“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, ३१ असार । भारतीय पत्रिका इकोनोमिक टाइम्सले देउवाको भारतसँगको पुरानो सम्बन्ध भएकोले नयाँ दिल्लीप्रति झुकाव हुने उल्लेख गरेको समाचार छ । देउवाले महाकाली सन्धि गरेर भारतलाई रिझाएको उतिबेलै चर्चा चलेको थियो । हिन्दुस्तान टाइम्सले नेपालको प्रजातन्त्रलाई अदालतले उद्धार गरेको उल्लेख गरेको खबर छ । यसबारे अदालतले नेपालको व्यवस्थापिकामाथि आक्रमण गरेको पनि चर्चा चलेकै हो । फस्ट पोस्ट पत्रिकाले चीनलाई टक्कर दिन पनि भारतले देउवाको साथ लिनुपर्ने लेखेको उल्लेख छ । अमेरिकी साम्राज्यवादको चीनलाई घेरामा पार्ने गोटीमा भारत सहयोगी भएको समाचार पनि पुरानै हो ।
देउवाले भारतसँगको सीमा विवादमा कडा अडान नलिएको हुँदा देउवाको कार्यकालमा दुई देशको सम्बन्ध सुमधुर हुने कुरा भारतका धेरैजसो सञ्चार माध्यममा उल्लेख भएको पनि खबर छ । नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन भारतले नेपालको अतिक्रमित भूमि फिर्ता गरी सीमा अतिक्रमण नगर्ने र कालापानीबाट भारतीय सेना हटाउनु जरूरी छ । देउवा नेपालीको यो अडानलाई छोडेर भारतीय एकाधिकार पुँजी र विस्तारवादको कठपुतली भएमा उनलाई तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुनेछैन । त्यसबेला देउवाको विकल्प प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र चुनाव घोषणा गर्ने हो । यसरी हुने चुनावमा देउवाको नेकाको पराजय हुने निश्चित छ ।
भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार देउवालाई बुढानीलकण्ठ पुगेर बधाई दिएको समाचार प्रकाशित भयो । भारतीय परराष्ट्र मन्त्रालयले यसलाई प्रम देउवाले राजदूत क्वात्रालाई स्वागत गरेको भनी तोडमरोड ट्वीट ग¥यो । भारतीय जनता पार्टीको विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले बुधबार नै देउवालाई टेलिफोनमा बधाई दिएको खबर छ ।
पाँचाँै पटक प्रम भएका देउवालाई भारतीय प्रम मोदीको बधाई नआएको भनी समाचार प्रकाशित भइरहेको छ । बधाई एउटा औपचारिकता हो, मुख्य विषय भारतीय प्रम मोदीमा रहेको एसियाभन्दा टाढा अमेरिकी साम्राज्यवादको गोटी बनेर दक्षिण एशियामा उपद्रव मच्चाउने फासीवादी चरित्र छोड्नु जरूरी छ । पाँचौँ पटक प्रम भएका देउवाले अब म भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको कठपुतली बन्दिनँ भन्ने अडान लिनु आवश्यक छ । अनि मात्र दुई देशको सम्बन्ध सुमधुर हुनेछ ।
Leave a Reply