भर्खरै :

दक्षिण कोरियामा चौथो ‘वेभ’

सोल, ८ जुलाई (सिन्ह्वा) । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमित एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका छन् ।
प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरू यति धेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना सङ्क्रमित पाइएका छन् ।
योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको सङ्ख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरूको सङ्ख्या बढ्दो देखिएको छ ।
बुधबार मात्र पनि यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । यहाँ बिहीबार देखिएको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीहरूले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले यहाँ कोभिडको चौथो वेभ सुरु भएको बताएका छन् ।
दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यो सङ्ख्यामा वृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरू पाइएको समाचारमा जनाइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरूले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको सङ्ख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।
यो तथ्याङ्क आएपछि यहाँका स्वास्थ्य अधिकारीहरूले दक्षिण कोरिया औपचारिकरूपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् ।
बिहीबार देखिएका यी सङ्क्रमितहरूमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै सङ्ख्यामा सङ्क्रमितहरू देखिँदा देश कोरोना महामारीको अर्काे वेभमा प्रवेश गरेको बताइएको हो ।
यहाँ कोरानाविरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *