भर्खरै :

किम इल सङ साम्राज्यवादविरोधी र दूरदर्शी नेता

विश्वका साम्राज्यवादी, प्रतिक्रियावादी र पुँजीवादीहरू ‘माक्र्सवाद पुरानो भयो’, ‘समाजवाद असफल भयो’ भनी झूटको खेती गरिरहेको बेला प्रजातान्त्रिक जन गणतन्त्रका नेता एवं राष्ट्रपति किम इल सङले २० अप्रिल १९९२ मा प्योङयाङ घोषणापत्र जारी गरेर साम्राज्यवादविरोधी साझा मोर्चा बनाएका थिए । विश्वका विभिन्न कम्युनिस्ट पार्टी, मजदुर पार्टी, समाजवादी , प्रगतिशील र प्रजातन्त्रवादी पार्टीका अध्यक्ष, सभापति तथा प्रतिनिधिहरूको प्रजग कोरियाको प्योङयाङमा भेला गर्ने काम नेता किम इल सङले गरेका थिए । त्यो भेलाले प्योङयाङ घोषणापत्र जारी गरेको थियो । यसले विश्वका कम्युनिस्ट, समाजवादप्रति आस्था र विश्वास राख्ने दल, जनता र देशको मनोबल उठाउनेमा ठुलो टेवा पु¥यायो । सन् १९५० देखि १९५३ को अमेरिकी साम्राज्यवादविरोधी यद्धमा कोरियाली जनताका राष्ट्रपति किम इल सङले समाजवादी निर्माणको साथसाथै कोरिया पुनःएकीकरण अभियान, साम्राज्यवादीहरूको नाकाबन्दी र युद्धको धम्कीविरुद्ध अलिकति पनि विचलित नभई सङ्घर्षमा होमेका थिए ।
जापानी साम्राज्यवादविरोधी आन्दोलनको परिवेशमा जीवन बिताएका राष्ट्रपति किम इल सङले १७ अक्टोबर १९२६ मा ‘जापानविरोधी सङ्घ’ गठन गरे । देशमा समाजवादी आन्दोलन अघि बढाउन र साम्राज्यवादविरोधी आन्दोलनलाई उचाइमा पु¥याउन अरु सहयोद्धा तथा क्रान्तिकारी नेताहरूसँग मिलेर १९२७ मा कोरियाली युवा कम्युनिस्ट सङ्घ, १९३० मा ‘पहिलो पार्टी सङ्गठन’, १९३२ मा कोरियाली जनक्रान्तिकारी सेना र १९३६ मा पितभूमि पुनःस्थापना सङ्घ स्थापना गरे । यी सबै सङ्घ–सङ्गठनमा उनले नेतृत्व गरे र जनतामा आधारित जुछे विचारधारा प्रतिपादन गरे ।
राष्ट्रपति किम इल सङ कोरा सिद्धान्तवादी प्रवृत्तिविरोधी थिए । सिद्धान्त र विचारलाई व्यवहारमा लानुपर्ने उनको विचार थियो । मानव जातिको इतिहास वर्गसङ्घर्षको मात्र इतिहास होइन आफ्नो निम्ति आफैले आविष्कार, रचना र दक्षता हासिल गर्ने इतिहास पनि हो भनी निरन्तर लाग्ने नेता किम इल सङ साम्राज्यवादविरोधी, दूरदर्शी, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक सक्रिय नेता थिए । जसरी प्रजग कोरियाका राष्ट्रपति किम इल सङले संसारका कम्युनिस्ट, मजदुर, वामपन्थी र प्रजातान्त्रिक पार्टीका नेता र प्रतिनिधिहरूको प्योङयाङमा भेला गरेर उल्लेखनीय काम गरे त्यसरी नै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले असार २२, २०७८ ( ट व्गथि द्दण्द्दज्ञ) मा जनताको हित गर्न राजनीतिक पार्टीहरूको जिम्मेवारीबारे विश्व सम्मेलन गरेर ऐतिहासिक काम गरे ।
गणतन्त्र सरकारको लक्ष्य सम्पूर्ण समाजलाई जुछे विचारधाराले सुसूचित पार्नु हो । सम्पूर्ण समाजलाई जुछे विचारधाराबाट सुसूचित पार्न नै मजदुर वर्गीय राज्यले विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्ति गर्ने काम ग¥यो । अर्थात्, नयाँ समाजको निर्माण गर्ने काम सुरु गरेको पहिलो दिनमै गणतन्त्रको सरकारले विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्ति चलाउने नीति अघि सा¥यो । विचाराधारात्मक क्रान्तिलाई सफल पार्न कोरियाली जनता एक मन र एक उद्देश्य लिएर अघि बढे । प्राविधिक क्रान्ति सफल पार्न उत्पादक शक्तिलाई विकसित पारेर जनताको भौतिक समृद्धि स्थिररूपले अघि बढाएर कोरियाली सरकारले श्रमिकहरूको कष्टपूर्ण जीवन अन्त्य गर्ने पार्टीको अभिभारा ठान्यो र अघि बढ्यो । सांस्कृतिक क्रान्ति पूरा गर्ने प्रजग कोरियाको अर्को महत्वपूर्ण अभिभारा हो ।
विश्वमा साम्राज्यवादको पतन, बदनाम र पुँजीवाद र समाजवादबीच वैचारिक सङ्घर्ष चलिरहेको बेला भएको चिकपाको यो कदम विश्वकै निम्ति अर्को अविस्मरणीय कदम हुनेछ । यसरी कम्युनिस्टको सिद्धान्त र विचार, साम्राज्यवादविरोधी भावना, जनताको सेवा गर्नुपर्छ भन्ने समाजवादी विचार विश्वसामु पु¥याउन प्रजग कोरियाका राष्ट्रपति किम इल सङ र चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि चिनफिङले गतिलो काम गरे । अन्तर्राष्ट्रिय स्तरका या विश्वका राजनीतिज्ञ, राष्ट्रप्रमुख, दलका हजारौँ नेता र सयौँ पार्टीलाई एक ठाउँमा भेला गराएर, एक समयमा जम्मा गरेर चिकपाले कम्युनिस्टको सिद्धान्त र विचार संसारमा फैलाउनेमात्र होइन तद्नुसार काम गर्नुपर्छ भन्ने भावना दिएको छ, काममा जुट्नुपर्छ भन्ने प्रेरणा दिएको छ ।
नेता किम इल सङले माक्र्सवाद–लेनिनवादलाई जापानी उपनिवेशवादविरोधी सशस्त्र सङ्घर्षमा उपयोग गरे । त्यसपछि उनले सामन्तवादविरोधी सङ्घर्ष अगाडि बढाए र प्रजातान्त्रिक जन गणतन्त्रको स्थापना गरे । कोरियाली क्रान्तिले सन् १९४५ मा जापानी साम्राज्यवादीहरूलाई परास्त गरी कोरियालाई मुक्त ग¥यो र सन् १९४८ सेप्टेम्बर ९ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापना ग¥यो र किम इल सङ राष्ट्रपति भए । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको स्थापना क्रान्तिको ठूलो उपलब्धि हो । कोरियाली कम्युनिस्ट र देशभक्तहरूले जापानी साम्राज्यवादको औपनिवेशिक शासन फालेर देशमा स्वाधीनता प्राप्त गरे । गणतन्त्रको सरकारले क्रान्ति र निर्माणलाई जोड दिएर देशमा उन्नत समाजवादी व्यवस्था कायम ग¥यो । गणतन्त्रको सरकारले देशको स्वाधीनता आत्मनिर्भरताको कार्यदिशालाई लागू गरेको छ र समाजवादी राज्यमा परिणत गरेको छ ।
गणतन्त्र सरकारको लक्ष्य सम्पूर्ण समाजलाई जुछे विचारधाराले सुसूचित पार्नु हो । सम्पूर्ण समाजलाई जुछे विचारधाराबाट सुसूचित पार्न नै मजदुर वर्गीय राज्यले विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्ति गर्ने काम ग¥यो । अर्थात्, नयाँ समाजको निर्माण गर्ने काम सुरु गरेको पहिलो दिनमै गणतन्त्रको सरकारले विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्ति चलाउने नीति अघि सा¥यो । विचाराधारात्मक क्रान्तिलाई सफल पार्न कोरियाली जनता एक मन र एक उद्देश्य लिएर अघि बढे । प्राविधिक क्रान्ति सफल पार्न उत्पादक शक्तिलाई विकसित पारेर जनताको भौतिक समृद्धि स्थिररूपले अघि बढाएर कोरियाली सरकारले श्रमिकहरूको कष्टपूर्ण जीवन अन्त्य गर्ने पार्टीको अभिभारा ठान्यो र अघि बढ्यो । सांस्कृतिक क्रान्ति पूरा गर्ने प्रजग कोरियाको अर्को महत्वपूर्ण अभिभारा हो । पुरानो समाजको अवशेषको रूपमा रहेका सांस्कृतिक पछौटेपन, अन्धविश्वास अन्त्य गरेर उन्नत समाज र संस्कृति निर्माण गर्न समाजका सबै सदस्यहरूलाई समाजवादी सिद्धान्तबाट सुसूचित पार्न पार्टी अघि बढ्यो । देशभरका जनतालाई शिक्षित पारी बुद्धिजीवीहरूको ठूलो सङ्ख्या तयार गर्ने काम ग¥यो । प्रजग कोरिया मुक्तिपछि निरक्षरता उन्मूलन गरिएदेखि देशमा सांस्कृतिक क्रान्ति थालनी गरेको थियो । श्रममा रहेको भेदलाई अन्त्य गर्न र श्रमिकहरूको पूर्ण समानता पाउन सरकार र पार्टी अघि बढे । सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्ने अभियान चालु छ । त्यसैबेला ११ वर्षे अनिवार्य शिक्षा सञ्चालन गरिएको थियो । यसरी पार्टीले तीन क्रान्तिको आन्दोलन सुरु ग¥यो ।
अमेरिकी साम्राज्यवादीहरूले कोरियालाई ‘दुई कोरियामा विभाजन गरे । ‘दुई कोरिया’ विभाजन गर्ने अमेरिकी साम्राज्यवादीहरूको प्रयास असफल पार्न प्रजग कोरिया निरन्तर लाग्यो । कोरिया एकीकरण गर्ने प्रयासमा निरन्तर लागिरह्यो । विश्वलाई आफ्नो आधिपत्यमा ल्याउने षड्यन्त्र साम्राज्यवादी देशहरूले गरिरहे । उनीहरूले ‘शान्ति’ र ‘प्रजातन्त्र’ को साइनबोर्ड झुन्ड्याएर विश्वका जनतालाई छकाइरहे, निःशस्त्रीकरणको साइनबोर्ड झुन्ड्याएर शस्त्रीकरणलाई जोड दिइरहे र आणविक परीक्षण चलाएर अरु देशमा आक्रमण गरिरहे । विश्वमा तनाव कम गर्ने भन्दै सैनिक हस्तक्षेप चालु राख्ने, विभिन्न देशमा सेना र हतियार तैनाथ गर्ने काम गरिरहे । साम्राज्यवादी देशहरूले तेस्रो विश्वका मुलुकहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन कहिले ‘सहायता’ र कहिले ‘संरक्षण’ को निहुँमा कहिले प्रत्यक्षतः कहिले अप्रत्यक्षरूपमा हात हाल्ने काम गरे । ती देशले डर त्रास देखाउने, एक देश र अर्को देशबीच फाटो ल्याउने, एउटै देशमा आन्तरिक कलह चर्काउने, दुई देशबीच झगडा गराएर हतियार बेच्ने आदि दाउ रचिरहे । साम्राज्यवादी देशहरूले गरिरहेका यस्ता षड्यन्त्रको विश्वले बुझ्दै छ, अध्ययन गर्दै छ र साम्राज्यवादविरुद्ध विश्वमा जनता एक ठाउँमा उभेका छन् । यसरी साम्राज्यवादी देश अमेरिका एक्लिँदै छ । संयुक्त राष्ट्र सङ्घको हालै बसेको बैठकमा क्युवामाथिको नाकाबन्दी हटाउनु पर्ने प्रस्तावमा अमेरिका र इजरायलबाहेक संसारका १८४ देशले समर्थन गरेबाट अमेरिका एक्लिएको पुष्टि हुन्छ । यसरी साम्राज्यवादविराधी विचार र आन्दोलन विश्वमा फैलाउने काममा प्रजग कोरियाको ठुलो योगदान छ, जनताका महान् नेता किन इल सङको ठुलो योगदान छ । किम इल सङको जन्म १५ अप्रिल १९१२ मा भयो भने निधन जुलाई ८, १९९४ मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *