भर्खरै :

पराजय – १०

मोरोजका आफ्नो पल्टनमा पुग्दा अँध्यारो भइसकेको थियो । ऊ झुप्रोभित्र पस्दा त्यहाँ एक दर्जन मान्छे थिए । एउटा बेञ्चमा खुट्टा राखेर बसिरहेको दुबोभले लालटिनको उज्यालोमा एउटा रिभोल्भरका पुर्जाहरू अलग्याइरहेको थियो ।
“ए, भूतको छोरो !” ऊ आफ्नो जुँगामुनिबाट बम्कियो । उसले मोरोजकाको झोला देख्यो र दंग पर्दै सोध्यो, “आफ्ना सबै झिटीगुन्टा लिएर यहाँ के गर्न आएको ? तिम्रो ओहोदा खोसेर सामान्य पिउसो बनाए कि क्या हो ? के भयो ?”
“छुट्टी भयो !” मोरोजका चिच्यायो, “म रिटायर भएँ ! एउटा पखेटा हालेर म परेवाजस्तै मुक्त भएँ । तर पेन्सिन–सेन्सिन केही छैन ! जाऊ एफिमका, कमान्डरले हुकुम दिएका छन् ।”
“तिमीले गर्दा नै होला, हैन ?” एफिमकाले कटाक्ष गर्दै भन्यो । ऊ बिरसिलो र खरो व्यक्ति थियो । उसको अनुहार छ्याकटे थियो ।
“जाऊ, गइहाल, यो कुरा नसोध । एक शब्दमा भन्छु, बधाई छ एफिम सेम्योनोभिच !¤ तिमीले हामी सबैलाई भोज खुवाउनुपर्छ ।”
साथीभाइसँग फेरि मिसिएपछि रमाउँदै मोरोजकाले ख्यालठट्टा ग¥यो, घोचपेच ग¥यो, घरकी साहुनीलाई जिस्क्यायो र झुप्रोभित्र यताउता घुम्न थाल्यो । छमछम नाच्दै गर्दा ऊ पल्टन कमान्डरसँग ठोक्कियो र उसको तेलको भाँडो घोप्टियो ।
“कुबुद्धि ! थोत्रो पेच !” दुबोभ गर्जियो र मोरोजकाको ढाडमा उसले यति बेसरी हिर्कायो मानौँ उसको मुन्टो घाँटीबाट झन्डै उछिटिएको थियो ।
हात बेसरी नै बज्रिएको थियो । तैपनि मोरोजकाले नराम्रो मानेन । कतिसम्म भने, दुबोभको भुटेको मकैजस्तो पटपटे आवाज र कसैले नबुझ्ने शब्द र उखान सुन्न पनि उसलाई रमाइलै लागिरहेको थियो । यहाँका सबै कुरा मोरोजकालाई स्वाभाविक र उचित लाग्यो ।
“जेहोस्, मौकामा आएका छौ, ठ्याक्कै मौकामा,” दुबोभले भन्यो, “ठिक्कै भयो, तिमी फेरि हामीसँग आयौ । त्यहाँ बस्दाबस्दा सडेका छौ, थोत्रो पेचमा जस्तै तिमीमा खिया लागेको छ । तिमीले हामी सबैको नाकै काटेका छौ ।”
सबैले मोरोजका फिर्ता आउनुलाई राम्रो माने । तर, कारण अलि अर्कै थियो – उनीहरूमध्ये धेरैजसोले मोरोजकालाई तिनै कुराको लागि रूचाउँथे जुन कुरा दुबोभलाई खराब लाग्थ्यो ।
मोरोजकाले अस्पतालको घटना आफ्नो दिमागबाट निकाल्ने प्रयास ग¥यो । “तिम्री बुढीलाई कस्तो छ ?” भनेर कसैले सोधिहाल्छ कि भनी ऊ निकै डराएको थियो ।
पछि ऊ अन्य जवानहरूसँगै घोडालाई पानी खुवाउन नदीको किनारमा गयो । रूखमा लाटोकोसेरा बोलिरहेका थिए, तर तिनको आवाज दबेको थियो । त्यसमा अलच्छिनको कुनै चिह्न थिएन । पानीमाथि मौन र चङ्ख भएर झुकेका घोडाहरूका टाउका नदीमाथि फैलेको तुँवालोमा लगभग बिलाएका थिए । किनारमा उम्रेका अँध्यारा झाडीहरू चिसोले गर्दा मानौँ गुटुमुटु परेका थिए ।
“यही हो जिन्दगी !” मोरोजकाले मनमनै भन्यो र मायालु पाराले आफ्नो घोडालाई सिट्टी बजाएर बोलायो ।
झुप्रोमा फर्केर उनीहरूले आफ्ना काठीहरू मर्मत गरे र राइफल साफ गरे । दुबोभले आफूकहाँ आएका चिठीहरू ठूलो स्वरमा पढेर सुनायो । सुत्नलाई उठ्ने बेला उसले मोरोजकालाई ‘फिर्ता आएको खुसियालीमा’ रातमा पहरा बस्ने काम सुम्पियो ।
त्यो साँझभरि मोरोजकाले आफू एक गतिलो सैनिक अनि असल र उपयोगी मान्छे भएको अनुभव ग¥यो ।
रातिपख छातीमा एउटा जोडदार धक्का महसुस गरेर दुबोभ जाग्यो ।
“के भयो ? के भयो ?” उसले आत्तिँदै सोध्यो र जुरुक्क उठ्यो । उसले आफ्ना निदाउरा आँखा खोलेर रातको बत्तीको मन्द उज्यालोमा एकोहोरो हेरिरहेको के थियो, उसले पहिलो र दोस्रो गोलीको आवाज सुन्यो अथवा महसुस ग¥यो भन्नुपर्छ ।
मोरोजका ओछ्यानको छेउमा उभिएर चिच्याउँदै थियो, “उठ, छिटो गर ! नदीपारि गोली चलिरहेको छ !”
छिनछिनमा एकपछि अर्को गर्दै गोलीहरूको आवाज गुञ्जियो ।
“जवानहरूलाई उठाऊ !” दुबोभले आदेश दियो । “तुफानजस्तै सबै झुप्रामा पुग ! छिटो गर !”
केही छिनमा ऊ लुगा लगाउँदै र हतियार सम्हाल्दै आँगनमा ओर्लियो । हावा चलेको थिएन र शीताम्य आकाशको रङ फिक्का हुँदै थियो । आकाशगंगाको धुमिल रेखामा ताराहरू ढुनमुनिँदै दगुरे । भुसको भकारीको अँध्यारो ढोकाबाट एकपछि अर्को गर्दै छापामारहरूका अस्तव्यस्त आकृतिहरू लड्दै–पड्दै बाहिर हुत्तिए । गालीगलौज गर्दै उनीहरूले गोलीगठ्ठाका पेटी बाँधे र आफ्ना घोडाहरू बाहिर निकाले । कुखुराहरू डर लाग्ने गरी कराउँदै आफ्ना खोरहरूबाट बाहिर निस्के । घोडा भड्किँदै हिनहिनाउन थाले ।
“मैदानमा जाऊ ! घोडामा चढ !” दुबोभले हुकुम दियो । “दिमित्री ! सेम्योन ! झुप्रामा सुतेका मान्छेहरूलाई जगाऊ ! दौड !”
छाउनीसामुन्ने मैदानमाथि एउटा आतसबाजी फालियो । धुवाँ छोड्दै र आकाश चिर्दै त्यो माथि उड्यो । निद्रामा डुबेकी एक किसान महिलाले झ्यालबाहिर टाउको निकाली र ह्वात्तै भित्र तानी ।
“त्यो बन्द गर !” एउटा काम्दो निराश स्वरले भन्यो ।
छाउनीबाट हुत्तिँदै आएको एफिमका मूलगेटमा पुगेर चिच्यायो, “बाहिर निस्क ! सबैजना जङ्गी बर्दी लगाएर जमघट हुने केन्द्रतिर जाओ !” उसको घोडाले दाँत बाँधेर झट्कार्दै आफ्नो शिर गेटमाथि उठायो । एफिमकाले चिच्याएर केही भन्यो । उसको कुरा कसैले बुझेन । त्यसपछि ऊ बेपत्ता भयो ।
आफ्नो पल्टनका बाँकी सदस्यहरूलाई जगाउन गएका मान्छे फर्किँदा पल्टनका आधा मान्छे रातमा आफ्ना शिविरमा थिएनन् । उनीहरू साँझको रमझममा गएका थिए, सके आफ्ना प्रेमिकाहरूसँग रात बिताइरहेका थिए । आफूसँग भएका छापामारहरू लिएर जाने वा आफू एक्लै छाउनीमा गएर स्थिति बुझ्ने, आत्तिएको दुबोभले मेसो पाइरहेको थिएन । उसले परमेश्वर र चर्चलाई धिक्का¥यो अनि छापामारहरूलाई एकएक गर्दै बोलाइल्याउन चारै दिशामा घोडसवारहरू पठायो । घोडसवार अर्दलीहरू आफ्ना घोडाहरू तेज कुदाउँदै दुईचोटि समग्र पल्टन एकत्र हुनुपर्ने आदेश सुनाइसकेका थिए । तर, बेपत्ता मान्छेहरूको अत्तोपत्तो पाइएको थिएन । जालमा फँसेको जन्तुजस्तै दुबोभले मैदानमा चक्कर लगाइरहेको थियो । हैरान भएर उसमा गोलीले आफ्नै टाउको उडाइदिउँ भन्ने भावना जाग्यो । उसमा जिम्मेवारीको भावना हुँदैनथ्यो भने उसले यस्तो गर्ने पनि थियो । त्यही रात पल्टनका अनेक छापामारहरूले उसको निर्मम दनक खाए ।
अन्तमा बौलाहा कुकुरहरूको भुकाइबीच पल्टन हस्याङ्फस्याङ् गर्दै छाउनीतिर हानियो । सडकमा आतङ्क छायो र घोडाहरूको बेसुरे टाप र नालको टकटकले वातावरण गुञ्जियो ।
सबै डफ्फाहरू मैदानमा एकत्र भएको देखेपछि ऊ चकित भयो । मूल सडकमा मालमत्ताहरूका गाडीहरू लस्कर लाएर उभिएका थिए । धेरै छापामारहरू आफ्ना घोडाबाट ओर्ले र नजिकै बसेर चुरोट तान्दै थिए । दुबोभका आँखाले लेभिनसनको दुब्लोपातलो आकृति भेटाए । ऊ राँकोको उज्यालोमा दाउराहरूको थुप्रो नजिकै उभिएको थियो र शान्तिपूर्वक मेतेलित्सासँग कुरा गरिरहेको थियो ।
“किन यति ढिलो गरेको ?” बाक्लानोभ ऊमाथि खनियो । “अनि ‘हामी खनिकहरू गजब छौँ’ भनेर गफ दिन्छौ !” ऊ रिसले आगो भएको थियो । नत्र उसमा दुबोभसँग जिस्किने हिम्मत हुने थिएन ।
पल्टन कमान्डर टाउको झुकाएर उभिरह्यो । यतिबेला आफूभन्दा कम उमेरको बाक्लानोभले समेत तथानाम भन्ने मौका पाएकोमा उसलाई सबैभन्दा ग्लानी भयो । उसको अपराधको गम्भीरता देखेर उसलाई जति गालीगलौज गरे पनि कम थियो भन्ने उसले महसुस ग¥यो । यसबाहेक बाक्लानोभले उसको मुटुमा छुरा गाडिदिएको थियो । संसारमा सबैभन्दा गौरवशाली र सबैभन्दा उच्च पदवी ‘खनिक’ को हो भन्नेमा उसले मनैदेखि विश्वास गथ्र्यो । अब उसलाई आफ्नो पल्टनले आफ्नोमात्र होइन, सुचानका खानी र सबै ‘कोइला खानेहरू’ को कम्तीमा सात पुस्ताको बदनाम गरेको ठान्यो ।
दुबोभलाई मन खोलेर गाली गरेपछि बाक्लानोभ गस्ती सिपाहीहरूलाई फर्काउन रवाना भयो । नदीपारिबाट तुरुन्तै फर्केका आफ्ना पाँच जवानहरूबाट दुबोभले त्यहाँ कोही शत्रु छैनन् र लेभिनसनको आदेशमा उनीहरू आफैले गोलाबारी गरेका थिए भन्ने थाहा पायो । उसले बुझ्यो लेभिनसनले कम्पनीको परीक्षा लिन नै त्यसो गरेको थियो । पल्टनहरू तम्तयार छन् कि छैनन् भनी ऊ जान्न चाहन्थ्यो । आफ्नो कमान्डरको आशा धुजाधुजा पारेकोमा ऊ व्यथित भयो । ऊ अरूका आँखामा आदर्श बन्न विफल भयो ।
पल्टनहरू लाइनमा उभिएर हाजिरी लिन थालेपछि धेरै छापामारहरू बेपत्ता भएको थाहा लाग्यो । कुब्राकको पल्टनकै धेरै मान्छे गयल थिए । कुब्राक आफै दिउँसोपख आफ्ना आफन्तहरूसँग बिदा लिन गएको थियो र भोजमा पिएको रक्सीको धङधङी उसका आँखामा बाँकी थियो । ऊ घरिघरि रुँदै र सुँक्सुँकाउँदै आफ्नो पल्टनको सामुन्ने भाषणबाजी गथ्र्यो र सोध्ने गथ्र्यो, “तिमीहरू मजस्तो धूर्त र सुँगुरलाई आदर गर्नसक्छौ ?” पूरै कम्पनीले ऊ मात लागेर लठ्ठिएको चाल पाइसकेको थियो । लेभिनसनले मात्र थाहा नपाएझैँ गर्दै थियो । नत्र उसले बाध्य भएर कुब्राकलाई पदबाट बर्खास्त गर्नुपर्ने हुन्थ्यो । उसको ठाउँ लिने दोस्रो व्यक्ति त्यहाँ थिएन ।
लेभिनसन लाइनको बीचमा घुस्यो र मैदानको बीचमा फर्केर उसले कठोर र गम्भीर भावले आफ्नो हात माथि उठायो । रातको कोखमा डुबेका रहस्यमय आवाजहरू सुनिँदै थियो ।
“साथीहरू ¤” लेभिनसन बोल्न थाल्यो । उसको सुस्त तर स्पष्ट स्वर प्रत्येक छापामारहरूलाई आफ्नै हृदय बोलिरहेझैँ लाग्यो । “हामी यहाँदेखि जाँदै छौँ । कहाँ ? यसको उत्तर दिनुको कुनै तुक छैन । ठूला कुरा गर्न आवश्यक छैन, तर जापानी फौजहरू ठूलो सङ्ख्यामा हुनाले केही समयलाई लुकेर बस्नु हाम्रो लागि हितकारी नै हुन्छ । यसको अर्थ हामी खतराबाट मुक्त हुन्छौँ भन्ने होइन । अहँ, खतरा चौबीसै घण्टा हाम्रो शिरमाथि रिँगिरहेको छ । हरेक छापामारलाई यो कुरा थाहा छ । के हामी आफ्नो छापामार पेशामा खरो उत्रेका छौँ ? आज हामी यसमा विफल भयौँ । हामीमा स्कुले केटीहरूमा जत्तिकै अनुशासन देखियो । आज साँच्चिकै जापानीहरूले हामीमाथि आक्रमण गरेको भए के हुन्थ्यो ? छिनभरमै उनीहरूले हामीलाई धुलो चटाउँथे । धिक्कार छ !”
लेभिनसन एकाएक अघिल्तिर झुक्यो । उसको अन्तिम शब्दहरू गोलीजस्तै बताउँदै उसको मुखबाट निस्केका थिए । सबैले अचानक फलामका औँलाले आफ्नो घाँटी थिचेझैँ अनुभूति गरे ।
कुनै पनि कुरा राम्ररी नबुझ्ने कुब्राक पनि गहिरो आस्थाले कुर्लियो, “एकदम ठीक… तिम्रो एकएक शब्द सत्य हो !…” उसले आफ्नो मुन्टो हल्लायो र जोडले हाच्छिउँ ग¥यो ।
दुबोभलाई आशङ्का थियो, लेभिनसनले कुनै पनि बेला भन्न सक्थ्यो, “उदाहरणको लागि दुबोभलाई नै हेर– भोज खाएपछि साहब आजको रात यहाँ आइबक्सेको छ, जब कि मैले उहाँबाटै ठूलो आस गरेको थिएँ । धिक्कार छ ।” तर लेभिनसनले कसैको नाम लिएन । वास्तवमा ऊ अलिकतिमात्र बोल्यो । तर, एउटै कुरामा यति जोड दिएर बोल्यो मानौँ कुनै गहुँङ्गो काँटीमा हतौडाले लगालग हानेर त्यसलाई सदासदाका लागि गाडिदिन चाहन्छ । आफ्नो कुरा छापामारहरूको मनमा बसिसकेको छ भनेर ढुक्क भएपछि दुबोभतिर फर्किँदै उसले भन्यो, “दुबोभको पल्टनका मान्छेहरू मालमत्ताको गाडीसँगै जानेछन्… अलि चिसिए राम्रै हुन्छ, चाँडै रन्किने गर्छन् ।” ऊ रिकाबमा खुट्टा राखेर सीधा उभियो र आफ्नो कोर्रालाई झट्कार्दै चिच्यायो, “तीन तीन लाइनमा दाहिनेतिरबाट अघि बढ !”
साङ्लाहरू छङछङ बजे, काठीहरू जोडले चर्मराए र कुनै शान्त तालको सङ्लो पानीमा तैरिरहेको भीमकाय माछाजस्तै अन्धकारमा ढल्किँदै छापामारहरूको बाक्लो लस्कर अगाडि घर्किन थाल्यो । सिखोते–अलिनका प्राचीन पहाडहरूको ताँतीमा उनीहरू तैरिरहेझैँ देखिन्थे । ती पहाडको पछिल्तिरबाट आकाशमा सनातन र सदाबहार झिसमिसे पोखिँदै थियो ।
९ कम्पनीमा मेतचिक
कम्पनी हिँडेको खबर स्ताशिन्स्कीले सहायक क्वाटर–मास्टरबाट थाहा पायो । ऊ रसदको स्थिति बुझ्न अस्पताल गएको थियो ।
“त्यो लेभिनसन बड्डो खुब चलाख छ !” सहायक क्वाटर–मास्टरले रङ उडेको पोशाकले ढाकेको आफ्नो कुप्रो ढाडलाई घामतिर फर्काउँदै भन्यो, “ऊ हुन्नथ्यो भने हामी सबै भड्किने थियौँ । सोच त, अस्पतालको बाटो कसैलाई थाहा छैन ! जापानीहरूले हामीलाई पछ्याए भने सग्लै कम्पनी यहाँ आएर लुक्न सक्छ र रसदपानीको तारतम्य यहाँ पहिल्यैदेखि मिलेकै छ । होसियार छैन त ऊ ?” उसले प्रशंसापूर्वक आफ्नो मुन्टो हल्लायो । उसको हाउभाउबाट स्ताशिन्स्कीले स्पष्ट देखिरहेको थियो, उसले लेभिनसन होसियार छ भनेरमात्र प्रशंसा गरिरहेको थिएन बरु आफूमा नभएको खुबी अरूमा देखेर त्यसो गर्दै थियो ।
त्यसैदिन मेतचिक आफ्नो खुट्टाले टेकेर उभियो । काँधको सहाराले ऊ घाँसे मैदानमा हिँड्न थाल्यो । आफ्ना पाइतलामुनि लचिला र नरम घाँसको स्पर्श महसुस गरेर उसको हृदय उल्लास र आश्चर्यले भरियो र ऊ अकारण हाँस्न थाल्यो । पछि ओछ्यानमा पल्टेर उसले आफ्नो मुटुको धड्कन सुनिरह्यो । थाकेर हो वा पाइतलाले घाँस छोएको खुसियालीले हो, उसको मुटुको चाल सा¥है तेज भएको थियो । कमजोरीका कारण उसका खुट्टा अहिलेसम्म कामिरहेका थिए र पूरै शरीर हर्षले झमझमाइरहेको थियो ।
मेतचिक उठेर हिँड्न थालेपछि फ्रोलोभका ईष्र्यालु आँखा उसमाथि गडे । मेतचिकले आफू अपराधी भएझैँ महसुस भयो । आफ्नो हृदयमा उठेका यस विचित्र भावनालाई उसले दबाउन सकेन । लामो समयदेखि बिरामी भएकोले फ्रोलोभप्रतिको वरपरका मानिसहरूको सहानुभूतिको मुहान सुकिसकेको थियो । उनीहरूले छिनछिनमा उसको चिन्ता लिन्थे र उसको हालखबर सोध्थे । उनीहरूको यो व्यवहारमा फ्रोलोभले यो प्रश्न लुकेको देख्थ्यो, “तिमी कहिले मर्छौ ?” तर ऊ मर्न चाहन्नथ्यो । जीवनसँग चप्किरहने उसको यो निरर्थक प्रयास उनीहरू सबैका लागि एउटा असह्य बोझ बनेको थियो ।
भार्यासँग मेतचिकको अनौठो सम्बन्ध अस्पतालबाट उसको रिहाइको आखिरी दिनसम्म जारी रह्यो । यो खेल कस्तो थियो भने, युवतीले के चाहन्छे र युवक केसँग डराउँछ भन्ने दुवैलाई थाहा थियो, तर दुवैमध्ये कोही पनि साहसी र निश्चयी पाइला चाल्न तयार थिएनन् ।
आफ्नो कठिन र सहनशील जिन्दगीमा भार्याले धेरै पुरुषसँग उठबस गरेकी थिई भने उनीहरूलाई तिनका आँखा, कपालको रङ वा तिनको नामले चिन्न पनि असम्भव थियो । भार्याले उनीहरूमध्ये कसैलाई पनि ‘मेरो राजा, मेरा प्यारा !’ भनी सम्बोधन गर्न पाएकी थिइन । मेतचिक नै त्यो पहिलो पुरुष थियो जोसँग उसले यी शब्द भन्न सक्थी र उसले भनी पनि । यति सुन्दर, सुशील र कोमल मेतचिकले नै आफ्नो मातृत्वको अभिलाषा पूरा गर्नसक्छ भन्ने भार्यालाई लाग्यो । यसैकारण उसले मेतचिकलाई माया गर्न थाली । आफ्नो यो मौन व्यथाले पीडित र अमिट वासनाले द्रवित भएर उसले रातदिन मेतचिकलाई पछ्याउँथी । ढिलो पलाएको यो मायाको फूल चढाउन उसले मान्छेहरूबाट मेतचिकलाई टाढा लग्ने कोसिस गर्थी । तर किन किन उसले आफ्नो मनको कुरा ऊसामु खुलेर भन्न सक्दिनथी ।
मेतचिकले पनि आफ्नो भर्खरै पलाएको बैँसको उमङ्ग र कल्पनाशक्तिले त्यही चाहन्थ्यो जुन भार्याले चाहन्थी । तैपनि ऊसित एकान्तमा बस्नबाट जोगिन ऊ भरसक कोसिस गथ्र्यो । उसले घिसार्दै पिकालाई साथ लगाउँथ्यो, नत्र बिरामी भएको बहाना बनाउँथ्यो । उसले अहिलेसम्म नारीलाई नजिकबाट चिनेको थिएन, त्यसैले आत्तिन्थ्यो । उसलाई आफूले अन्य पुरुषले जस्तो आफ्नो भूमिका निर्वाह गर्न नसकुँला मात्र होइन, बरु नाकै काटिने गरी असमर्थ हुँला भन्ने लाग्थ्यो । कहिलेकाहीँ आफ्नो दकसमाथि विजयी भयो भने ताइगाबाट हुत्तिँदै निस्केर कोर्रा झट्कार्ने मोरोजकाको क्रुद्ध आकृति उसको आँखासामु नाच्थ्यो र उसका हातखुट्टा सुन्निन्थे । यस्तो बेला त्रास र मोरोजकाको गुन तिर्न नसकेको खिन्नता मिलेर उसको हृदय अँठ्याउँथे ।
प्रस्तुतिः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *