रुसी राष्ट्रपतिको पुटिनको विश्व महत्वको चीन भ्रमण
- जेष्ठ ६, २०८३
देशमा धेरै राजनीतिक दलहरू छन् । ती धेरै दलमध्ये असल र खराब राजनीतिक दल कसरी छुट्याउने ? ‘धेरैले बोलेपछि सत्य ठान्ने’ मानिसहरू पनि छन् । त्यस्ता मान्छेहरू सङ्ख्यामा ठूला राजनीतिक दलले बोलेका कुरालाई नै सत्य मानेर उनीहरूकै पछि लाग्ने गर्छन् । तीमध्ये कतिपय मानिस त आफू पछि लागेको राजनीतिक दलले के बोल्दै छ भन्ने कुरामा नै विचार गर्न आवश्यक ठान्दैनन् । कतिपय मानिस सरकारमा जाने राजनीतिक दललाई नै सही ठानेर पछि लागेका हुन्छन् । सरकारमा जाने राजनीतिक दलको पछि लागे सत्ताबाट फाइदा उठाउन सकिने हुनाले उनीहरू पछि लागेका हुन्छन् । उनीहरूलाई पनि आफू पछि लागेको दलले कस्तो सिद्धान्त र विचार पछ्याएको छ भन्ने कुराको कुनै पर्वाह हुँदैन । उनीहरू आफ्ना स्वार्थ पूरा हुने अवस्थासम्म ती दलको पछि लाग्ने गर्छन् । हिजोआज केही युवाहरू भने दलका केही नेताहरूको लोकप्रियता र चर्चाको आधारमा पनि पछि लागेको देखिन्छ ।
चुनावमा आफूलाई पैसा दिने, जागिरको आश्वासन दिने, भोज खुवाउने दललाई मत दिने मानिसको पनि नेपालमा कमी छैन । कतिपय मानिसहरू जातको आधारमा पनि राजनीतिक दलको पछि लागिरहेका हुन्छन् । आफ्नो जातको मान्छे भएको दललाई समर्थन गर्ने र अन्य जातका नेता भएको दललाई घृणा गर्ने मानिसहरू पनि छन् ।
यस्तो जेलिएको अवस्थामा कुन राजनीतिक ठीक र कुन राजनीतिक दल बेठीक भनेर निक्र्योल गर्न पनि कम गा¥हो छैन । तर, राजनीति हाम्रो जीवनमा अन्योन्यास्रितरूपमा गाँसिएको, यथास्थितिमै बस्ने वा परिवर्तनको बाटोमा जाने भन्ने कुराको निक्र्योल राजनीतिले नै गर्ने भएकोले राजनीतिबाट हामी निरपेक्ष पनि रहन सक्दैनौँ । हाम्रो संविधान र राजनीतिक व्यवस्थाले आवधिक निर्वाचनमा निश्चित राजनीतिक दलका उम्मेदवारलाई चुन्ने व्यवस्था गरेको छ । त्यसकारण कुनै न कुनै समय राजनीतिक दलको छनोटबाट हामी जोगिन सक्दैनौँ ।
राजनीतिक दललाई सङ्ख्या, प्रचारबाजी र सरकारमा जाने नजानेसँग मूल्याङ्कन गर्ने परिपाटीले हामीलाई सही स्थानमा पु¥याउँदैन । धेरै मानिस लागेकै कारण कुनै पनि राजनीतिक दललाई ठीक पनि भन्न सकिन्न । राजनीतिक दललाई सिद्धान्त र व्यवहारको कस्सीमा घोट्दा मात्र असल र खराब राजनीतिक दलको पहिचान गर्न सकिन्छ ।
आजको राजनीतिक परिस्थितिमा देश हितविपरीतको एमसीसी परियोजनाको समर्थन गर्ने राजनीतिक दललाई नेपाली जनताले देश र नेपाली जनताको अहित चाहने राजनीतिक दल मान्नुपर्छ । एमसीसी सम्झौता पारित गर्न चाहने दलले व्यापक नेपाली जनताको हितभन्दा नेपाली भूमिलाई अमेरिकी हितमा प्रयोग गर्न चाहेको प्रस्ट हुन्छ । त्यस्ता दल सङ्ख्यामा जतिसुकै ठूला भए पनि उनीहरू नेपाली जनताको हितमा उभिने दल होइनन् । कतिपय दल भने एमसीसीमा केही परिमार्जन र संशोधनसहित पारित गर्नुपर्ने बताइरहेका छन् । ती दलहरूको विचार भ्रम फैलाउने खालको छ । परिमार्जन गर्ने र पारित गर्ने कुराले ठिक्कै हो कि भन्ने पार्छ । तर, एमसीसीका केही वाक्यमा परिवर्तन गर्दैमा त्यो कार्यक्रममा अन्तरनिहीत उद्देश्यलाई परिमार्जन गर्न दिइने छैन । त्यसकारण, त्यो मध्यपन्थी सोच पनि गलत हो । एमसीसी परियोजनाको विरोधमा लड्न हिम्मत राख्ने दल नै यतिबेला देशलाई माया गर्ने र साम्राज्यवादको विरोध गर्नसक्ने दल हो ।
सरकारमा पनि जाने अनि फेरि सरकारले जोड दिएका कार्यक्रममा विमति भन्दै दोधारे नीति लिने दलहरूले कुनै पनि बेला नेपालीलाई खाल्डोमा पु¥याउन सक्छन् ।
Leave a Reply