क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
प्रत्येक बिहान सात बजे पेइचिङ नगरपालिकाको तोछङ क्षेत्रका चाङ चिङ भूमिगत रेलद्वारा सहरको अर्कोतिर काममा जाने गर्छिन् । चाङ चिङको एक मोटर छ । उनको विचारमा सार्वजनिक यातायात साधन सुरक्षित, हरित र सहज छ । उनी सार्वजनिक यातायातका साधन प्रयोग गर्दा आनन्द मान्छिन् । साथै लाइसेन्स प्लेट नम्बरको अन्तिम अङ्कबमोजिम यातायात प्रतिबन्ध गर्ने सम्बन्धमा पेइचिङले लागू गरेको नीति उनी कार्यान्वयन गर्छिन् ।
बिहान आठ बजे कम्पनी नजिकै बस्ने पाउ यिङले मोबाइल फोनद्वारा एक शेयर्ड साइकलको क्वूआर कोड स्क्यान गरिन् र साइकल चढेर आफ्नो कम्पनीतिर गइन् । काम गर्ने बाटोमा हिँडेकी उनले एक सुविधा स्टोरबाट खाजा किनिन् । उनी निकै खुसी हुन्छिन् । किनभने, उनले भुक्तानी सफ्टवेयरमा सङ्कलन गरेको हरित ऊर्जाले मरुभूमिमा बिरुवा दान गर्न निवेदन गर्नसक्छिन् ।
हाल कम कार्बन, ऊर्जाको किफायत, वातावरणीय संरक्षणको जीवनशैली हरेक चिनियाँको खाना, कपडा, आश्रय र यातायात अर्थात् जीवनका आधारभूत आवश्यकतामा फैलिएको छ । सर्वसाधारणको जीवनशैलीको परिवर्तन चीन सरकारले प्रस्ताव गरेको कम कार्बनको विकास धारणालाई सबैले अँगालेका छन् । अगस्ट २५ को दिन चीनको राष्ट्रिय कम कार्बन दिवस हो । सन् २०१३ मा नागरिकलाई जलवायु परिवर्तनबारे जानकारी दिन, कम कार्बन विकासको धारणा र नीतिबारे प्रचार–प्रसार गर्न, नागरिकलाई हरितगृह ग्यासको निष्कासनको नियन्त्रण गर्ने कार्यमा संलग्न हुन प्रोत्साहन गर्नका लागि चीनको राज्य परिषद्ले ‘राष्ट्रिय कम कार्बन दिवस’ तोकेको हो । हाल बत्तीको प्रयोग गरेपछि तुरुन्तै बन्द गर्नु, पानीको पुनःप्रयोगमा ल्याउनु, ऊर्जाको किफायत गर्नु, डिस्पोजेबल प्लास्टिक वस्तुको कम प्रयोग गर्नु, आवश्यकताबमोजिम खाद्य–पदार्थको अर्डर गर्नु, रेस्टुरेन्टमा आफूले खाएपछि बाँकी रहेको खाना पोको पारेर घरमा ल्याउनु, फोहोरको वर्गीकरण गर्नु आदि बानीहरू चिनियाँ सर्वसाधारणको जीवन शैली बन्न थालेको छ ।
समग्र समाजको प्रयासमा सानो परिवर्तनले ठूलो उपलब्धि हासिल गर्नसक्छ । चीनले आर्थिक वृद्धिमा परम्परागत ऊर्जा स्रोतमा निर्भर भएको अवस्थाबाट नवीकरणीय ऊर्जा स्रोततर्फ विकास गरेको ‘ऊर्जा स्रोत क्रान्ति’ साकार तुल्याएको छ ।
सन् २००५ देखि २०२० सम्मको १५ वर्षमा चीनको जीडीपी करिब साढे चार गुणाले बढेको छ । सो अवसरमा कार्बन तीव्रता ४८.४ प्रतिशतले घट्नुका साथै गैर जीवाष्म ऊर्जाको अनुपात ७.४ प्रतिशतबाट १५.९ प्रतिशतसम्म बढेको छ । चीनमा हावा र सौर्यलगायत सफा ऊर्जाहरू वृद्धि भएका छन् । फोटोबोल्टिक र हावा ऊर्जाको स्थापित क्षमता र बिजुली उत्पादन सबै विश्वको पहिलो स्थानमा पर्दछ । चीनले सफा र कम कार्बन ऊर्जा प्रणालीको निर्माणमार्फत चिनियाँ आर्थिक वृद्धि शैली हरियो र कम कार्बन मोडसम्म रूपान्तरण गरिरहेको छ ।
सन् २०२० को सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभामा चीनको कार्बनडाइअक्साइड उत्सर्जन सन् २०३० अघि शिखर पुग्ने र सन् २०६० अघि कार्बन तटस्थतामा पु¥याउने चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले घोषणा गर्नुभएको थियो । यो मानवको भाग्य निर्माण गर्ने र दिगो विकासका लागि चीनले गरेको महत्वपूर्ण काम हो ।
ऊर्जाको विकासले चीनको आर्थिक तथा सामाजिक विकास र जनजीवनको सुधारका लागि दृढ आधार तयार गरेको छ । तर, चिनियाँ पर्यावरणीय सभ्यता निर्माणका लागि ऊर्जा र वातावरणको हरियो तथा सामञ्जस्यपूर्ण विकासको आवश्यकता छ । जल, सौर्य र वायु ऊर्जाको आपूर्ति प्राकृतिक परिस्थितिबाट धेरै प्रभावित छ र त्यसको भण्डारण गर्ने प्रविधिको सुधार गर्नुपर्छ । चीनले कडा मेहनत गर्नुपर्छ । जलवायु परिवर्तन र ऊर्जा संरचनाको सुधारमा चीनले विश्वका जनतालाई जिम्मेवारीबोध बनाइसकेको छ । साथै, कार्बन पीक तथा कार्बन तटस्थसम्बन्धी बचनबद्धता लागू गर्दै चीन पनि जिम्मेवारीबोध भएर अगाडि जानेछ ।
स्रोतः सीआरआई
Leave a Reply