भर्खरै :

चीनको सिचुआनमा भूकम्प

पेइचिङ, १६ सेप्टेम्बर (सिन्ह्वा) । चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरू सवैलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरूले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायिक उद्धारकर्मीहरू परिचालन गरिएको र अन्य स्वयम्सेवक तथा स्थानीय बासिन्दाहरू पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ ।
त्यसैगरी अरू चार हजार ६०० उद्धारकर्ताहरू तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भीक विवरणका अनुसार ७३७ घरहरू भत्किएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।
घरबाहेक अन्य भौतिक संरचनाहरूमा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण सङ्कलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *