“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, २६ असार (सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरूको समूह जी २० (गु्रप २०) का देशहरूलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको सङ्गठन, जी २० लाई सम्बोधन गर्दै महासचिव हाल विश्वका विकासशील देशहरूले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरूका बीचमा एउटा ठुलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गर्नुभएको हो ।
राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरू कोभिड १९का कारण आर्थिक समस्यामा परेको भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गर्नुभएको हो ।
जी २० का सदस्य देशहरूका अर्थमन्त्री र ती देशका केन्द्रीय बैङ्कका गभर्नरहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
उहाँले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा दोब्बर बनाउने कामलाई गति दिन ती देशहरूलाई आग्रह गर्नुभएको थियो । अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरूका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरूलाई अपिल गर्नुभएको थियो ।
Leave a Reply