परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
जुम्ला, ३१ भदौ । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिको १४ औ जिल्ला सम्मेलन बिहीबार सम्पन्न भयो ।
सम्मेलनले पूर्णलाल खत्रीको अध्यक्षतामा २१ सदस्यीय नेमकिपा जुम्ला जिल्ला समिति निर्वाचित गरेको छ ।
सम्मेलनको बन्दसत्रमा पार्टीको केन्द्रीय सदस्य सुनिल प्रजापतिले कम्युनिस्ट कार्यकर्ताहरू बहुमत जनताको पक्षमा निरन्तर सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक शत्रुहरूबाट हुने षड्यन्त्रबाट जोगिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकर्ताहरूले गा¥हो–सा¥हो काम गर्न अघि सनुपर्छ । लोभलालचले कार्यकर्तालाई पतन गराउने भएकोले लोभलालच र व्यक्तिगत स्वार्थलाई त्यागी अघि बढ्नुपर्छ ।”
उहाँले अगाडि भन्नुभयो, “नेतृत्वले पार्टी कार्यकर्ताहरूको हरेक पक्षलाई नियालिरहेको हुन्छ । समितिले पार्टी नेतृत्व चयन गर्दा सक्षम साथीहरूलाई चयन गर्नेतर्फ ध्यान दिनुपर्छ । शत्रुलाई हेलचक्र्याइँ गर्नुहुन्न र कमजोर ठान्नु हुन्न ।”
सोभियत सङ्घको अस्थायी हारबाट शिक्षा लिनुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य प्रजापतिले नेपालको सङ्घीयता ‘नक्कली नागको शौखिन’ जस्तै साबित भएको बताउनुभयो ।
“नेतृत्वले सिद्धान्तको गहन अध्ययन गरेन भने अरूले भनेजस्तै चल्नुपर्ने स्थिति आउनसक्छ । तसर्थ अध्ययनलाई जोड दिई सैद्धान्तिकरूपमा दख्खल बनाई जनताको हरेक–दुःख–सुखमा आफूलाई सहभागी गराउनेतर्फ कार्यकर्ताले चिन्तन–मनन गर्नैपर्छ”, उहाँले भन्नुभयो ।
कम्युनिस्टहरूले जातीय, क्षेत्रीय र साम्प्रदायिक कुरा नगर्ने स्पष्ट पार्दै केन्द्रीय सदस्य प्रजापतिले कम्युनिस्टहरूले वर्गीय भावनालाई आत्मसात गरी गतिविधि गर्नुपर्छ भन्नुभयो ।
युगोस्लाभियाको विखण्डनबाट शिक्षा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, निवर्तमान जिल्ला अध्यक्ष शिवलाल डाँगी, दीर्घबहादुर शाही, कृष्णलाल न्यौपाने र लक्ष्मी कठायतले निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभएको थियो ।
Leave a Reply