भर्खरै :

किन ‘अकस’ आणविक सम्झौता गैरजिम्मेवार र खतरनाक छ ?

संयुक्त राज्य अमेरिका र बेलायतले भर्खरै अतिउच्च संवेदनशील आणविक पनडुब्बी प्रविधि अस्ट्रेलियासित साझा गर्ने मुख्य प्रावधानसहितको तीन देशीय नयाँ स्थापित सुरक्षा साझेदारी सम्झौता – अकस (AUKUS) गरेका छन् । द्वन्द्व र बहिष्करणको मानसिकताले उद्वेलित भई चालेको ती देशका यो कदम गैरजिम्मेवार र खतरनाक छ साथै त्यसले विश्वव्यापी गैरआणविकीकरणका प्रयासलाई गम्भीर ढङ्गले न्यूनाङ्कन गरेको छ । त्यस्तै, क्षेत्रीय शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।
आणविक अस्त्रमुक्त देशलाई आणविक प्रविधि निर्यात गर्नु आणविक अस्त्र अप्रसार सन्धि (NPT) को खुल्ला उल्लङ्घन हो । विश्वभरका १९० वटा हस्ताक्षरकर्ता देशहरूका साथ आणविक अप्रसार सन्धिले आणविक हतियारको प्रसारलाई रोक्ने र आणविक ऊर्जाको शान्तिपूर्ण उपयोगको सरसहयोगलाई बढावा दिने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई दर्शाउँछ ।
आणविक अस्त्र अप्रसार सन्धिका हस्ताक्षरकर्ता र आणविक अस्त्रसम्पन्न देशहरू संरा अमेरिका र बेलायतको अस्ट्रेलियालाई सैनिक उपयोगका लागि आणविक प्रविधि सहायता निर्णयले निश्चितरूपमा आणविक अस्त्र तथा प्रविधिहरूको प्रसारलाई बढावा दिनेछ । हुन त वर्षौँदेखि संरा अमेरिकाले आफ्ना केही मित्रराष्टहरूले आणविक प्रविधि र अस्त्रहरूको प्रसार गरिरहेको कदममाथि आँखा चिम्लँदै आएको छ । तर, उसले अन्य देशहरूको गैरसैनिक प्रयोजनका आणविक परियोजनाहरूको समेत विरोध गर्दैआएको छ ।
वासिङ्टनले फेरि एकपटक आणविक निर्यात र उपयोगको मामिलामा दोहोरो चरित्र देखाएको छ र यस्तो संवेदनशील विषयलाई पनि खतरनाक भूराजनीतिक खेलमा प्रयोग गरेको छ । यसैबीच एसिया–प्रशान्त क्षेत्रका र विश्वका बहुसङ्ख्यक देशहरूले आणविक अस्त्र अप्रसार सन्धिप्रति अस्ट्रेलियाको प्रतिबद्धतामाथि प्रश्न उठाउन थालेका छन् । अस्ट्रेलिया आणविक अस्त्र अप्रसार सन्धि (NPT) र दक्षिण प्रशान्त आणविक अस्त्रमुक्त क्षेत्र सन्धिमा हस्ताक्षरकर्ता मुलुक हो ।
अस्ट्रेलियाले गत वर्ष नै एक आक्रामक रक्षा रणनीति घोषणा गर्दै आफ्नो वार्षिक रक्षा बजेट ४० प्रतिशत वृद्धि गर्दै २ खर्ब अमेरिकी डलर पु¥याएको थियो । उसले अर्को दशकसम्ममा लामो दूरी मार हान्ने क्षमतासहितका क्षेप्यास्त्र तयार गर्ने बताएको थियो । अस्ट्रेलिया सरकारको सैनिक शक्ति विस्तारमा अत्यन्त बढी जोडले एसिया–प्रशान्त क्षेत्रमा ठूलो अनिश्चितता र खतरा निम्त्याएको छ ।
अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालयको रणनीतिक अध्ययनका प्राध्यापक ह्युग ह्वाइटले अस्ट्रेलियाको कदमले पहिले नै आइसकेको विरोधको सङ्केतलाई थप मुखरित बनाउने र त्यसले एसिया – प्रशान्त क्षेत्रमा नयाँ शीतयुद्ध थालनी हुनसक्ने चेतावनी दिए ।
पछिल्ला केही दशकमा पश्चिमा देशहरूले वैश्विक विषयलाई अन्यत्रै मोड्न र व्यापक विश्वको साझा हितहरूभन्दा आफ्नो स्वार्थ आफै पूरा गर्न कैयौँ विशिष्ट क्लबहरू गठन गरिसकेका छन् । शान्ति र स्थिरता सुनिश्चित गर्ने नाममा अहिले अस्ट्रेलिया, युके, यूएस – अकस पनि पाँच आँखा गठबन्धन (Five Eyes Alliance) र आयताकार सुरक्षा वार्ता–क्वाड जस्तै साना सुरक्षा गुट भएकोमा कुनै शङ्का छैन । यी सङ्कीर्ण सुरक्षा गुट वा समूहहरू मुठीभरका देशहरूको स्वार्थको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियन कानुनहरूको मनलाग्दी तरिकाले कार्यान्वयन गरेर बहुपक्षीयतावादको आदर्शबाट टाढिएका छन् । तिनीहरूले क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताकै सामु गहन धम्की सिर्जना गरेका छन् ।
क्षेत्रीय देशहरूमाझ आपसी विश्वास वृद्धि गर्न र सरसहयोगलाई बढावा दिन क्षेत्रीय संयन्त्रहरूले काम गर्नुपर्छ तथा शान्ति र विकासलाई सशक्त पार्नुपर्छ । यदि संरा अमेरिका, बेलायत र अस्ट्रेलियाले साँच्चिकै क्षेत्रीय शान्ति र स्थिरतालाई बलियो बनाउन चाहेका छन् भने तिनीहरूले अविलम्ब आफ्ना म्याद नाघेका शीतयुद्धको मानसिकता त्याग्नुपर्छ । सुरक्षा गुट बनाउने राजनीति बन्द गर्नुपर्छ र क्षेत्रीय देशहरूको अधिकार तथा इच्छाहरू पनि बुझ्नुपर्छ ।
Commentary : Why the AUKUS nuclear deal is irresponsible and dangerous)
– Xinhua, September 18, 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *