पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
भक्तपुर, १६ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताको बीचमा गएर सेवा गर्ने र श्रमिक जनतालाई पुँजीवादी विचारबाट जोगाउने नीति नै लेनिनवादी नीति भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नपा एकाइ समितिको आयोजनामा ‘भक्तपुर काण्ड र वर्तमान समसामयिक राजनैतिक विषय’ मा भएको प्रवचन कार्यक्रममा उहाँले कर्मचारीहरू पुँजीवादी प्रवृत्तिबाट टाढा रहनुपर्ने र जनताको निःस्वार्थ सेवा गर्ने भावनाबाट प्रेरित हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले पञ्चायती शासकहरूबाट भएका दमन, षड्यन्त्रसामु नेमकिपाका नेता कार्यकर्ताहरू कहिल्यै नझुकेको बताउनुभयो ।
शासक दलहरूले नेमकिपाका कार्यकर्ताहरूलाई अनेक लोभमा फसाएर सिद्धान्तच्युत बनाउने काम गरिरहेको उल्लेख गर्दै उहाँले राजनीतिक कार्यकर्ता तथा कर्मचारीहरू राजनीतिक अडानमा बस्नुपर्छ भन्नुभयो ।
कर्मचारीहरूले आफ्नो स्तरवृद्धिमा ध्यान दिनुपर्ने, समयसापेक्ष तालिमहरू लिनुपर्ने र नयाँ नयाँ विषयहरूको अध्ययनमा जोड दिँदै उहाँले बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलन, भारतले सुस्तामा गरेको अतिक्रमणको विरोधलगायतका गतिविधि गरी नेमकिपाले देश र जनताको पक्षमा आवाज उठाउँदै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डलाई पञ्चायती सरकारको असफल राजनीतिक षड्यन्त्रको रूपमा चित्रण गर्नुभयो ।
नेमकिपाले प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार पञ्चायतका हरेक निर्वाचनलाई उपयोग गर्दै अगाडि बढेको स्मरण गर्दै प्रमुख प्रजापतिले कर्मचारीहरूमा इमानदारिता र अनुशासनका साथै जनताको निःस्वार्थ सेवा गर्ने भावना हुनुपर्र्नेमा जोड दिनुभयो ।
शासक दलहरूले आफ्नो शासन टिकाउन अनेक किसिमका षड्यन्त्रहरू गरिरहनेतर्फ चनाखो हुनुपर्ने बताउँदै उहाँले नेपाल सरकारले जारी गरेको अध्यादेशले राजनीतिक पार्टीहरूको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेमकिपा विचार र सिद्धान्तमा दृढ पार्टी भएकै कारण नेमकिपाविरुद्धको षड्यन्त्र सफल हुन नसकेको बताउनुभयो ।
भक्तपुर काण्डले सचेत र सङ्गठित पार्न कार्यकर्ताहरूलाई पाठ सिकाएको बताउँदै उहाँले कर्मचारीहरूले सुसंस्कृत र सभ्य व्यवहारले नगरवासीहरूको सेवा गर्न अभिप्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर काण्डमा भक्तपुरवासीहरूको अदम्य साहस, योगदान उल्लेखनीय भएको चर्चा गर्दै नयाँ पुस्तालाई सुसूचित गर्दै लानु आवश्यक भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डमा कर्मचारीहरूलाई जाली मुद्दामा फसाउन अनेक जालझेल गरेको बताउँदै भक्तपुर काण्डको सिलसिला अझै दोहोरिनेतर्फ सचेत पार्नुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुरका सदस्य गणेशलाल फोँजू र सदस्य विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply