भर्खरै :

इतिहास फर्केर हेर्दा न्यु योर्कको जुम्ल्याहा टावरमा भएको ९÷११ हमलाप्रति अमेरिकी प्रतिक्रिया श्वासै थामिने गरी असमानुपातिक छ । पक्कै पनि त्यो हमला वियोगपूर्ण थियो । त्यहाँ २ हजार ९ सय ७७ जना मानिस मारिएका थिए । सैनिक द्वन्द्व र आतङ्कवादी हमलाको रेक्टर स्केलमा यो सङ्ख्या मुस्किलले मात्र गन्ती हुन्छ । यदि क्वालालाम्पुरको मनमोहक जुम्ल्याहा टावरमा त्यस्तै घटना भएको भए पश्चिमा अखबारको अग्रपृष्ठमा त्यसले केही दिन स्थान पाउने थियो र पछि बिर्सिने थियो । तर, ९÷११ को घटना संरा अमेरिकामा भएको थियो ।
संरा अमेरिकाले कहिल्यै पनि आफूमाथि कब्जाको अनुभव गरेको थिएन । अमेरिकाले लडेका धेरै लडाइँ उसको भूमिबाट निकै पर लडिएको थियो । तर, ९÷११ को हमला अमेरिकी भूमिमा भएको थियो । त्यो पनि न्युयोर्क सहरमा । बदला त अवश्यम्भवी थियो । अमेरिकी जनताले सो हमलाका दोषीलाई सजाय दिन माग गरे । जनताको मागलाई ध्यानमा राखेर घटनाप्रति जिम्मेवार केही आतङ्ककारीहरूलाई न्यायपूर्ण बदला मात्र लिनु अमेरिकाको निम्ति अमान्य भयो । अमेरिका कुनै न्यायको मनस्थितिमा थिएन ।
निःसन्देह न्याय वुश सरकारको दिमागमा थिएन । अमेरिका त्यत्तिबेलाको एक्लो महाशक्ति थियो ।

संरा अमेरिकालाई शक्ति असीमित नभएको र त्यसलाई जसरी मन लाग्यो त्यसरी घुमाउन नसकिने कुरा बुझ्न निकै कठिन भयो । उसले हासिल गर्न खोजेको विषयमा पनि धेरै सीमितता भएको कुरा उसले बुझ्न सकेन । त्यसवापत उसले मानिसको जीवन र डलरमा ठुलो मूल्य चुकाउनुप¥यो । संसारमा उसलाई बुझ्ने दृष्टिकोणमा पनि ठुलो अन्तर आयो । ९÷११ र त्यसलगत्तै भएको घटनाक्रमले अमेरिकी चुलीको प्रतिनिधित्व गर्छ । अनि बितेका दुई दसकमा उसको मनलाग्दो आक्रामक व्यवहारले उसको तीब्र अवनतिको प्रतिनिधित्व गर्छ । उसको अवनति अहिले घटी बढी सर्वत्र स्वीकारिएको विषय हो ।

शीतयुद्ध समाप्त भएयता संरा अमेरिका नै एकध्रुवीय विश्वको हर्ताकर्ता बन्यो । ऊ संसारको प्रहरी बन्यो । संरा अमेरिकालाई संसारको ‘मालिक’ को हो भनी देखाउनु थियो । आफूलाई ‘मालिक’ देखाउने त्यो मौका संरा अमेरिकाले छोड्न चाहेन । न्यायको त कुनै हिसाबकिताब नै भएन । अमेरिकी नवअनुदार सरकारले नयाँ शताब्दी अमेरिकी शताब्दी हुने कुरामा विश्वास ग¥यो । सोभियत सङ्घले सिल्टीमुर खाएपछि उसले अब आफ्नो कोही पनि प्रतिस्पर्धी नभएको ठान्यो । त्यो अमेरिकी अहङ्कारको युग थियो । जे पनि सम्भव थियो ।
अमेरिकाले के गर्न सक्छ भन्ने कुराको कुनै सीमा नै थिएन । मुस्किलले मात्र कुनै पनि सरकारले त्यस्तो घातक हिसाब किताब गरेको थियो । वुश सरकारले दुई वटा भगवान भरोसे निर्णय ग¥योः आतङ्कवादको मलिलो भूमि बन्न नदिन अफगानिस्तानमाथि हमला गर्ने र सद्दाम हुस्सेनलाई सत्ताच्युत गर्न इराकमाथि कब्जा जमाउने अनि दुवै देशमा पश्चिमा शैलीको प्रजातन्त्र स्थापना गर्ने । अफगानिस्तान अल–कायदाको आधार क्षेत्र भएको हुनाले ९÷११ हमलासँग उसको केही सम्बन्ध थियो । तर, त्यो हमलासँग इराकको कुनै सम्बन्ध थिएन । मध्यपूर्वलाई आफ्नो चाहनाअनुसार पुनः गठन गर्ने अवसरको रूपमा त्यो मौका छोप्न संरा अमेरिका उद्यत्त बन्यो ।
मानिसको जीवन र आर्थिक लागतको आधारमा ती दुवै लडाइँ निकै महँगो साबित भयो । इराक युद्धमा २० खर्बदेखि ३० खर्ब अमेरिकी डलर खर्च भएको अनुमान गरिएको छ । त्यहाँ ४ लाखभन्दा बढी मानिस मारिएको छ । अफगान युद्धको लागत २३ खर्ब अमेरिकी डलर थियो । अफगान युद्धमा कति मानिस मारियो, कुनै हिसाबकिताब नै छैन । तर, धेरै सम्भव मर्नेको सङ्ख्या १ लाखभन्दा बढी नै हुनुपर्छ । ब्राउन विश्वविद्यालयको युद्धको लागत हिसाब गर्ने परियोजनाले अमेरिकाको आतङ्कवादविरोधी लडाइँमा ८० खर्ब अमेरिकी डलर खर्च भएको अनुमान गरेको छ । अनि, मर्नेको सङ्ख्या ९ लाख । यो सब केको लागि ?
दुवै लडाइँ विध्वंसात्मक भयो र प्रस्टतः असफल पनि । बीस वर्षपछि अमेरिकी इतिहासकै सबभन्दा लामो अफगान लडाइँले सन् १९७५ को भियतनाम युद्धमा पराजित भएर अमेरिका अपमानपूर्वक कुलेलाम ठोकेको कुरा स्मरण गरायो । सद्दाम हुस्सेनलाई मार्नेबाहेक इराकमा पनि संरा अमेरिकाले कुनै लक्ष्य हासिल गर्न सकेन ।
शताब्दीको सुरुआतमा संसारलाई पूर्णतः गलत ढङ्गबाट बुझ्नुले अमेरिकी अल्पज्ञता प्रष्ट भएको छ । उसलाई संसार एकध्रुवीय लागेको थियो । तर, संसार क्रमशः बहुध्रुवीय बन्दै थियो । उसलाई संसार आफ्नो मुट्ठीमा कैद रहेको लागेको थियो । तर, त्यत्तिञ्जेल चीन संसारको एउटा प्रमुख शक्तिको रूपमा उदाइरहेको थियो । परिणाम के भयो, संरा अमेरिकाले दोस्रो विश्वयुद्धपछि अथवा अझ बितेको दुई शताब्दीमै सबभन्दा अतिरञ्जनापूर्ण प्रदर्शन ग¥यो ।
संरा अमेरिकालाई शक्ति असीमित नभएको र त्यसलाई जसरी मन लाग्यो त्यसरी घुमाउन नसकिने कुरा बुझ्न निकै कठिन भयो । उसले हासिल गर्न खोजेको विषयमा पनि धेरै सीमितता भएको कुरा उसले बुझ्न सकेन । त्यसवापत उसले मानिसको जीवन र डलरमा ठुलो मूल्य चुकाउनुप¥यो । संसारमा उसलाई बुझ्ने दृष्टिकोणमा पनि ठुलो अन्तर आयो । ९÷११ र त्यसलगत्तै भएको घटनाक्रमले अमेरिकी चुलीको प्रतिनिधित्व गर्छ । अनि बितेका दुई दसकमा उसको मनलाग्दो आक्रामक व्यवहारले उसको तीब्र अवनतिको प्रतिनिधित्व गर्छ । उसको अवनति अहिले घटी बढी सर्वत्र स्वीकारिएको विषय हो । संरा अमेरिकामा समेत उसको अवनति स्वीकारिएको छ । तर, सन् २००१ मा यो कुरा स्वीकारिने अवस्था थिएन । अमेरिकी अवनतिलाई त्यत्तिबेला बकबासको रूपमा लिइन्थ्यो ।
९÷११ र त्यसपछिका बीस वर्ष यताको समयावधि अमेरिकी शासन प्रणालीको असफलताको निम्ति उपयुक्त पाठ्यसामग्री हो । उनीहरूले संसारलाई बुझ्न सकेनन् । कुनै पनि महाशक्तिको लागि संसारलाई बुझ्न सबभन्दा पहिलो आवश्यकता हो । त्यो असफलता हो भन्ने कुरा पक्का भइसकेर पनि त्यसपछिका अमेरिकी सरकारहरू वुश, ओबामा र ट्रम्पले पनि त्यो ठुलो गल्तीलाई स्वीकारेर सच्याउने हिम्मत जुटाउन सकेनन् । बीस वर्षको अवधि भनेको त्यो पाठ सिक्न वास्तवमै लामो अवधि हो ।
यहाँ खेल खेल्ने अर्को पनि खेलाडी छ । बितेका दुई शताब्दीको सबभन्दा रोचक पक्ष भनेको अमेरिकीहरूले संसारको नम्बर १ हुनु आफ्नो देशको गोत्रमै लेखिएको ठाने । बाइडेनले अनुभव गरेजस्तो अमेरिकी असफलता स्वीकार्नुको अर्थ अमेरिकी जनताबीच बदनामी कमाउनु हुने गरेको छ । अमेरिका विगतको बन्दी हो जो तीब्र गतिमा खिइरहेको छ । बिनाअपवाद अब धेरै चाँडै त्यो देश अन्य सामान्य देशजस्तै बन्नेछ । तर, उसलाई यो सत्य स्वीकार्न भने अझै लामो समय लाग्नेछ ।

(लेखक संरा अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयको अन्तर्राष्ट्रिय राजनीतिक र अध्ययन विभागका प्राध्यापक हुुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *