भर्खरै :

जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गर्न ध्यानाकर्षण

भक्तपुर, २५ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर नपा वडा नं. २ देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको काम यथाशक्य छिटो सम्पन्न गर्न शुक्रबार उक्त आयोजनाका जग्गावालाहरूले भनपाका प्रमुख सुनिल प्रजापतिको ध्यानाकर्षण गराएका छन् । नगर प्रमुख प्रजापतिलाई आयोजनाभित्र पर्ने जग्गावालाहरूको तर्फबाट स्थानीय पुरूषोत्तम तमखुले ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको होे ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख प्रजापतिले नगरपालिकाबाट सञ्चालित आवास योजनाबारे उठेका जनगुनासो सम्बन्धमा छलफल गरी छिट्टै टुङ्गोमा पु¥याउने बताउनुभयो । तुमचो दुगुरे र लिबाली आवास योजनापश्चात् भक्तपुर नगरपालिकाले देको मिवा इतापाके आयोजनालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न र भक्तपुर नगरलाई सुविधायुक्त सहरको रूपमा व्यवस्थित गर्ने उद्देश्यले आयोजना सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले जथाभावी भवन तथा संरचना निर्माण गर्दा नगरको सुन्दरतामा ¥हास आउने र खुला क्षेत्रको पनि अभाव हुने भएकोले व्यवस्थित बस्ती विकास गर्ने उद्देश्यले नगरपालिकाले आवास आयोजना सञ्चालनमा ल्याएको चर्चा गर्दै जग्गावालाले सुविधाअनुसारको योगदान गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
देको मिवा इतापाके जग्गा आयोजनाबारे उक्त ध्यानाकर्षण पत्रमा आयोजनामा परेका गुनासो फाराम भर्ने अधिकांश जग्गाधनीहरूले आफूले चाँडोभन्दा चाँडो जग्गा पाउनुपर्ने, अंशबण्डा गर्नुपर्ने जग्गाको कित्ताकाट रोकिएको हुँदा दाजु–भाइबीचको अंशबण्डा गर्न अप्ठेरो भइरहेको, आयोजनाबाट जग्गा फिर्ता पाएर घर बनाउने सोचमा बसेका जग्गावालाहरूलाई निकै समस्यामा पारेको आदि माग उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *