भर्खरै :

हैटीका राष्ट्रपतिको घरमै हत्या

पोर्ट–औ–प्रिन्स, ७ जुलाई (टेलिसुर) । हैटीका राष्ट्रपति जोभेनल मोइसको आफ्नै आवासमा हत्या भएको छ ।
राष्ट्रपति मोइसको बुधबार आफ्नै घरमा हत्या भएको हैटीका अन्तरिम प्रधानमन्त्रीको क्लाउडे जोसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । उनले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रूपमा जिम्मेवार सम्हालेका थिए ।
स्थानीय समयअनुसार मध्यरात एक बजे स्पेनिस र अङ्गेजी बोल्ने अपरिचित एक हतियारधारी समूहले पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा आक्रमण गरेको बताइएको छ । आक्रमणमा मोइसका श्रीमती प्रथम महिला पनि घाइते भएको विवरणमा जनाइएको छ ।
आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हालेका थिए । भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गरिरहेका थिए ।
यसै वर्ष केही अघि राजधानी र देशका अन्य सहरहरूमा मानिसहरूले उनको राजीनामाको माग गर्दै विरोध प्रदर्शनहरू गरेका थिए ।
हैटीको राजनीतिक विपक्षीको भनाइमा राष्ट्रपति मोइजको पाँचवर्षे कार्यकाल ७ फेबु्रअरी २०२१ मा नै समाप्त भइसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मितिदेखि ठिक पाँच वर्ष पुगेको दिन हो । तर मोइजले आफूले सोही मितिदेखि नै सत्तारोहण नगरेकाले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *