बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित दक्षिण कोरियाका विश्वविद्यालयका प्राध्यापकहरूको टोलीले आइतबार नगरपालिका कार्यकक्षमा भेट गर्नुभयो ।
भेटमा फोहरबाट ऊर्जा उत्पादन र वातावरण सुधारसम्बन्धी छलफल भएको थियो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर सरसफाइमा नमूना नगर भएको तर भूकम्पपछि केही समस्या आएको बताउँदै आफूहरू निर्वाचित भएपछि कुहिने र नकुहिने वस्तुहरू छुट्टाछुट्टै सड्ढलन गरी कुहिने वस्तुहरूलाई कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री गरिने नीति तयारी गरिरहेको बताउनुभयो ।
उहाँले ख्वप कलेजमा अध्ययनरत वातावरण विज्ञानका विद्यार्थीहरूले भक्तपुरको वातावरण सुधार गर्न विभिन्न पक्षको अध्ययन गरिरहेको जानकारी गराउँदै टोल टोलमा रहेका टिम, क्लबहरूलाई परिचालन गरी वातावरणमा सुधार ल्याउने कोशिश गरिरहेको बताउनुभयो ।
टोलीको नेतृत्व गर्ने योन्सेइ विश्वविद्यालयका प्राध्यापक टाय योङ जङले दक्षिण कोरियाली राजधानी सिउलमा संसारकै सबैभन्दा ठूलो ल्याण्डफिल साइट रहेको र त्यहाँफोहरबाट ५० मेघावाट बिजुली उत्पादन गरेको बताउनुभयो ।
उहाँले नेपालमा पनि त्यस्तै गर्न चाहेको बताउँदै भक्तपुर नगरपालिकासँग सहकार्य गरी अघि बढ्न चाहन्छौ भन्नुभयो ।
भेटमा भनपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र कोरियाली टोलीको तर्फबाट कोरिया विश्वविद्यालयका प्राध्यापक डाक्टर सुङ जिन काङ र जलवायु परिवर्तन तथा ऊर्जा वचत कन्सल्ट्यान्सी काकार्यकारी निर्देशक चो क्योङ ओ तथा त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक संगीता सिंहको पनि उपस्थिति थियो ।
Leave a Reply