भर्खरै :

किसान सङ्घद्वारा चिकपाको १०० वर्षको अवसरमा अन्तरक्रिया

काठमाडौँ, २४ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ, काठमाडाँै जिल्ला समितिको आयोजनामा मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरमा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले चिकपाको शतवार्षिकीमा गरिबी निवारण भएको र अबको सय वर्षमा समृद्धि चीन बनाउने लक्ष्यका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनमा विकास अगाडि बढ्नुको कारण माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको सिद्धान्त अँगाल्नु हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द दुवालले चिनियाँ कम्युनिस्ट पार्टीले आप्mनो देशमा माक्र्सवादी दर्शनलाई सही प्रयोग गरेको शिक्षा हामी सबैले लिनुपर्ने बताउनुभयो । चीनको प्रगतिको श्रेय माक्र्सवादलाई जान्छ, उहाँले भन्नुभयो ।
उहाँले असार १९ र साउन २ गतेको भ्रष्टाचारविरोधी सङ्घर्षको स्मरण गर्दै भक्तपुरका जनताले भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्ध २०२५÷२०२६ सालमै सङ्घर्ष गरी कारबाही गरेको बताउनुभयो ।
किसानहरूको बचत रकम हिनामिना गरी किसानहरूलाई समयमै मल व्यवस्था नगर्ने, बीउबिजनको व्यवस्था नगर्ने, आवश्यक औजार साधन व्यवस्था नगर्ने नवदुर्गा सहकारीका पदाधिकारीहरूलाई कारबाही गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष वीरबहादुर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा जिल्ला उपाध्यक्ष राजवीर डंगोल, रामचन्द्र महर्जन, काशिलाल श्रेष्ठ, रमेश डंगोल, मुना तामाङ, मुना बासुकला र कुलनारायण डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *