तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ३१ असार । नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिको आयोजनामा बुधबार ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका अध्ययन गोष्ठी अनलाइनमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले संयुक्त राज्य अमेरिकाले क्युवामाथिको कठोर नाकाबन्दी तुरुन्त फिर्ता गर्नुपर्ने बताउनुभयो । सरा अमेरिकाको इसारामा क्युवाको सम्पर्कमा रहेका देशबाट पठाइएका सामग्रीसमेत रोक लगाई अमानवीय काम भएकोमा उहाँले भत्र्सना गर्नुभयो । क्युवा सरकारले क्युवाली जनतामा धैर्य गर्न र साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्न आग्रह गरेको उहाँले बताउनुभयो ।
उहाँले सर्वाेच्च अदालतको फैसला संविधानको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताउनुभयो । उहाँले पुँजीवादी संसदीय व्यवस्था वेस्टमिनिस्टर प्रणाली असफल भएकोले समाजवादको लागि अघि बढ्न आग्रह गर्नुभयो । उहाँले गण्डकी प्रदेशमा सांसदबीच हानाहानको स्थिति बाग्मती प्रदेशमा पनि देखापरेको सङ्केत गर्दै नेमकिपाले संसदीय मूल्य मान्यताको भूमिका खेलेको स्मरण गर्नुभयो ।
केन्द्रीय सदस्य नारायण महर्जनले राजनैतिक अस्थिरताले देशको हित नहुने र उँभो नलाग्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिका उपाध्यक्ष गणेशमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजवीर डंगोल, जिल्ला समितिका विश्वक डंगोल, हरिशरण श्रेष्ठ, पुरुषोत्तम महर्जन, रामचन्द्र्र महर्जन, विद्यार्थी मन्दिरा महर्जन, मुना तामाङ, ई. रामलाल महर्जन र महेश्वर महर्जनले बोल्नुभएको थियो ।
Leave a Reply