भर्खरै :

चिकपा स्थापनाबारे युवाहरूको चासो

भक्तपुर, २४ असार । नेपाल मजदुर किसान पार्टीको मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको अवसरमा नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिले बुधबार अनलाइन प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले पार्र्टीको भविष्य युवाहरूसँग जोडिने भएकोले चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्षको दौरानमा हासिल गरेका उपलब्धि र चीनको एतिहासिक पृष्ठभूमिलाई युवा सङ्घले गहन ढङ्गले अध्ययन गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “चीनको अनुभवलाई देशको माटो सुहाउँदो किसिमले प्रयोग गर्न युवाहरू अझ जुझारू भएर साङ्गठनिक गतिविधिमा सक्रिय हुनुपर्छ । पुँजीवादी व्यवस्थाले २ सय वर्ष लगाएर गरेको विकास समाजवादी व्यवस्थामा ४०÷५० वर्षमै हुने उदाहरण सोभियत सङ्घले देखाएको थियो भने आज चीनले देखाउँदै छ ।”
माक्र्सवादी चिन्तन र समाजवादी व्यवस्थाले मात्र कुनै पनि देश दीगोरूपमा विकास र समृद्धिको बाटोमा अगाडि बढ्नसक्ने धारणा केन्द्रीय सदस्य कवांले राख्नुभयो ।
सत्तामा गएका शासक दलहरूले कामदार जनताको पक्षमा काम नगरेको हुँदा आत्मालोचना गरी जनतासँग माफी माग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले देशमा राजनीतिक अस्थिरता आउने बेला भारतीय विस्तारवादले देशको सीमा मिच्ने र नदीनाला कब्जा गर्ने गरेको बताउनुभयो ।
अहिले फेरि अर्को असमान सन्धि–सम्झौता हुनसक्ने खतराप्रति युवाहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले कुनै पनि देशको सार्वभौमिकता देशको आकारअनुुुसार सानो–ठूलो नहुने चर्चा गर्दै हरेक देशको सार्वभौमिकता समान हुन्छ भन्नुभयो ।
“चीनले जसरी इतिहासलाई समीक्षा गरेर अगाडि बढेको छ त्यसरी नै सबै देश र राजनीतिक दलहरू अगाडि बढ्नुपर्छ”, उहाँले जोड दिनुभयो ।
नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सुरेश बखुन्छेँ, यु. सेजवाल र लक्ष्मीप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *