तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ३० भदौ । नेपाल मजदुर किसान पार्टीले एमसीसीविरुद्ध देशव्यापी जुलुस तथा सभा कार्यक्रमलाई निरन्तरता दिएको छ । काठमाडौँका विभिन्न नगरपालिकामा एमसीसीविरुद्ध जुलुस तथा सभा चालु रहेको छ । यसैक्रममा मङ्गलबार दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा एमसीसीविरुद्ध जुलुस तथा सभा भयो ।
दक्षिणकाली नगरपालिकामा फर्पिङ बसपार्क चोकबाट सुरु भएको जुलुस फर्पिङ बजार परिक्रमा गरी पुनः चोकमा पुगी विरोेधसभामा परिणत भएको थियो ।
सभामा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेमकिपाले देशघाती एमसीसी सम्झौता खारेज गर्न आन्दोलन अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले नेमकिपाले एमसीसी खारेज गर्न देशभर सडक र संसद्मा आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले जयसिहं धामीको हत्याबारे भारतसँग कूटनीतिक पहलसमेत गर्न नसक्नु सरकारको आत्मसमर्पणवादी चरित्र देखाएको भन्दै भारत र अमेरिकी इसारामा बनेको अस्थिर सरकारले देशलाई प्रतिगमनतिर लगेको बताउनुभयो ।
नेक्राविसङ्घका संयोजक प्रकाश गुरुङले देशको सार्वभौमिकतामाथि आक्रमण गर्न एमसीसीमार्फत सहयोगको लोभ देखाइएको बताउनुभयो । उहाँले अमेरिकी सेना रहेको स्थानमा जनतामा दुःख र अशान्तिमात्र भएको चर्चा गर्दै एमसीसी खारेज नभएसम्म जनता र विद्यार्थीहरूको सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका सहसंयोजक सुरेश परियारले जनविरोधी एमसीसी सम्झौता पारित गरेमा जनताले कारबाही गर्ने बताउनुभयो ।
कार्यक्रममा जुलुस सुरु हुनुभन्दा अघि मुना तामाङले बोल्नुभएको थियो ।
त्यसैगरी कीर्तिपुर नगरमा भएको विरोध जुलुस तथा सभामा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, नेक्राविसङ्घका संयोजक प्रकाश गुरुङ र सहसंयोजक सुरेश परियार, किरण सिं, हरिकुमार महर्जन, नमन महर्जनले एमसीसी सम्झौता खारेज नभएसम्म सङ्घर्ष गर्ने धारणा राख्नुभयो ।
कीर्तिपुरमा भएको विरोध जुलुस पाँगा लाछीबाट सुरु भई ढोखासी, नयाँबजार, खासीबजार, समल, देवढोका, बाघभैरव, इछेँ, मङ्गल मावि, लोकतान्त्रिक चोक हँुदै पाँगादोबाटोमा पुगी कोणसभामा परिणत भएको थियो ।
Leave a Reply