आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
-दावा ग्याल्मो
पूर्वी भुटानका थुक्तेन वाङ्चुक आफ्नो घरमा बसेर लगातार आफ्नो स्मार्टफोनमा दार्जिलिङको पछिल्लो अवस्थाबारे बुझ्न विभिन्न समाचारमाध्यम र सामाजिक सञ्जालहरु चहारिरहेका छन् । अलग गोर्खाल्याण्ड प्रान्तको माग गर्दै दार्जिलिङमा अनिश्चितकालीन बन्द भएको महिना दिन पुग्दैछ ।
पश्चिम बंगालको दार्जिलिङको कालिङ्पोङ शहरमा अवस्थित कालिङ्पोङ सरकारी कलेजमा बीबीए अन्तिम वर्षका अध्ययनरत बीस वर्षीय वाङ्चुक गएको जुन २२ मा आफ्नो घर फर्केका थिए । प्रहरीको गोली प्रहारबाट तीन जना प्रदर्शनकारी मारिने गरी जुन महिनाको मध्यतिर गोर्खाल्याण्ड आन्दोलनले हिंसात्मक रुप लिए पछि भारत र भुटान सरकारले दार्जिलिङबाट बाहिर लगेका सयौं भुटानी मुलका विद्यार्थी र बौद्ध भिक्षुहरुमध्ये वाङ्चुक पनि एक जना हुन् ।
आफू कलेज जाने उपयुक्त समय कहिले आउने वा यो अस्थीर अवस्थाबीच खतरा मोलेरै दार्जिलिङ जाने, वाङ्चुकले केही निर्णय गर्न सकेका छैनन् । उनले जुलाई १७ तिर हड्ताल सकिने हल्ला सुनेका छन् । तर आधिकारिक रुपमा कसैले यो हल्लालाई पुष्टि गरेको छैन । ‘यतिखेर मेरो मनस्थिति अन्योलग्रस्त छ । म कलेज फर्केर पढाई चालु गर्न चाहन्छु तर फेरि त्यहाँ पुग्दा अवस्था थप बिग्रियो भने के गरुँ ?’, वाङ्चुकले भने ।
मलाई यहाँ आफ्ना आमा–बुवासँग बस्नमा खुशी लागेको छ । तर मेरो पढाई र मेरो भविष्य के हुने हो ? यदि दार्जिलिङको अवस्था यस्तै रहे हामी धेरै जना प्रभावित हुनेछौं ।
यो उनको मात्र अन्योलको मानसिकता होइन । दार्जिलिङका कलेज र विद्यालयहरुमा पढिरहेका भुटानी विद्यार्थीहरुको ठूलो समुदाय आज त्यही अन्योलको मानसिकता बोकेर बसेका छन् ।
न हातमा पैसा न त खाना
बन्द लम्बिएसँगै आफ्नो घर छोडेर डेरा गरी बसिरहेका धेरै जसो विद्यार्थीहरुको कोठामा खाने कुरा सकिसके । गोजी पनि रित्तियो । पसलहरु सब बन्द छन् । एटीएम पनि खुलेका छैनन् । यातायातका साधन पनि सबै बन्द भएका कारण उनीहरु त्यहाँबाट अन्यत्र पनि कहीँ जान सक्ने अवस्था छैन ।
‘सबै ठाउँ बन्द छन् र कुनै पनि ठाउँ सुरक्षित छैनन् ।’, कालिङ्पोङको निजी इन्स्टिच्युट रोकभेल म्यानेजमेन्ट कलेजका विद्यार्थी किन्ले याङ्छेनले सुनाइन् ।
बल्ल–बल्ल अहिले भुटानमा आफ्नो घर पुगेका २१ वर्षकी किन्लेले आफू र आफ्ना साथीहरुले पसल पसलमा खानेकुरा खोज्दै ढोका ढकढकाउँदै जानुपरेको दुःखद् कुरा सुनाए ।
इन्टरनेट सेवा अवरुद्ध भएपछि अवस्था थप खराब भएको थियो । ‘जब इन्टरनेट र मोबाइल नेटवर्क पनि बन्द भयो, हामी अझ डराउन थाल्यौं । हामीले हाम्रा आमा–बुवा र हाम्रो सरकारलाई समेत सम्पर्क गर्न नसक्ने भयौं ।’, किन्लेले भनिन् ।
अन्ततः एक साता पछि भारत सरकारका अधिकारीहरुले थुनिएर बसेका विद्यार्थीहरुलाई बसमा राखेर कडा सुरक्षा प्रबन्धका साथ दार्जिलिङ पहाडको फेदमा रहेको उत्तर बंगाली शहर सिलिगुढी पु¥याए । सिलिगुढीमा उनीहरुलाई भुटानी सरकारी अधिकारीहरुको जिम्मा लगाइयो । त्यहाँबाट भारतीय प्रहरीले उनीहरुलाई भारतसँग जोडिएको भुटानी शहर फ्युन्थसोलिङमा पु¥याए । ‘हाम्रो देशको स्वागत द्वार देखेर हामी खुशीले नाच्यौं । हामीलाई स्वागत गर्न भुटानी राजाको कार्यालयका मानिसहरु कुरेर बसेका थिए ।’, किन्लेले भनिन् ।
आफ्नो घरतिर फिर्ता यात्रा गरेका एक जना अर्को विद्यार्थीले भने,‘हाम्रो सरकारले गाडी खानाको पनि व्यवस्था गरेको थियो ।’
अनि हाम्रो पढाई ?
दार्जिलिङको एउटा निजी कलेजमा पढ्ने वाङ्चुकले भने,‘मलाई यहाँ आफ्ना आमा–बुवासँग बस्नमा खुशी लागेको छ । तर मेरो पढाई र मेरो भविष्य के हुने हो ? यदि दार्जिलिङको अवस्था यस्तै रहे हामी धेरै जना प्रभावित हुनेछौं ।’
यो चिन्ता किन्लेको पनि हो । टुरिज्म म्यानेजमेन्टको चार वर्षे कोर्समध्ये उनको साढे एक वर्ष मात्र बाँकी छ । उनले भनिन्,‘न त म त्यो कोर्स त्याग्न सक्नेछु न त यो अवस्थामा कलेज नै फर्कने सक्नेछु ।’
दार्जिलिङमा समस्या शुरु हुँदा किन्लेको परीक्षा चल्दै थियो । ‘शुरुमा त हामीलाई हड्ताल केही दिनमै ठेगान लाग्छ भन्ने लागेको थियो । विगतमा पनि भारतमा यस्ता हड्ताल भइरहेका हुन्थे । तर यो पटक त धेरै दिनसम्म हड्ताल चालु रह्यो । हामी निकै आत्तियौं ।’, धन्न आफ्नो परीक्षा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उनले भनिन् ।
आफ्नै ठाउँमा शिक्षाको अवसर कमी भएका कारण प्रत्येक वर्ष हजारौं जना भुटानी विद्यार्थी दार्जिलिङ पढ्न जाने गर्छन् । दार्जिलिङ भुटानसँग मात्र होइन, नेपाल र बंगलादेशसँग पनि सीमाना जोडिएको शहर हो । भुटानबाट जाने अधिकांश विद्यार्थीहरुले दार्जिलिङका कलेज र विद्यालयहरुबारे थिन्पुमा आयोजना गरिने शैक्षिक मेला र कन्सल्टेन्सीमार्फत् थाहा पाउने गर्छन् । केही भने आफ्ना साथी र सिनियरहरुको सल्लाहमा त्यहाँ पढ्न जाने गर्छन् ।
वाङ्चुकले कालिङपोङ सरकारी कलेजबारे आफ्ना सिनियरबाट सुनेका थिए र त्यहाँ पढ्ने निर्णय गरेका थिए । १३ हजार देखि १६ हजार भारतीय रुपैयाँको शिक्षण शुल्क उनका लागि तिर्न सकिने शुल्क थियो । त्यसकारण उनी त्यता हानिए । वाङ्चुकलाई दार्जिलिङ भारतको सुरक्षित स्थानमध्ये एक भएको लागेको थियो ।
भुटानमा कक्षा दश सकाएर किन्ले कालिङ्पोङमा पढ्न गएकी थिइन् । उनी पढ्ने निजी कलेजमा उनी २४ हजारभन्दा बढी शुल्क तिर्ने गर्छिन् ।
अहिले दार्जिलिङमा दिनानुदिन फैलिएको अस्थीरतासँगै उनीहरु आफ्नो पढाई र निकट भविष्यबारे चिन्तित भएका छन् ।
स्रोतःइस्क्रोल.आइएन
Leave a Reply