अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
–गीत चर्तुवेदी
शहरभन्दा बाहिर
पुलमुनि
फोहोरको डुङ्गुरमा
बुढ्यौलीले सबभन्दा थिलथिलो बनेको
मेरो भाषाको कवि
चियामा चोपेर
पाउरोटीको टुक्रा
चपाइरहेको छ ।
यो कविले अफजलपछि पनि
कविता आविस्कार गरिरह्यो
उसको पाउरोटीमा
सबै तेत्तीस कोटी देवता
जुम्रा बनेर बास बसेको छ
उसको शरीरका कपाल सबै
उसका अलिखित कविता जस्ता छन् ।
आफ्ना औंलाले उ हावामा शब्दको आली बनाउँछ
यसप्रकार उ आफ्नै विगतको नाममा हर रात
एउटा चिठ्ठी लेख्छ
जुन चिठ्ठी खाम भेटिनुअघि नै हराउने गर्छ ।
मर्नुअघि एक पटक
कम्तीमा एक पटक
आफ्नो कवितासंग्रह
सिरानीमूनि राखेर निदाएकी
तिनी महिलाको अनुहार र नाम याद गर्ने
आशा पालेर उ बाँचेको छ ।

कवि गीत चर्तुवेदी(जन्म.१९७७) हिन्दी भाषामा लेख्ने कवि हुन् । उनका छ वटा साहित्यिक कृतिहरु प्रकाशित छन् । उनका कविताहरु चौध भाषामा प्रकाशित छन् । प्रस्तुत कविता अनिता गोपालानले हिन्दीबाट अंग्रेजी भाषामा अनुदित कविताको नेपाली अनुवाद हो । कवितामा उल्लेखित ‘अफजल’ ले पाकिस्तानी उर्दु भाषी कवि अफजल अहमेद सेयदलाई संकेत गरिएको छ । अफसलले ‘मैले कविता आविस्कार गरें’ शीर्षकको कविता लेखेका छन् । प्रस्तुत कवितामा त्यही कवितालाई संकेत गरिएको हो ।
अनुवादः करभिका
Leave a Reply