लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ । देश हितविपरीतको एमसीसी परियोजनाको विरोधमा सोमबार राजधानीमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा जुलुस र सभा भयो । प्रदर्शनमाथि प्रहरीले दमन गर्दा दर्जनभन्दा बढी युवा–विद्यार्थी कार्यकर्ता घाइते भएका छन् । त्रिवि शिक्षण अस्पतालको पश्चिममा अवस्थित गल्लीमा प्रदर्शनकारीहरूमाथि प्रहरीले लाठी चार्ज गर्दा युवा कार्यकर्ता कृष्णप्रसाद दुमरू गम्भीर घाइते हुनुभएको छ । प्रहरीले उहाँको टाउकोमा लाठी प्रहार गर्दा टाउको फुटेको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, प्रहरी दमनमा परी भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, युवाहरू कृष्णप्रसाद कोजू, जगतराम धुख्वा, रत्ना चवाल, श्यामकृष्ण बासुकला, रामेश्वर रानामगर, दिनेश विक, रोनित त्वायनालगायत घाइते हुनुभएको छ ।
रत्नपार्क, शान्तिबाटिकाबाट सुरु भएको जुलुस असन, ज्याठा, ठमेल, सामाखुशी हुँदै अमेरिकी राजदूतावासतिर जाने क्रममा कान्ति बाल अस्पतालको पश्चिम गल्ली (कान्ति ओरालो) मा पुग्दा प्रहरीले दमन गरेको थियो । शान्तिपूर्वक नाराबाजीसहित अघि बढिरहेको जुलुसलाई प्रहरीले पटक–पटक रोक्ने प्रयास गरेको थियो । प्रहरीको पटक–पटकको अवरोध छिचोल्दै प्रदर्शनकारीहरू अघि बढेका थिए ।

प्रदर्शनकारी र प्रहरीको मुठभेडपछि सोही स्थानमा विरोध सभा गरिएको थियो । सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले एमसीसी सम्झौताविरुद्ध आयोजित देशभक्त र साम्राज्यवादविरोधी जनताको जुलुसमाथि प्रहरी दमनको भत्र्सना गर्नुभयो ।
एमसीसी परियोजना संरा अमेरिकी हिन्द–प्रशान्त सैन्य रणनीति (आईपीएस) कै हिस्सा भएको स्पष्ट पार्नुहुँदै अध्यक्ष गुरूङले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले सन् २०१९ मा दिएको अन्तर्वार्तामा एमसीसी आईपीएसकै हिस्सा भएको बताएको तर नेपाली जनताको व्यापक विरोधपछि कुरा फेर्नुले पनि यो सम्झौतामा साम्राज्यवादी स्वार्थ निहीत भएको प्रस्ट हुने उल्लेख गर्नुभयो ।
उहाँले नेपाली जनताको भावनाविपरीत देउवा र माधव नेपालको सरकारले एमसीसी पारित गरे ती देशघातीहरूलाई नेपाली जनताले सजाय दिने बताउनुभयो ।
“संरा अमेरिकी साम्राज्यवाद समयमै नसच्चिए फेरि पनि भियतनाम र अफगानिस्तानको नियति भोग्नुपर्नेछ”, अध्यक्ष गुरूङले भन्नुभयो ।

नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटाले दार्चुला जिल्लामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएको हप्तौँ बितिसक्दा पनि नेपाल सरकारले दोषीमाथि कारबाही गर्न कूटनीतिक दबाब नदिएकोमा विरोध जनाउनुभयो ।
उहाँले एमसीसी परियोजनाले नेपाललाई साम्राज्यवादको क्रिडास्थल बनाउने चर्चा गर्नुहुँदै छिमेकी देश चीनलाई घेराबन्दी गर्ने सैनिक लक्ष्यका साथ संरा अमेरिकाले नेपालमा एमसीसी परियोजना लागु गर्न खोजेको बताउनुभयो । संरा अमेरिकी साम्राज्यवादले संसारको कुनै पनि देशमा शान्ति र स्थायित्व देख्न नसकेको चर्चा गर्नुहुँदै उहाँले साम्राज्यवादविरोधी सङ्घर्षमा युवा–विद्यार्थीहरू सधैँ सक्रिय हुने बताउनुभयो ।
शान्तिबाटिकामा जुलुस सुरु गर्नुअघि आयोजित कार्यक्रममा नेक्राविसङ्घका सहसंयोजक सुरेश परियार र सचिव रमेश प्रजापति लगायतले बोल्नुभएको थियो ।
शान्तिपूर्ण प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथिको दमन पञ्चायती दमन भुलाउने खालको भएको जुलुसमा सहभागी एक प्रदर्शनकारीले बताए ।
देउवा–प्रचण्ड–माधव नेपालको गठबन्धन सरकारले देशभक्त नेपाली जनतामाथि दमन गरेर साम्राज्यवाद र विस्तारवादलाई खुसी बनाउन खोजेको उनले उल्लेख गरे ।
जुलुसमा संरा अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी सम्झौता खारेज गर, जयसिंह धामीका हत्यारालाई कारबाही गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी सैन्य अखडा बन्द गर, जलविद्युत्का माफियाहरू होसियारलगायत नारा लगाइएको थियो ।
प्रदर्शन सकेर आ–आफ्नो गन्तव्यतिर जाँदै गरेका प्रदर्शनकारीहरू सवार गाडीलाई समेत प्रहरीले बानेश्वर चोकमा रोकेको थियो । प्रदर्शनकारीहरूले प्रहरी रवैयाको विरोध गर्दै त्यहाँ पनि नाराबाजी गरेपछि मात्र छोडेको थियो ।
Leave a Reply