भर्खरै :

देउवा प्रधानमन्त्री

काठमाडौँ, २९ असार । सोमबार सर्वोच्च अदालतले संसद् विघटनको सन्दर्भमा गरेको फैसलाअनुसार मङ्गलबार नेपालको प्रधानमन्त्री पदमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष देउवाले शपथग्रहण गर्नुभयो ।
मङ्गलबार नै नेका र माओवादीको तर्फबाट नियुक्त दुई दुई जना मन्त्रीहरूले शपथग्रहण गर्नुभयो । नेकाको तर्फबाट बालकृष्ण खाण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीले कानुनमन्त्री तथा माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ ।
मङ्गलबार नै दिउँसो पूर्व प्रधानमन्त्री केपी ओलीले सार्वजनिक सम्बोधनमार्फत आफ्नो सरकारले हासिल गरेका उपलब्धिबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *