भर्खरै :

किम इल सङ महाकाव्यका नायक बन्न गुणसम्पन्न

– नारायमान बिजुक्छें (रोहित)
(कवि रामप्रसाद ज्ञवालीकृत महाकाव्य ‘स्वप्नदृष्टि’ को शनिबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले व्यक्त गर्नुभएको मन्तव्यको सार–सङ्क्षेप ।)

कवि रामप्रसाद ज्ञवालीको यात्रा–महाकाव्य ‘स्वप्नदृष्टि’ हेर्ने अवसर पाएँ, नेपाली साहित्यले एउटा नयाँ सुन्दर कृति प्राप्त ग¥यो । यो अत्यन्त सुखद् विषय हो ।
प्रा.डा. महादेव अवस्थी नेपाली भाषाका झण्डै २०० महाकाव्यमध्ये ८ वटा चर्चित र उत्कृष्ट सम्झिने महाकाव्यहरूसँग संस्कृत काव्यशास्त्रीय मान्यताअनुरूप तुलनात्मक अध्ययनबाट निष्कर्षमा पुग्नुभयो –‘प्रस्तुत ‘स्वप्नदृष्टि’ उच्चस्तरको महाकाव्य बन्न गएको छ र यसले रामप्रसाद ज्ञवालीमा उच्चस्तरको महाकाव्य रच्न सक्ने सम्भावनाको छनक पनि दिन्छ ।’
अझ उहाँले कविलाई हौस्याउनुहुन्छ –‘… अझ उच्चतर गुणस्तरको महाकाव्य–शिखर उहाँका अगाडि खडै छ र उहाँले त्यस महाकाव्य–शिखरका आरोहणको चुनौतीसँग भिड्न बाँकी नै छ ।’
‘स्वप्नदृष्टि’ पढ्दै जाँदा प्रजग कोरिया र किम इल सङको सन्दर्भ पढें । मेरो मनको एक कुनामा किम इल सङकै विषयमा कवि ज्ञवालीको कलमबाट महाकाव्यको कल्पना गर्न पुगें र भेटघाटमा कविजीसँग बताएँ पनि ।
कवि ज्ञवालीजीको उच्च मूल्याड्ढनमा प्रा.डा. महादेव अवस्थीले भन्नुभयो –‘… तपाईं महाकाव्यकार मात्र होइन, महाकाव्यका विद्यावारिधि पनि हुनुहुन्छ ।’
डा. देवी नेपालले ‘कवि रामप्रसाद ज्ञवाली वैयक्तिक अनुभूति ः निर्वैयक्तिक शब्द चित्र’ मा रचनाकारको विविध विधाका कृतिहरूबारे व्यवस्थित बयान गर्नुभएको छ र उहाँको ‘छन्द जागरण’ र ‘छन्द बचाउँ’ आन्दोलनको सार्थकता र सकारात्मक परिणामबारे उल्लेख गर्नुले सारमा कविको एक महत्वपूर्ण व्यक्तित्व उजागर हुन्छ ।
डा. देवी नेपालले ठीकै भन्नुभयो –‘स्वप्नदृष्टि’ आख्यान प्रधान नभएर अनुभूति प्रधान महाकाव्य हो ।’
‘महाकाव्य मूलतः कविता हो, आख्यान होइन । महाकाव्यमा आख्यानले कवितालाई जित्नुहुँदैन’ भन्ने मान्यता मेरो विचारमा छलफलको विषय हो ।
यात्रा महाकाव्य ‘स्वप्नदृष्टि’ को शास्त्रीय र साहित्य मूल्याड्ढन प्रा.डा. महादेव अवस्थी र डा. देवी नेपालले गर्नुभयो, उहाँहरूको मूल्याड्ढन पढ्दा मैले साँच्चै साहित्य पढेको अनुभव गरें ।
‘स्वप्नदृष्टि’ को महत्वपूर्ण दिनमा महाकवि रामप्रसाद ज्ञवालीजीलाई हृदयको भित्रैदेखि बधाई दिन्छु । साथै प्रा.डा. महादेव अवस्थी र डा. देवी नेपालसँग परिचित हुने अवसर जुराई दिनुभएकोमा ज्ञवालीजीलाई धेरै–धेरै धन्यवाद !
प्रगतिशील साहित्यकार रामप्रसाद ज्ञवालीसँगको परिचयले नेपाली साहित्यबारे छलफल गर्ने एक मेसो प्राप्त गरें भन्ठान्छु ।
पीडित राष्ट्र र देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकताको समर्थन गर्नु, विस्तारवाद र साम्राज्यवाद तथा साम्राज्यवादी युद्धको विरोध गर्नु र त्यस उद्देश्यबाट रचित साहित्य र कला प्रगतिशील हो । प्रगतिशील साहित्यले सदा शोषण, अन्याय, अत्याचार, थिचो–मिचोको विरोध गर्छ भने मित्रता, मेलमिलाप र शान्तिको समर्थन गर्छ । यो नारा होइन नीति हो ।
साहित्यकार र कलाकारले आफ्नो कलम र कुचीद्वारा माथिका विषयलाई हृदयस्पर्शी ढङ्गले आफ्ना रचना जनताको अगाडि पस्कने गर्छन् ।
पूर्ववक्ता केही साथीहरूले बोल्नुभएका केही असमझदारीबारे प्रस्ट गर्न चाहन्छु –
१) पश्चिमी पाहुनाहरू नै प्रजग कोरियालाई ‘सपनाको देश’, त्यहाँको प्रगतिलाई ‘आश्चर्यजनक’, ‘विस्मयकारी’ (मिराकल), नसोचेको जस्तो प्रगति बताउँथे । मेरो विचारमा प्रजग कोरिया वीरहरूको मात्र देश होइन, कलाकारहरूको पनि देश हो । निर्माणको द्रुतताको कुरा गर्ने हो भने ११ महिनाभित्र ५ लाख जनताको निम्ति आधुनिक आवास क्षेत्र बनाइएको थियो ।
किम इल सङ एक सर्वोच्च कमाण्डर इन चिफ, वीर र धीरमात्रै होइनन्, एक कवि, लेखक र ‘शताब्दीसँग’ को संस्मरणमा उहाँले सा¥है मर्मस्पर्शी सम्झनाहरूको लिपिबद्ध गर्नुभएको छ । यसकारण उहाँ महाकाव्यका एक महानायक हुनु सा¥है सान्दर्भिक हुने देख्छु ।
केही पूर्ववक्ता साथीहरूको चीन र जापानले कोरिया प्रायः द्वीपलाई मिल्न दिन चाहन्नन् भन्ने ठम्याइ पूर्ण रूपले खोटपूर्ण छ । संरा अमेरिकाले दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा अणु बम खसालेपछि जापानले आत्मसमर्पण ग¥यो । अमेरिकी कमाण्डर इन चिफ म्याकार्थीले जापानी राजालाई दिएको आजको संविधान अमेरिका र बेलायतले बनाएको संविधान हो । संरा अमेरिका कोरिया प्रायःद्वीप, जापान, चीन र पूर्वी एसियाका देशहरू मिलेको, शान्ति र प्रगति भएको हेर्न चाहँदैन । यसकारण दक्षिण कोरिया, जापान, फिलिपाइन्स आदि पूर्वी एसियाली देशहरूमा संरा अमेरिकी सेना तैनाथ छ ।
कोरिया प्रायःद्वीपमा युद्ध विराममात्र भएको हो, शान्ति सम्झौता भएको छैन । कुनै पनि बेला युद्ध छेड्न सक्ने हुँदा २४ सै घण्टा र बा¥है महिना सबै सतर्क रहन्छन् ।
जहाँसम्म किम इल सङ, किम जङ इल र किम जङ उनको ‘जहानियाँ शासन’ को विषय छ – युद्धको कारण र अन्य परिस्थितिले त्यसो हुन सक्ने सम्भावना हुन्छ । भारतमा नेहरू, इन्दिरा गान्धी र राजीव गान्धी, पाकिस्तानमा जतिफकर अलि, भुट्टो र बेनजिर भुट्टो, श्रीलड्ढामा बन्दरनायके र श्रीमती बन्दरनायके र छोरी चन्द्रिका कुमारातुङ्गा, बङ्गलादेशमा शेखमुजिबुर रहमान र खालेदा जियाका पति–पत्नीहरूले नै शासन गरे । त्यस्तै इन्डोनेसियामा सुकार्नो र सुकार्नो पुत्री, बर्मामा बुबा र छोरी, नेपालमा पनि एउटै परिवारका धेरैले सत्ता चलाए भने संरा अमेरिकामा पनि बाबु, छोरा र नातिले पनि सरकार चलाएको उदाहरण छ ।
रचनाकार ज्ञवालीले पेक्डु पर्वतको यात्रा गरेका भए फूलै–फूलबारे काव्य रचना गर्नुहुने थियो । चीनमा कविका मोबाइल हराएको भन्ने जस्तो घटना पहिले कहिल्यै हामीले भोगेनांै, आज चीन खुला छ र पूर्वदेखि पश्चिमसम्मका पर्यटकहरू हुँदा त्यसो भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *