भर्खरै :

विश्वमा हरेक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु भइरहेको छ : अक्सफाम

कायरो, १० जुलाई (एजेन्सी) । गरिबी उन्मूलनका लागि काम गर्ने सङ्गठन – अक्सफामले विश्वभरमा भोकमरीको कारण हरेक मिनेट ११ जना मानिसको मृत्यु भइरहेको र बितेको एक वर्षमा पूरै विश्वमा अकालजस्तो स्थितिको सामना गर्ने मानिसहरूको सङ्ख्या ६ गुणा वृद्धि भएको जनाएको छ ।
अक्सफामको ‘द हङ्गर वाइरस मल्टीप्लाइज’ नामको एक प्रतिवेदनअनुसार भोकमरीका कारण मर्नेहरूको सङ्ख्या कोभिड–१९ को कारण मर्नेहरूको सङ्ख्याभन्दा बढी भइसकेको छ । कोभिड–१९ को कारण विश्वमा हरेक मिनेट करीब ७ जनाको ज्यान गइरहेको छ ।
अक्सफाम अमेरिकाका अध्यक्ष एवम् सीईओ एब्बी मेक्सम्यानले भने, “तथ्याङ्क हैरान बनाउनेखाले छ । तर, हामीले यी तथ्याङ्क तिनीहरूबाट बनेको छ, जो अहिले अकल्पनीय पीडाबाट गुज्रिरहेका छन् ।”
प्रतिवेदनमा उल्लेख छ, “विश्वमा करीब १५.५ करोड मानिस खाद्य असुरक्षाको भीषण सङ्कटको सामना गरिरहेका छन् । यो तथ्याङ्क गत वर्षको तथ्याङ्कको तुलनामा दुई करोड बढी हो । तीमध्ये करीब दुईतिहाइ भोकमरीको शिकार बनेका छन् र यसको सबैभन्दा ठुलो कारण ती देशमा चलिरहेको सैन्य सङ्घर्ष हो ।”
कोभिड– १९ को आर्थिक दुष्प्रभाव र दयाहीन सङ्घर्षहरू, विकट बन्दै गएको जलवायु सङ्कटले ५ करोड २० लाखभन्दा बढीलाई भोकमरीको परिणाममा पु¥याइदिएको छ । वैश्विक महामारीको सामना नगरिकन परस्परविरोधी खेमाहरू एक दोस्रोविरूद्ध लडिरहेका छन् । त्यसको असर अन्ततः लाखौँ मानिसहरूमाथि परिरहेको छ जो पहिलेदेखि नै जलवायु परिवर्तनका कारण उत्पन्न विपत्तिहरू र आर्थिक मन्दीहरूका कारण बेहाल छन् ।
प्रतिवेदनमा अक्सफामले कोरोना भाइरसको वैश्विक महामारी हुँदाहुँदै पनि विश्वभर सेनामा हुने खर्चमा महामारी कालमा ५१ अर्ब अमेरिकी डलर बढेको छ र यो रकम भोकमरीलाई अन्त्य गर्न संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमको लागि एक वर्षमा आवश्यक रकमभन्दा ६ गुणा बढी हो ।
उक्त प्रतिवेदनमा भोकमरीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा १ देखि ५ नम्बरसम्ममा क्रमशः अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सिरिया र यमनलाई राखिएको छ ।
अक्सफामले भोकमरीग्रस्त देशका सरकारहरूसित सैनिक सङ्घर्षहरू रोक्न आग्रह गरेको छ र अन्यथा भोकमरीको अवस्था पीडादायी हुने चेतावनी दिएको छ ।
त्यस्तै संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमले बिहीबार एक वक्तव्य जारी गरी विश्वभरमा लगभग २७ करोड मानिसहरूले खाद्य असुरक्षा सामना गर्न परिरहेको र उनीहरू भोकमरीको चरम जोखिममा रहेको जनायो । यो सङ्ख्या वर्ष २०२० को तुलनामा ४० प्रतिशतले वृद्धि हो ।
उक्त संस्थाले गत जनवरीमै कोभिड– १९ को महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएका लकडाउनका कारण एशिया प्रशान्त क्षेत्रमा मात्र पनि नोकरी र रोजगार गुमाएका ३५ करोडभन्दा बढी मानिसहरू भोकमरकिो शिकार हुनसक्ने चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *