तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २३ असार । नेपाल क्रान्तिकारी मजदुर सङ्घ, काठमाडाँै जिल्ला समितिको आयोजनामा मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरमा प्रवचन कार्यक्रम जुमएपमार्फत सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं मजदुर सङ्घका अध्यक्ष राजेन्द्र चवालले भोको पेटदेखि समृद्धिसम्मको एक शताब्दीको कठिन यात्रामा चीनले सफलता प्राप्त गरेको प्रस्ट पार्नुभयो ।
चीनमा यसै वर्षदेखि गरिबी निवारण भएको र अबको सय वर्षमा समृद्धि चीन बनाउन लक्ष्यका साथ चीन अगाडि बढिरहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
उहाँले माक्र्सवादी सिद्धान्त अँगाली चिनियाँ विशेषतासहितको समाजवाद स्थापना गर्न चीन सफल भएको बताउनुभयो । शतवार्षिकी कार्यक्रमले विश्वमै समाजवादी आन्दोलनमा प्रेरणा र उत्साह मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले माक्र्सवादी सिद्धान्त र विचारअनुसार समाजवादी समाज अगाडि बढाउन चीनको ठुलो योगदान रहेको बताउनुभयो । उहाँले माक्र्सवाद पुरानो भयो भन्ने पुँजीवादी र नक्कली कम्युनिस्टहरूको लागि चीनको सफलता एक ठूलो झापड हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष धर्मसेन महर्जनको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौँ जिल्ला समितिका रामचन्द्र महर्जन, मदन श्रेष्ठ, हरिशरण श्रेष्ठ, मजदुर सङ्घका बुद्धि महर्जन, मुना तामाङ, मुना बासुकलालगायतले बोल्नुभएको थियो ।
Leave a Reply