भर्खरै :

‘अस्ट्रेलियाका त्यो व्यक्ति’ ले लाजमर्दो कार्य गर्नुहुँदैन

“स्कोट मोरिसनलाई कहिल्यै पनि अरु मानिसद्वारा ‘त्यस्तो व्यक्ति’को उपमा दिइएको थिएन ।” बेलायतको ‘द गार्डियन’ ले अस्ट्रेलियाका प्रधानमन्त्रीले हालै लज्जास्पद कार्य गरेको बारे यसरी उपहास गरेको छ । तथापि, मोरिसनलाई ‘अस्ट्रेलियाका त्यस्तो व्यक्ति’ भन्दा उहाँले भ्याएसम्म सम्मान गर्ने अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन हुनुहुन्छ ।
हालै अस्ट्रेलियाले फ्रान्ससँग सम्झौता गरेको पनडुब्बी जहाजसम्बन्धी ठूलो रकमको करार एकतर्फीरूपमा भङ्ग गरी अमेरिका र बेलायतसँग सम्झौता गर्दै सुरक्षासम्बन्धी नयाँ गठबन्धन स्थापना गरेको छ । जसबाट फ्रान्सका अधिकतम् मानिसमा क्रोध पैदा भएको छ र आपसी विश्वास पनि भङ्ग गर्ने दोषारोपण अस्ट्रेलियामाथि गरिएको छ । तथापि अमेरिका, बेलायत र अस्ट्रेलियाले सुरक्षासम्बन्धी नयाँ गठबन्धन बनाएको संयुक्त प्रेस सम्मेलनमा अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले भिडियो सम्बोधन गर्दा मोरिसनको नाम बिर्सेर त्यसको सट्टामा उहाँलाई ‘अस्ट्रेलियाका त्यो व्यक्ति’ भन्नुभएको कुरा मोरिसनले सोच–विचार गर्नुभएको थिएन । तथापि, ‘त्यो व्यक्ति’ ले हाँसेर बाइडेनको सम्मान गर्नुभयो ।
एक मुलुकका प्रधानमन्त्रीको हैसियतमा मोरिसनले अस्ट्रेलियाको राष्ट्रिय इज्जतलाई बेवास्ता गरी अमेरिकालाई अधिकतम् सम्मान गरेको कुराबाट अस्ट्रेलियाका सम्पूर्ण जनतालाई लाजमर्दो स्थिति भएको छ ।
अमेरिकी राष्ट्रपतिले बेलायतका प्रधानमन्त्रीको नाम राम्रोसँग उच्चारण गर्नु भए तापनि अस्ट्रेलियाका प्रधानमन्त्रीको नाम बिर्सनुभएको अस्ट्रेलियाका जनताले बुझेका छैनन् । मोरिसन सरकारले निजी स्वार्थ प्राप्त गर्न अस्ट्रेलियाको हित बेचेको उनीहरूको चिन्ता छ । मोरिसनले उनीहरूको हित–कल्याणबारे सोच–विचार गरी शिर ननिहु¥याएर सार्वभौमिकता रहेको एउटा मुलुक हुनुपर्ने स्वतन्त्रता र इज्जत देखाउनुपर्छ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *