क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
राष्ट्रघाती एमसीसी परियोजना खारेज नगरेको कारण सत्तारुढ दल नेका र माओवादी केन्द्रको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । एमसीसी परियोजना लागू गर्न नेका लागिपरेको यथार्थ हो । सरकारमा सामेल नेकपा (माओवादी केन्द्र) ले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक नगरी एमसीसी सम्झौतालाई मौन समर्थन गरेको देखिन्छ । एमसीसी परियोजना पारित गर्न नहुने सवालमा नेका र माओवादी केन्द्रका केही नेताहरूले फरक मत राखेको समाचार प्रकाशमा आयो ।
माओवादी केन्द्रको केन्द्रीय समितिको दुईदिने बैठकमा नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट नभएको बताए । एमसीसीबारे अध्यक्ष स्वयं अस्पष्ट भएकाले जनतामात्र होइन नेता तथा कार्यकर्ताहरू पनि अन्योल र अस्पष्ट भएको विचार उनीहरूले व्यक्त गरे । सर्वहारा वर्गको प्रतिनिधित्व गरिरहेको नेकपा माओवादी केन्द्रमा अध्यक्षसहित अन्य नेताहरूमा सामन्ती चरित्र देखिएको कुरा पनि बैठकमा उठेको सञ्चारमाध्यममा आएको छ । अध्यक्ष दाहालको ऐयासी जीवनशैलीबारे नेताहरूले प्रश्न उठाएका थिए । समाजवादी सिद्धान्त र विचारको वकालत गर्न थालेका अध्यक्ष दाहालमाथि पुँजीपति, शोषक र जमिनदारहरूको प्रतिनिधित्व गर्ने दल नेकाको सरकारमा किन सरिक भयो भनी प्रश्न उठाइएको थियो । माओवादी केन्द्रको बैठकमा उठाइएका यी प्रश्नले माओवादी केन्द्रको नीति अस्पष्ट या धुलमुले, नेकाको सरकारमा सामेल भएर गल्ती गरेको र माओवादी अध्यक्षको जीवनशैली सामन्ती चरित्रको भएको प्रस्ट पार्छ ।
हुन पनि माओवादी केन्द्र र नेकाको सिद्धान्त र विचार फरक फरक धारका छन् । पार्टीले लिएको सिद्धान्त र कार्यनीतिको आधारमा एक अर्कासँग मेल खाँदैन । कम्युनिस्ट पार्टीले पुँजीवादी व्यवस्था या पुँजीपति वर्गको पक्षपोषण गर्दैन । पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था ल्याउन नै कम्युनिस्ट पार्टीहरू सङ्घर्ष गर्छन् । कानुनी र गैरकानुनी सङ्घर्ष गर्नुपर्ने दल माओवादी केन्द्र नेकासँगै घाँटी जोडेर अघि बढेपछि माओवादीको हैसियत कता पुग्यो ? के माओवादी केन्द्र पनि एमालेझैँ भाइकाङ्ग्रेस बन्न गएको हो ? अस्वाभाविकरूपमा गठन भएको नेकासँग माओवादी केन्द्र किन सती गएको भनी सर्वत्र प्रश्न उठाइएको छ ।
Leave a Reply