भर्खरै :

कीर्तिपुर नपाको प्रथम सभा सम्पन्न

कीर्तिपुर नगरपालिकाको प्रथम सभा आईतवार कीनपा वडा न. ८ स्थित पाँगा पार्टी भेन्यूमा सम्पन्न भयो । सभाको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा दीप प्रज्ज्वलन गरी गर्नु भएको थियो ।
त्यसक्रममा उहाँले नगरपालिकामा निर्वाचित जनप्रतिधिहरुले देश र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो ।
नगर प्रमुख रमेश महर्जनको सभापतिव्वमा भएको कार्यक्रममा सांसदहरु राजन केसी, रुपा श्रेष्ठ, विनोद श्रेष्ठ, इच्छा तामाङ, पूवर्् राज्यमन्त्री दिलिप महर्जन, नेमकिपाका हरिकुमार महर्जन, नेकपा एमालेका सुरेन्द्र मानन्धर,राप्रपाका जित वहादुर विष्ट, पूर्व मेयर हिराकाजी महर्जन, निर्वाचित उप प्रमुख सरस्वती खडका, अनुज प्रधान लगायतले शुभकामना साथै आप्mनो धारना राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *