क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
मान्छे वा प्राणी सधैँ बाँच्दैन । यदि मान्छे सधैँ बाच्ने भए यो संसार वा सृष्टि टिक्थ्यो वा टिक्दैनथ्यो । टिके कसरी टिक्थ्यो नटिके के हुन्थ्यो होला ! यो एउटा परिकल्पनाको कुरो भयो । तर, खास खास योगदान गरेका व्यक्ति मरेपछि पनि सम्झनाको निम्ति सालिक बनाएर सार्वजनिक ठाउँमा स्थायीरूपमा प्रतिष्ठापन गर्ने चलन बसालिएछ । नेपालमा राणा शासकहरूले यो सालिक राख्ने पद्धति सुरू गरे । कोबाट सिके, कताबाट सिके त्यो बेलीविस्तारतिर नजाउँ जस्तो लाग्यो । तर, त्यो सालिक राजधानीको मूल सडकका बीचमा राखिए । यो दृष्टिकोण त्यतिबेला बेठीक थिएन । राज्य शासन यातायातका दृष्टिले त्यति साँगुरो थिएन किनभने काठमाडौँ खाल्डो सडकसँग जोडिएकै थिएन । भीमफेदीदेखि मान्छेहरूले बोकेर ल्याउँथे मोटरहरू त्यस्तै गरेर चल्न इन्धन नभई हुँदैनथ्यो । बिजुलीबाट चल्ने सवारी साधनको त्यतिबेला कल्पना पनि थिएन होला । त्यो युगमा पनि तत्कालीन शासक वर्ग राणाहरूका सालिक निर्माण गर्न लगाई मूल सडकका बीचमा राख्न लगाउने चेत आउनु पनि नितान्त नौलो लाग्यो । अब राणा शासनपछि शाह शासन फेरि फक्र्यो । राणा शासकले आफ्नै एकछत्र शासनको समयमा स्थापना गरिएका सालिकहरू सडकबाट झिकेर तत्तत् स्थानका टुँडिखेलभित्र सारियो । थप सिंहदरबारको पश्चिम ढोका अगाडि राजा पृथ्वीनारायण शाहको, त्रिपुरेश्वरमा राजा त्रिभुवनको, राजदरबार दक्षिणको ढोकामा राजा महेन्द्रको सालिक स्थापना गरियो । एउटा सालिक स्थापनाको युग हेरियो हामीले । यो सालिक बनाउने युगको अन्त भएको छैन । अब त अरू अरूका पनि सालिक बने, बन्दै छन् ।
प्रतिबन्ध नै लगाउने पो हो कि ?
अब सालिक संस्कारले अर्को रूप लियो । जो सम्बद्ध व्यक्तिको नाममा संस्था गठन हुने भयो । त्यसको नाम सबैतिर एउटै प्रकारको रहेन । कतै के कतै के नाममा प्रतिष्ठान बने, समिति बने । अरू जनता नतातेपछि सम्बद्ध व्यक्तित्वका छोराछोरीहरू नै जुर्मुराए । यो छोराछोरी क्रियाशील भई सालिक निर्माण र प्रतिष्ठान बनाउनु भनेको मलाइ उम्दा लागेन । गणेशमान प्रतिष्ठानको अध्यक्ष छोरा प्रकाशमान, गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा छोरी सुजाता, महेन्द्रनारायण निधिको प्रतिष्ठानमा छोरा विमलेन्द्र निधि, हुँदा हुँदा सिद्धिचरणको नामको प्रतिष्ठानमा छोरा रविकिरण हुने पद्धतिजस्तै बस्यो । यस्ता प्रतिष्ठानका नाममा संस्थानहरूमा सम्बद्ध व्यक्तिहरूका उत्तराधिकारी वा सन्तान अध्यक्ष वा संस्था प्रमुख बन्नै नमिल्ने प्रावधान राख्नुपर्ने देख्दछु । अहिले पनि विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिह, मनमोहन अधिकारीजस्ता व्यक्तित्वहरूका नाममा संस्था खोल्नै निषेध गर्ने पो हो कि ? नाता नपर्ने बरू श्रद्धा गर्नेे, चोखो मन भएका मान्छेहरूको सङ्गठन वा प्रतिष्ठान बने भने बरू यत्किञ्चित छोराछोरी वा परिवारका सदस्यहरूले नेतृत्व गरेका संस्थालाई मान्यता नै नदिने परिपाटी बसाल्नुको बरू औचित्य होला यत्किञ्चित । पार्टीको नेता पनि भो, बाबु आमाको नाममा संस्थान बनायो । सरकारसँग पैसा लियो संस्थानको नाममा । अन्ततः त्यसरी आर्जन गरेको कमाइ फेरि मत बटुल्ने काममा नै प्रयोग ग¥यो । यसखालका लाभ लिने चलन अविलम्ब अन्त हुनुपर्छ, अझ प्रतिबन्ध नै लगाउने हो कि ?
पैसा दिन बन्द गर्नुपर्छ
समाजको चातुर्दिक विकासको क्रममा पुस्तकालय, वाचनालयका अतिरिक्त लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण समजस्ता पहिलो पुस्ताका व्यक्तित्वहरूका नामबाट नै मानिसहरू सज्जन हुने, समाजका लागि केही न केही योगदान गर्ने तरखर गर्ने प्रवृत्ति देखिन्थ्यो नेपाली समाजमा केही वर्ष अघिसम्म । तर, यो राजनीतिक बेथिति आएपछि, पैसा कमाउने जसरी भए पनि तिर बसालियो । त्यसरी कमाएको पैसो राजनीतिक पार्टीको नेताको पोल्टामा पु¥यायो । त्यही आधारमा सांसद भयो, अझ सके मन्त्री, राज्यमन्त्री नै भयो । अति कमायो । फेरि लगानी ग¥यो, फेरि कमायो । के धन्धा सुरू भयो यो समाजवादउन्मुख गणतन्त्र आएपछि । हो, त्यो पुस्ताले त्याग ग¥यो, तपस्या ग¥यो तर मन्त्री पनि भयो । बाबुले, आमाले राजनीतिमा क्रियाशील यो अग्रगामी भएकै कारणबाट छोराले, छोरीले विकसित मुलुकमा पढ्ने अवसर पाएर विज्ञ विशेषण भएका पनि निकै छन् । त्यही नाताले थुपै्र कमाउने पनि थुप्रै छन् । तीबाट केही झरेको छ ? यस्ता संस्थानमा ? सरकारी आयमा प्रभाव पर्ने गरी कर छुट, माल वस्तुहरूको न्यून बीजकीकरण गरी राजस्व घटाउने काममा पनि यस्तै सत्ताका सन्तानहरू क्रियाशील हुनेजस्ता राजस्वमारा नकाममा पनि यिनकै चलखेल ¤ अब त बाबु–आमाका नाममा संस्थान खोली थुप्रै रकम कमाउनेहरू पनि यिनै रे ? कस्तो अनर्थ ? यसरी एउटा परिस्थितिमा एकाधपल्ट यसो केही सहयोग पु¥याएको नाममा वर्षौँ पछिसम्म बाबुआमाको पवित्र नाम बेचेर कमाउने भाँडो बनाएका संस्थानहरूलाई सरकारले पैसो दिन बन्द गर्नैपर्छ ।
एउटा टुङ्गोमा पुग्नु राम्रो
यसरी सत्तामा पुग्ने किंवा सत्ता नजिक पुग्नेहरूका बाबु–आमाको नाममा बर्सेनि करोडौँ करोड राज्यको ढुकुटीबाट रकम प्राप्त गर्ने तथा विशाल डाँडा–पाखामा नेताको रूपमा प्रतिमा स्थापना गरी परम्परादेखि गाउँले बाजे, बज्यै र बाबु–आमाले संरक्षण गर्दै आएका विशाल भूमि कब्जा गर्ने अभ्यास बन्दै गर्नुपर्छ । डोरबहादुर विष्टका माहिला छोरा केशरबहादुर विष्टले आफ्ना बाबु डोरबहादुर बेपत्ता भएको केही वर्षपछि आफ्नै घरको प्राङ्गणमा बाबुको स्मरणका निम्ति के के हो निर्माण गरेर अद्वितीय श्रद्धा व्यक्त गरेका छन् । यसो गर्दा एउटा कुरा भने अप्ठेरो पर्दोरहेछ । त्यो हो, ती श्रद्धाभक्तिका संरचनाहरूलाई कसरी सार्वजनिक गराउने ? खास व्यक्तिले आफ्ना आमा–बाबुका नाममा आफ्नै पिँढी, आँगन र चोकमा स्थापना गरेका त्यो पनि आफ्नै खर्चमा स्मारकमा । अरू सर्वसाधारणले कसरी आदर र सम्मान प्रकट गर्ने ? मैले यो बुझिनँ । अबको ४, ५, ६, ७ पुस्तापछि समाज कसरी अघि बढ्छ एकातिर भने अर्कोतिर त्यस्ता श्रद्धेय व्यक्तित्वका उत्तराधिकारी किंवा सन्तान कुन खालका जन्मन्छन् ? त्यसमा पनि भरपर्छ । यो एउटा छलफलको विषय भयो । जे भए पनि यो एउटा उत्तम काम भयो । सबैका छोराछोरी डोरबहादुरका जस्ता पनि हुँदैनन् । सरकारी खर्चमा, सरकारी स्वामित्वमा रहने गरी नेताका नाममा संस्थान, प्रतिष्ठान स्थापना गर्नु एउटा कुरा तर सरकारले छोराछोरी प्रमुख हुने संस्थामा लगानी गर्नु सही हो जस्तो लागेन । तसर्थ, व्यक्तिको नाममा संस्था स्थापनाका बारेमा छलफल चलाउनु राम्रै होला ।
Leave a Reply