ठुलठुला अक्षरमा लेख्दै छन्, “ढुक्क बन ¤ मेरो प्रिय पार्टी, हाम्रो देशमा हामीजस्ता युवाहरू छौँ ।” शतवार्षिक समारोहमा गौरवसाथ सहभागी चिनियाँ कम्युनिस्ट युवा लिग र युवा पायोनियरका सदस्यहरूको उपस्थितिले पार्टीको लक्ष्यप्रति उनीहरूको प्रतिबद्धता प्रस्ट थियो ।
सीको उत्साहप्रद र शक्तिशाली भाषण सुनेर भावउद्वेलित भई ताली बजाउने र हर्षाश्रु झार्ने युवाहरूले सामाजिक सञ्जालका भित्तामा चिकपा र आफ्नो देशको भविष्यप्रति आफ्नो सर्वप्रियतम शुभकामना पोखेका थिए । उनीहरूले त्यहाँ चिकपाको सदस्य बनेर गौरवान्वित बन्ने चाहना पनि व्यक्त गरे ।
चिकपाको १०० औँ स्थापना दिवसको दिन बिहीबार चीनमा ट्वीटरजस्तो सामाजिक सञ्जाल ‘साइना वेइपो’ मा ५० वटा सामयिक शीर्षकमा चर्चा र छलफल चलाएका थिए । सामाजिक सञ्जालमा भएको चर्काचर्की बहस ढिला रातिसम्म चलेको थियो । तीमध्ये कतिपय शीर्षक त शुक्रबार पनि चर्चाको शिखरमा थिए ।
“अब मेरो जीवनको बाटो प्रस्ट भयो । म अब अरूको जीवनको बाटोमा बत्ती बन्न चाहन्छु”, वेइपोमा लेखिएको यो कमेन्टमा दसौँ हजार अरू प्रयोगकर्ताहरूले लाइक गरेका थिए ।
खासमा युवाहरूलाई जीवनको बाटो देखाउने को हो ? युवाहरूले कसबाट ज्वाला हस्तान्तरण गरेर लिन चाहेका हुन् ? पार्टीमा सामेल हुन उनीहरूलाई कसले अभिप्रेरित ग¥यो ? आजका चिनियाँ युवाहरूको हृदयको झलक हामीले पूर्वी चीनको आनहुई प्रान्तको हेफेईका सडकमा देखिएका केही सङ्केतबाट छनक पाउन सक्छौँ ।
चिकपाका संस्थापक नेतामध्येका चेन तुस्युका छोराहरू युवा क्रान्तिकारी सहिद चेन यननियान र चेन छिओनियानप्रति सम्मान गर्न हेफेई सहरको यानछिओ सडकमा पुष्पगुच्छा, पत्रिका, युवा क्रान्तिकारीका मनपर्ने खाजा, राष्ट्रिय झन्डा, शुभकामना पत्र, चिकपाको चिह्न भएका तक्मा लिएर मानिसको भीड लागेको थियो । आमाहरू आफ्ना स–साना नानीबाबुहरूलाई लिएर त्यहाँ पुगेका थिए । नानीबाबुहरूले घाँटीमा रातो रुमाल बाँधेका थिए । स्थापना दिवसको अघिल्लो दिनबाट नै मानिसहरू आएर चेन दाजुभाइहरूप्रति सम्मान अर्पण गर्न थालेका थिए ।
शुक्रबार वेइपोमा व्यापक पोस्ट गरिएका तस्वीर र भिडियोले १०० औँ स्थापना दिवसको दिन जुलाई १ को मध्यरातसम्म त्यो सडकमा सम्मान अर्पण गर्ने मानिसको भीड लागेको देखिन्थ्यो । त्यहाँ अर्पण गरिएको एउटा शुभकामना सन्देश पत्रमा लेखिएको थियो– ‘यो समृद्धिको युग तिम्रो सपना हो ।’, ‘कठिन समयमा सत्य खोज्नु, कालरात्रिमा प्रकाश खोज्नु ।’ यी शब्दले धेरैका आँखा रसाएका थिए । ‘यानछिओ सडक छोटो छ । यो छोटो सडकको पुच्छारमा भने समृद्धिको बाटो छ । समृद्धिको यो छोटो बाटो छिचोल्न चिनियाँ जनतालाई कठिन सङ्घर्षको एक सय वर्ष लाग्यो । यो समृद्धिको युगका सबै दृश्य हेर्न हामी तपाईँका नेत्र बन्नेछौँ”, अर्को एउटा शुभकामना सन्देश पत्रमा लेखिएको छ । चेन दाजुभाइलाई सन् १९२० को दशकमा २९ र २६ वर्षको युवा उमेरमा शत्रुले हत्या गरेको थियो ।
“बितेका एक सय वर्षमा तपाईँहरूले आफ्नो जीवन दिएर चीन र चिनियाँ जनताको लागि उज्यालो पथ निर्माण गर्नुभयो । अर्को एक सय वर्षमा यो जिम्मेवारी बोकेर राष्ट्रिय पुनःजागरणको दौडलाई हामीले निरन्तरता दिनेछौँ”, सडकमा देखिएको भीडको श्रव्यदृश्य पोस्ट गर्दै एक जना नेटिजनले टिप्पणी गरेका छन् ।

चेन दाजुभाइकै उमेरका चिनियाँ युवाहरूले उनीहरूको कडा मिहिनेती भावना, अदम्य आस्था, निःस्वार्थ भाव, निर्भयता र अनुकरणीय समर्पणप्रति सम्मान व्यक्त गरे । आफ्नो जीवन अर्थपूर्ण बनाउन, चिकपाको लक्ष्यमा योगदान गर्न र चीनको विकास गर्न आजका युवाहरूलाई प्रोत्साहित गर्न अनि उनीहरूको रगतमा क्रान्तिकारीहरूको सपना प्रवाह गर्ने सङ्कल्प आजका चिनियाँ युवाहरूले गरे ।
अदम्य आस्था
चेन दाजुभाइको गृहनगरमा उनीहरूको सम्मानमा सडकमा विभिन्न सजावट गर्नुका साथै धेरै युवाहरू साङ्घाईमा रहेको लोङह्वा क्रान्तिकारी सहिदहरूको चिहानमा पुगेर पनि श्रद्धाञ्जली अर्पण गरे । सन् १९२१ मा स्थापना भएको चिकपाको इतिहासबारे बनाइएको ‘जागरण युग’ शीर्षकको टेलिशृङ्खला प्रसारण भएपछि यो वर्ष सहिदप्रति सम्मान व्यक्त गर्न धेरै मानिसको ओइरो सहिद स्मारकहरूमा देखियो ।
सहिद स्मारकमा जाने अधिकांश युवाहरू थिए । उनीहरूले सहिदको चिहानअघि उभिएर पुष्पाञ्जली गरे, अनि आफूले ल्याएका उपहार र शुभकामना सन्देश पनि त्यहाँ अर्पण गरे ।
२४ वर्षका यु स्युरोङ साङ्घाईको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनले सहिदको चिहानमा सेतो खादा अर्पण गरेर युवा नायकहरूप्रति शिर निहुराएर सम्मान व्यक्त गरिन् । “‘जागरण युग’ टेलिशृङ्खलामा यी नायकहरूका कथा थाहा पाएपछि म उहाँहरूप्रति सम्मान व्यक्त गर्न यहाँ आएकी हुँ”, उनले भनिन् । आत्मसमर्पण गर्नुभन्दा जीवन बलिदान गर्न तयार हुने चेन दाजुभाइको चाहनाबाट आफू प्रभावित भएको उनले बताइन् । “उहाँहरूलाई शत्रुले निर्मम तरिकाबाट हत्या ग¥यो । तर, पनि पार्टीका गोप्य कुरा शत्रुलाई भन्नुभएन”, उनले भनिन् ।
“हामी बीस वर्ष उमेर समूहका युवाहरूले उच्च भावना र जोशका साथ ठुलो शक्ति बनाउन सक्छौँ र हाम्रो मातृभूमिको विकासको निम्ति योगदान गर्नसक्छौँ भन्ने कुरा उहाँहरूले सिकाउनुभएको छ”, युले भनिन् ।
चेन दाजुभाइको बलिदानबाट प्रभावित भएर युले चिकपाको सदस्य बन्नको निम्ति आफूले आवेदन दिइसकेको र जनताको सेवाको लागि आफ्नो क्षमता प्रदर्शन गर्न आतुर रहेको बताइन् ।
उत्तरपूर्वी हेलोङच्याङ प्रान्तका २८ वर्षका सु चिहेले पनि ४ हजार अक्षरको एउटा पत्र लेखेर पार्टी सदस्यताको निम्ति आवेदन दिएका छन् । पार्टीको १०० औँ स्थापना दिवसको एक दिनअघि आफ्ना दुई जना सहपाठीहरूसँगै उनले पनि पार्टी सदस्यताको लागि आवेदन दिएका हुन् ।
विभिन्न जातिको बसोबास भएको रुससँग जोडिएको चिनियाँ सहरमा जन्मेका सुको शरीरमा चीन, दक्षिण कोरिया, जर्जिया र मङ्गोलियाको रगत बहेको छ । “जनवादी गणतन्त्र चीनको स्थापनायता चिकपाले सबै जातिबीच समानतालाई जोड दिँदै आएको छ । जर्मनीमा केही मानिसले अर्को जातिलाई विभेद र हेलाहोचो गर्ने गरेको देखेपछि चीनमा सबै जातिलाई दिइने सम्मानभावबाट म प्रभावित भएँ । चीनमा जातीय समानता कुनै नारामात्र होइन । मेरो गृहनगरमा कहिल्यै पनि संस्कृति र भाषाको नाममा एकअर्कालाई हमला भएको घटना घटेको छैन”, सुले भने ।
सन् १९४९ अघिको कठिनाइका दिनमा चीनको शान्ति र समृद्धिको लागि आफ्नो जीवन बलिदान गर्ने असङ्ख्य युवाहरूमध्ये चेन दाजुभाइ दुई जना उदाहरणमात्र हुन् । जीवन बलिदान गर्नेमा कति त बालबालिका पनि थिए । ‘सानो गान्ठेमुला टाउको’ उपनामले चिनिएका चीनका कान्छा सहिद सोङ चेनचोङ मात्र आठ महिनाको हुँदा गिरफ्तारीमा परेका थिए । उनलाई आमाबुबासँग गिरफ्तार गरिएको थियो । आठ वर्षको उमेरमा उनको हत्या भएको थियो । वाङ इस्र्याओले १३ वर्षको उमेरमा सन् १९४२ मा जीवन बलिदान गरेका थिए । जापानी हमलाकारीहरूबाट आफ्नो गाउँका गाउँले र कम्युनिस्टहरूको रक्षा गर्न उनले आफ्नो जीवन बलिदान गरेका थिए । ल्यु हुलानले पन्ध्र वर्षको उमेरमा शहादत्त प्राप्त गरेकी थिइन् ।
ल्यु हुलानको जन्म उत्तरी चीनको शान्सी प्रान्तमा भएको थियो । शान्सीको वेनशुईमा ल्यु हुलानको स्मृतिमा स्मृति भवन स्थापना गरिएको छ । त्यहाँ आयोजित एक समारोहमा सहभागी ल्यु हुलानका भाइ (अहिले ६७ वर्ष) ले भने, “दिदीले शत्रुको सामना गर्न देखाएको बहादुरले जीवनका अनेकन कठिनाइ सामना गर्न मलाई प्रोत्साहित गरिरह्यो । विद्यालय पढ्दा, सैनिक सेवा गर्दा र सरकारी कर्मचारी हुँदा पनि उनको प्रेरणाले ठुलो मद्दत ग¥यो ।”
“म मृत्युदेखि डराउने भए म कम्युनिस्ट पार्टीको सदस्य बन्दिनथेँ”, सन् १९४७ मा छ जना कमरेडहरूको टाउको शत्रुले गिँडेको देखेपछि फाँसीको तख्तामा चढ्दै गर्दा १५ वर्षकी ल्यु हुलानले भनेकी थिइन् । उनीलगायत कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूलाई कोमिन्ताङ सेना र जमिनदारहरूले गिरफ्तार गरेका थिए ।
“युवा ल्यु हुलानको साहसभन्दा ठुलो कुरा पार्टीप्रति उनको आस्थाको शक्ति थियो । उनको हत्या पछि धेरै कम्युनिस्टहरूले उनको रगतले भिजेको माटो हातमा लिएर उनलाई सधैँ सम्झने र उनको आस्थालाई अघि बढाउने वाचा गरेका थिए”, वेनशुई काउन्टीको चिकपा इतिहास अध्ययन कार्यालयका निर्देशक वेइ चियाङमिङले भने ।
ल्यु हुलानका भाइले लामो समयसम्म आफूले ल्यु हुलानको रगतले भिजेको तकियालाई जोगाएर राखेको बताए । पछि ल्यु हुलानको नाममा स्मृति भवन बनेपछि त्यो तकिया त्यहाँ सुरक्षित राख्न हस्तान्तरण गरिएको थियो ।
“मेरा आमाबुबा जीवित हुञ्जेल देशका विभिन्न क्षेत्रबाट पत्रहरूको ओइरो लाग्थ्यो । विद्यार्थीहरूले मेरी दिदीबाट प्रभावित भएर देशको सेवामा लाग्ने प्रेरणा प्राप्त गरेको लेखिपठाउने गर्छन् । मजदुरहरू दिदीकै प्रेरणाले कडा मिहिनेत गर्ने गरेको भनी लेख्छन् । सिपाहींहरू पनि ल्युकै प्रेरणाबाट मातृभूमिको लागि जीवन बलिदान गर्न साहस जम्मा गर्ने गरेको भनी लेख्छन्”, उनले भने ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply