भर्खरै :

शनिबार साहित्य –जुनैदको बहानामा

– राजेश जोशी
बहाना जे सुकै होस्
तर जुनैदको* हत्या गर ।
बहाना जे सुकै होस्, ठाउँ जहाँ सुकै होस् ।
गुडिरहेको टे«न होस्, बस, सडक, शौचालय वा घर,
नाम जे सुकै होस्, अखलाक, कमरेड जफर हुसेन या जुनैद ।
के फरक भो र ?
ध्येय त एउटै होइन र ?
कि जनैदको हत्या गर ।
यो जरुरी छैन कि तिमी नै जुनैदको हत्या गर ।
तिमी केबल एक भरोसा मात्र दिलाऊ, एक पागलपन
हत्यारा उनीहरुमै कुनै एक बन्ने छ ।
त्यसपछि उ एक जुनैद त के
प्रत्येक जुनैदको हत्या गर्नेछन्
भीड हजारौंको होस् की लाखौंको के फरक पर्छ र ।
अन्धा र बहिराहरुको भीडले साबुती बयान दिने गर्दैन ।
भकभकाउँदै तिनीहरु मध्ये कसैले भन्ने छ
घटना त्यसदिन बाह« बजे र उन्नाइस मिनेटमा भएको थियो
तर उ त दिनको एघार बजेर अन्ठाउन्न मिनेटमा भएको थियो,
त उ त दिनको एघार बजेर अन्ठाउन्न मिनेटमा घर पुगेको थियो ।
र उसले केही देखेकै थिएन ।
यो डर छेरुवाहरुको भीड हो ।
थाहा छ यदि कसैले सप्रमाण उपस्थित भई हाले पनि त्यसलाई नी सदाको लागि गहिरो
निन्द्रामा पठाउने छन्
जुनैदको हत्या गर्नु उनीहरुको ध्येय होइन,
तर के गर्नु, तानाशाहहरुको सडकहरु
विना लाश बन्ने गर्दैनन् ।
(*जुनैद १९ वर्षका मुसलमान युवा हुन्, जसलाई गाईको मासु खाएको बहानामा सांघातिक आक्रमण भएको थियो ।)
हिन्दीभाषाबाट अनुदित कविता
अनुवादः दिनेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *