भर्खरै :

मदन पुरस्कारको लागि नौ पुस्तक चुनिए

काठमाण्डौ, २५ असार । २०७३ सालको मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले प्रस्तावित नौ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । आइतबार गुठीले एक वक्तव्य जारी गरी कुल १ सय ९५ पुस्तकमध्येबाट नौ वटा छानिएका पुस्तकको नाम सार्वजनिक गरेको हो ।
श्रेष्ठ सूची छनौट गर्नका लागि गठित समितिबाट प्राप्त नौ पुस्तकहरुको सूची (अकारादि क्रममा) मा प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङ्छाको दोहाको सीधा उडान र घनश्याम कँडेलको धृतराष्ट्र परेका छन् । त्यस्तै हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ चुनिएका छन् ।
वक्तव्यमा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *