भर्खरै :

सरकार छ छैन ? भए कस्तो छ ?

दौरा, सुरूवाल, भादगाउँले कालो टोपी वा सक्कली ढाका वा तीन तहको नेपाली टोपी रातोदिन लगाउँछ । तसर्थ, त्यो व्यक्ति देशभक्त नेपाली हो भन्ने आग्रहमा प¥यौँ भने त्यो भयावह घोषणा हुनसक्छ । आफ्नै खेतबारीमा खनेको भए पनि कालीमाटीको गहिरो खाल्टोमा खस्छ मान्छे । खाल्टो भनेको खाल्टो नै हो जो आफ्नो वा अरूको जमिनमा खनेको भनेर अन्तर हुँदैन । मान्छे वा प्राणी खाल्टोमा खस्यो भने खस्यो कसको जमिनको खाल्टो भन्नेले खासै अन्तर पर्दैन । आजको नेपालको सरकार कसको सरकार हो र कसको स्वार्थअनुसार बनेको छ त्यसमा भर पर्छ । सामान्यतः प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्रमा सरकार राजनीतिक पार्टीका बन्छन् । सरकार बनाउने पार्टीले निर्वाचन घोषणापत्रअनुसारका काम गर्छन्, त्यसैअनुरूप नीति र कार्यक्रम ल्याउँछ सरकारले र सोही नीति र कार्यक्रम कार्यान्वयन हुन्छ । सिद्धान्ततः जनता कहिले रिझिन्छ कहिले रिझिँदैन । यो राजनीतिको एउटा पक्ष भो । हरेक सिक्का दुई पाटा भएझैँ राजनीतिक पार्टी पनि समान्यतः दुई पाटा हुन्छन् एउटा सत्ता पक्ष अर्को प्रतिपक्ष । यो आजको नेपालको सरकार पक्षको पनि होइन, प्रमुख प्रतिपक्षको पनि होइन । यदि साँच्चै भन्ने हो भने यो सरकार उभय पक्षीय सरकार हो । यो पार्टीले बनाएको सरकार नै होइन सर्वोच्च अदालतको संवैधानिक विशेष अदालतले अमुक व्यक्तिको प्रधानमन्त्रित्वमा यति समयभित्र सरकार बनाउनु भन्ने परमादेशबमोजिम सरकार बनेकोले यो जनताको वा पार्टीको सरकार कदापि होइन ।
सेवाबाट रोगमा बदलिन लाग्यो
हाकाहाकी ठाडै भन्ने हो भने देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार विदेशी स्वार्थका लागि आएको हो । त्यसैको फलस्वरूप त हो प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डललाई पूर्णता नै दिन सकेका छैनन् । देउवा पाँचौँपल्ट प्रधानमन्त्री भएको गएको असार २८ गते एक महिना पुगिसक्यो । यस्तै अमिल्दो कुरा २०६९ मा पनि भएको थियो दुई दुई वटा संविधानसभा निर्वाचित भए पनि संविधान नटुङ्गिएकोले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरियो । बरू त्यो अराजनीतिक सरकारले निर्वाचन गराएर राजनीतिले पाइला सारेको थियो । यो देउवा सरकारले गरेका यस्तै सङ्गति नमिलेका काम कति छन् कति ? के साँच्चै नेपालको राजनीतिक दलहरूसँग राज्य सञ्चालनको अनुभव नभएकै हो त्यसो हो ? भनौँ भने देउवा प्रधानमन्त्री भएको यो पाँचौपल्ट हो । माओवादीका प्रचण्डले सरकारको नेतृत्व गरेमा देशले विकासमा फड्को मार्छ भन्नेहरू पनि कम सङ्ख्यामा थिएनन् । तर, नेपालले गति लिन सकेन । राजनीति त झन् मूच्र्छित अवस्थामा पो छ । नेताहरू आफू आफ्नालाई मात्र हेर्ने भए । एउटा ठूलै नेताले मलाई मन्त्री नबनाए तपाईंकै सामुन्ने आफैलाई गोली हान्छु र आत्महत्या गर्छु सम्म पनि भने रे ¤ अब कति जनालाई मन्त्री बनाउनु ? बढीमा २६ जना मन्त्री हुनसक्छन् एकपल्टमा मन्त्री नगराए आत्महत्या नै गर्ने भएपछि समस्या भएन र ? राजनीति सेवाबाट रोगमा बदलिन लाग्यो ।
हलेदो भनेपछि किन कोट्याउनु ?
राजनीतिमा मतको मान्यता सर्वाधिक हुने गर्छ । बहुमतले अल्पमतउपर शासन गर्छ । तर, यस्तो मतले मान्यता सधैँ पाउँदैन । हामीकहाँ सधैँ मतको परीक्षण पनि गरिँदैन । कसको कुन निकायमा कति मत छ र भन्ने वैध गणना निर्वाचनको रूपमा मात्र गरिन्छ । तसर्थ त्यस्तोमा हुनेखाने र टाठाबाठाहरू आफ्नो ढुकुटी नै खोलिदिन्छन् । निर्वाचनमा विजयी भएका त्यसरी खोलिएको ढुकुटी सजिलै भर्न सकिन्छ । धनुषाका एकजना राजनीति नपढेका पण्डित थिए । उनी पञ्चायतकालमा धेरैपल्ट मन्त्री पनि भए, कमाए छताछुल्ल भए । राष्ट्रिय पञ्चातको निर्वाचन आयो भने धनुषाको उनको निर्वाचन क्षेत्रका गाउँले मतदाता नारी पुरूष दुवै थरीले पशुपतिनाथ दर्शनको अवसर पाउँथे रे । गृहिणीहरूले एउटा फरिया, चोलो, चुरा–धागो, ऐना पनि पाउँथे रे । एउटा मत दिएबापत ती सौगात पाइने रहेछ । झन्डै तीस वर्ष यस्तो अभ्यासमा प्रत्यक्ष नै लाभदायी छ भन्ने अनुभव गरेका हाम्रा मतदातामा कता कता त्यस्तो केही न केही लिएरमात्र मत दिने गलत बानी नै लाग्यो । फलतः राजनीति किन्न पाइने नै भयो । जब राजनीति किन्न पाइने भयो तब राजनीति कमाउने भाँडोको रूपमा बदलिन लाग्यो । पैसा हुनेहरूसँग राजनीति रत्तिन लाग्यो । परिणाम जसरी पनि पैसा कमाउनुपर्ने भयो । कैयौँ पैसा कमाएकाहरूले राजनीति किन्ने भए । पार्टीका नेतालाई मनग्गे पैसा दियो मन्त्री, राज्यमन्त्रीजस्ता पद किन्यो । आजको सन्दर्भको मूल सार पनि योभन्दा नितान्त पृथक देखिएको छैन । हलेदो भनेपछि पहेँलो हुन्छ नै किन कोट्याइरहनुपथ्र्यो र ?
गतिहीन राजनीतिको औचित्य !
राज्य भनेको राज्य नै हो राज्य जनताको हुन्छ र हुनुपर्छ । तर, हाम्रा राजनेताहरू यो राजनीतिक बा¥हखरी कति बुझ्छन् वा बुझ्दैनन् बुझ्न नै हम्मेहम्मे भयो । राजनीतिको बा¥हखरी नखारिकन राजनीतिको केन्द्रीय नेतृत्वमा पुग्नुनपर्ने हो । तर, सरसरति आजको राजनीतिक माहोल हेर्दा हाम्रो मुलुकका राजनेताहरूले राजनीतिक बा¥हखरी खारेजस्तो लाग्दैन । मुद्दा हो मूलतः राजनीतिको । तर, राजनीतिविहीन उपचार गर्न खोजेजस्तो लाग्छ । राजनीतिक मुद्दाको मूल उपचार राजनीतिक नै हुन्छ । यो वस्तुतथ्य दोहो¥याइरहनु पर्दैन । मजस्ता सत्ताको राजनीतिसँग सरोकार नराख्ने मान्छेले त कम्तीमा यति बुझेछ भने सत्ताका निम्ति राजनीति गर्ने तपाईंं शीर्ष तहको नेताले पक्कै पनि योभन्दा माथिल्लो तहको राजनीति बुझेकै हुनुपर्छ । तर, विद्यमानमा राजनीति जसरी स्थिर भएको छ त्यो हेर्दा सकारात्मक हुने किञ्चित पनि बाटो छैन । के गरेको होला यस्तो ? राजनीति जहिले पनि गतिमान हुनुपर्छ र गतिमान हुन्छ पनि । किन्तु यस्तो सर्वमान्य मान्यता नेपालमा भने गएको असार २९ गतेबाट गतिहीन छ । गतिशून्य राजनीतिको परिणाम जहिले पनि बिनाप्रतिफलको हुन्छ । प्रतिफल नै जब अपेक्षित गरिँदैन भने परिणाम शून्य हुने नै भयो । नेताहरू मूच्र्छित नहुनुहोस् क्रियाशील हुनुहोस्, नत्र छोड्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *