मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
ललितपुर, ३१ भदौ । नेमकिपा ललितपुर जिल्ला समितिको आयोजनामा बिहीबार ललितपुर जिल्लाको गोदावरी नपा वडा नं. १२ थेचोमा राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध जुलुस तथा कोणसभा भयो ।
गोदावरी नगर परिक्रमा गरी चापागाउँ बसपार्कमा भएको विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एमसीसीको विरोध र भारतको हस्तक्षेपको विरोधमा अन्य पार्टीले चुइँक्क नबोली नूनको सोझो गरेको आरोप लगाउनुभयो ।
“नेमकिपा नेपालको सार्वभौमिकता बचाउन चाहन्छ । यतिबेला एमसीसीको विरोधमा जनजागरण ल्याउनुपर्नेमा मन्त्रीको हानथाप गर्नु धिक्कार छ”, उहाँले भन्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादले इराक, अफगानिस्तान, लिविया, सिरिया, भियतनामजस्ता देशमा अशान्ति र युद्ध मच्चाएर दुःख दिएको स्मरण गर्दै नेपालमा एमसीसी ल्याएर दुःख, अशान्ति मच्चाउन खोजेको हुँदा नेमकिपाले देशभर विरोध प्रदर्शन गरिरहेको हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सरकारले एमसीसी संसदबाट पारित गर्न भित्रभित्र षड्यन्त्र गरिरहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ्ग, सह–संयोजक सुरेश परियार, राजवीर डंगोल, नमन महर्जनले पनि एमसीसी सम्झौता खारेज गर्नुपर्नेबारे बोल्नुभएको थियो ।
त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध महालक्ष्मी नगरपालिकाको सिद्धिपुरबाट सुरू भएको जुलुस थसीमा पुगी कोणसभामा परिणत भएको थियो ।
लुभुमा भएको कोणसभामा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा जस्तोसुकै अन्यायपूर्ण युद्धको विपक्षमा रहेको बताउनुभयो ।
भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवादसँग मिलेर नेपाललाई हस्तक्षेप गरी चीनमाथि हमला गर्न खोज्दै छ । संरा अमेरिका एसियामा तेस्रो विश्व युद्ध छेड्न चाहन्छ । यसतर्फ सम्पूर्ण नेपाली जनता सचेत भई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध एकगठ हुनु आवश्यक छ, उहाँले भन्नुभयो ।
अहिले पनि संसारका धेरै देशहरूमा अमेरिकी सेना रहेको जानकारी दिँदै केन्द्रीय सदस्य गोसाईंले एमसीसीमार्फत संरा अमेरिका नेपाल पस्न खोजेको बताउनुभयो ।
कोणसभामा पार्टी केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसी सम्झौता पारित भए नेपाल संरा अमेरिकाको नवउपनिवेश कायम हुने खतरा भएकोले जनता जागरूक हुनुपर्छ भन्नुभयो ।
साम्राज्यवादीहरूको गिद्देदृष्टिबाट जोगिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपाले स्थापनाकालदेखि कामदार जनताको पक्षमा, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोधमा सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले एमसीसी सम्झौता संविधानभन्दा माथि भएकोले देशभक्त नेपाली जनताले खारेजीको माग गरेको बताउनुभयो ।
कोणसभापछि विरोध जुलुस साना गाउँ परिक्रमा गरी लुभुसम्म पुगेको थियो ।
Leave a Reply